बार्सिलोना बराबरीमा रोकियो



स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक बराबरी खेलेको छ ।

गएराति आफ्नै मेदानमा भएको खेलमा बार्सिलोनालाई जिरोनाले २–२ गोलको बराबरीमा रोकेको हो । खेलमा बार्साका लागि लियोनल मेस्सी र जेरार्ड पिकेले एक–एक गोल गरे ।

जिरोनाका लागि दुवै गोल क्रिश्चियन स्टुआनीले गरेका थिए । खेलको ३५ औं मिनेटमा क्लेमेन्ट लेङ्गेटले रातो कार्ड खाएपछि बार्सिलोनाले बाँकी समय १० जनामै खेल्नुपरेको थियो ।

ला लिगाकै अन्य खेलमा सेभियाले लेभान्टेलाई ६–२ को फराकिलो अन्तरमा हराउँदा भियारियाल र भ्यालेन्सियाले गोलरहित बराबरी खेलेका छन् । गएराति नै रियाल बेटिसले एथ्लेटिक बिल्बाओसँग २–२ गोलको बराबरी खेलेको छ ।

गएरातिका खेलपछि स्पेनिस ला–लिगाको अंक तालिकामा ५ खेलबाट १३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट समान १३ अंक नै जोडेको रियाल मड्रिड गोलअन्तरका आधारमा दोस्रो स्थानमा समेटिँदा तेस्रो स्थानको डेपोर्टिभो आलाभेजको १० अंक छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: