कान्छा युवा उद्यमीकाे रूपमा स्थापित हुँदै तिम्राे एक्सप्रेसका साैगात तिवारी


नेपालबाट ठूलाे सङ्ख्यामा युवाहरू राेजगारीकाे निम्ति वैदेशिक राेजगारीमा गइरहेकाे अहिलेकाे अवस्थामा केही व्यक्तिहरू भने नेपालमा नै अवसरहरू सृजना गर्न सकिन्छ भन्ने मान्यता सहित अघि बढिरहेका छन् । बिना लगानी काम गर्ने इच्छाशक्ति मात्र हुने हाे भने पनि उद्यमी बन्न सकिन्छ भन्ने सावित गर्न सफल छन् केही जागरूक उद्यमीहरू । यसले अब उद्यमी बन्न ठूलाे रकम लगानी नै गर्नुपर्ने र बजारमा राम्राे पहुँच बनिसकेकाे हुनुपर्ने हाम्राे परम्परागत अवधारणालार्इ किनारा लगाउँदै नयाँ तवरले साेच्नुपर्ने तर्फ युवाहरूलार्इ विशेष सजग गराएकाे छ ।

साैगात तिवारी, सञ्चालक, तिम्राे कवाडीवाला

नेपालमा पछिल्लाे समय युवा उद्यमीहरू बढ्दै गइरहेका भएपनि केही सीमित व्यक्तिहरू मात्र चर्चामा अाउन सफल छन् । त्यस मध्येका १ हुन् साैगात तिवारी ।

माेफसल अर्थात चितवन क्षेत्रबाट तिम्राे कवाडीवाला र तिम्राे एक्सप्रेस सञ्चालन गर्दै अाएका तिवारीकाे १ बर्ष भन्दा पनि कम समयमा गरेकाे प्रगति निकै रहरलाग्दाे छ ।

पछिल्लाे समय तिम्राे कवाडीवाला र तिम्राे एक्सप्रेस सञ्चालन गरिरहेका उनी नेतृत्वकाे तिम्राे ग्रुप छाेटाे समयमा नै निकै चर्चामा अाउन सफल भएकाे छ भने यसका सञ्चालक साैगात तिवारी प्रतिकाे क्रेज समेत बढ्दाे छ । साथै छाेटाे समयमा नै उनले गरेकाे प्रगति समेत चर्चामा रहने गरेकाे छ ।

पुराना सामाग्रीहरू सङ्कलन गरेर ती सामानहरूकाे पुःन प्रयाेग र पुनर्उत्पादन गरी वातावरण संरक्षणमा सहयाेग पुर्याउने तथा एक ठाउँकाे सामान अर्काे ठाउँमा सहज तवरले वितरण गर्ने मान्यताकाे साथ काम अघी बढाएकाे यस कम्पनीले हाल तराइ क्षेत्रका ६ जिल्लाहरूमा अाफ्नाे काम अघी बढाएकाे छ भने सामानहरू सहज डेलिभरीकाे लागि छिट्टै स्वदेशि तथा विदेशी कम्पनीहरू सँग सहकार्य गर्ने अाफूहरूकाे याेजना रहेकाे समेत कम्पनीका प्रबन्ध निर्देशक तिवारीले सेताेघर डट कमलार्इ बताए ।

हाल डाेर टु डाेर सेवा गर्ने यस कम्पनीका सञ्चालक तिवारी पछिल्लाे समयका उदायमान युवा उद्यमी  हुन् ।

भर्खर मात्रै ग्लाेकल खवरले युवा प्रतिभा उत्प्रेरणाकाे लागि अायाेजना गरेकाे ग्लाेकल टिन हिराे कार्यक्रममा फाइनल चरणमा पुग्न सफल तिवारी पहिलाे प्रयाशमा नै त्याे अवस्थामा पुग्न सक्नुलार्इ पनि अाफ्नाे सफलता ठान्छन् । साथै अागामी दिनमा इभेन्ट म्यानेजमेन्ट सम्बन्धी कामहरू अघी बढाउने याेजनामा समेत याे कम्पनीकाे साेच र याेजना रहेकाे जानकारी गराइएकाे छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: