शहिद स्मृति आयुर्वेद अस्पतालको प्रथम बार्षिकोत्सव सम्पन्न


बालाजु स्थित अघिल्लो बर्ष देखि सञ्चालनमा रहेको शहिद स्मृति आयुर्वेद अस्पतालको प्रथम बार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार अाफ्नै प्राङ्गणमा सम्पन्न भएकाे उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बार्षिकोत्सव कार्यक्रममा विशेष अतिथिको रुपमा जिउँदा शहिद एवं नेपाल कम्युनिष्ट पार्टी धादिङका वरिष्ठ नेता राम बहादुर भण्डारी र कमल सापकोटा रहेका थिए ।


स्वास्थ्य शिविर समेत सञ्चालन गरी सम्पन्न गरिएको उक्त बार्षिकोत्सव कार्यक्रम शहिद स्मृति आयुर्वेद अस्पतालका प्रबन्ध निर्देशक कल्याण भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म सम्पन्न भएको स्वास्थ्य शिविरमा करिब ३ सय विरामीहरु लाभान्वित भएका छन् । स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्य समेत निःशुल्क उपलब्ध गराइएको थियो ।


स्वास्थ्य मानिसको निम्ति निकै संवेदनशिल रहने साथै आफूहरु पनि यसै क्षेत्रमा संलग्न रहेको र जनताको स्वास्थ्य प्रतिको चेतना विस्तार तथा सहयोगमा केही भूमीका निर्वाह गर्न सकिन्छ भन्ने मान्यताले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको अस्पतालका प्रबन्ध निर्देशक कल्याण भण्डारीले सेतोघर डट कम सँगको संक्षिप्त कुराकानीको क्रममा बताउनुभएको छ । साथै आफूहरुलाई स्वास्थ्य शिविर सञ्चालनको निम्ति हौसला प्रदान गर्नुहुने व्यक्ति, निःशुल्क औषधी उपलब्ध गराइ सहयोग गर्ने कम्पनी, सेवा प्रदान गर्नुहुने चिकित्सक, सहयोगी, शुभचिन्तक लगायत सबैमा विशेष धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: