बैंकर अनुपना खुन्जेलीकाे बैंकिङ अनुभव


अनुपमा खुञ्जेली, प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक नेपाल लिमिटेड

अनुपमा खुन्जेली हाल मेगा बैंक नेपालमा प्रमुख कार्यकारी अधिकृतकाे रूपमा जिम्मेवारी सम्हालिरहेकी छिन् । नेपालकी पहिलाे महिला सिइअाे समेत बन्न सफल खुन्जेली नेपालकाे बैंकिङ क्षेत्रमा राम्राे अनुभव समेट्न सफल महिला हुन् । निकै सङ्घर्षकाे साथ बैंकिङ क्षेत्रमा निरन्तर अघि बढेकी खुन्जेली नेपालमा महिलाहरूकाे निम्ति बैंकिङ क्षेत्रमा राम्राे अवसर रहेकाे बताउँछिन् । हामीले उनै खुन्जेलीसँग अाफ्नाे जागिरे जीवन र नेपालमा महिलाहरूकाे लागि यस क्षेत्रकाे अवसर सम्बन्धमा उनकाे अनुभव समेट्ने प्रयाश गरेका थियाैं । प्रस्तुत छ अनुपमा खुन्जेलीकाे बैंकिङ अनुभव उनकै शब्दमा ः

मेराे बाल्यकाल ः
मेरो जन्म काठमाडौंको ठमेलमा रहेको नर्सिङ क्याम्पमा भएको हो । म जावलाखेलको सेन्टमेरिज् स्कूलबाट एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्ने उद्देश्यले ११ र १२ कक्षा पढ्नका लागि भारत गएँ । भारतबाट फर्केर मैले शंकरदेव क्याम्पसबाट वाणिज्य संकायमा स्नातक तहसम्म अध्ययन गरेँ । त्यस बेला स्नातक तहसम्म पढ्नु भनेको पनि निकै ठुलो मानिन्थ्यो र त्यसैले होला मलाई पनि आफैंले केही गर्नुपर्छ भन्ने सोच आयो । अन्ततः मैले  पढिरहेकै बेला जागिरे जीवनको शुरुवात गरेँ । शुरुका केही वर्षसम्म जागिरको शिलशिलामा पढाइको पछि लागिएन तर पछि गएर करिअर बनाउनका लागि थप उच्च शिक्षाको आवश्यकता महशुस भएसँगै सन् २०१० मा मैले एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टबाट स्नातकोत्तर तह उत्तीर्ण गरेँ । मैले आफुलाई भाग्यमानी ठानेकीछु किन भने मेरो बुबा मुमा अहिले पनि हुनुहुन्छ । मेरो बुबा पूर्व कृषि सचिव हुनहुन्छ भने दाई एक सफल होटल व्यवसायीको रुपमा स्थापित हुनुहुन्छ । मलाई सँधै निष्ठावान भएर कार्य गर्न हौसला पुर्याउने मेरो श्रीमान चिकित्सक हुनुहुन्छ र हाम्री एउटी छोरी अमेरिकामा अध्ययनरत छिन् ।

म महिला दिदीबहिनीहरुलाई भन्न चाहन्छु, आउनुस् बैंकिङ क्षेत्रमा धेरै अवसर छन् । अब बैंकिङ क्षेत्रमा करिब–करिब लैंगिक विभेद पनि कम भइसक्यो । देशका नीति निर्माण तह तथा उच्च ओहदामा नै अब धेरै महिलाहरु आइसकेका छन्, अनि बैंकिङ क्षेत्रमा पनि शुरुवात भई सकेको अवस्था छ ।

मेराे जागिरे जीवन ः
मैले स्नातकोत्तर तह पढ्दापढ्दै त्यस बेलाको ग्रिन्लेज बैंक (अहिलेको स्टाण्डर्ड् चार्टड) बाट बैंकिङ करिअर शुरु गरेकी हुँ । त्यसताका नेपालमा अन्तर्राष्ट्रिय बैंकको आगमन भरखरै शुरुवात भएको थियो । मेरा केही साथीहरुले पनि बैंकिङ क्षेत्रमा जागिर शुरु गरिसकेका थिए । कमर्श पढेकाले कि त आफ्नै केही बिजनेश गर्नुपर्छ कि त बैंकिङ क्षेत्रमा जागिर गर्नुपर्दछ भन्ने सोच राख्दथें । त्यसै बेला मैले पनि सन् १९९१ मा ग्रिन्लेज बैंकबाट असिस्टेन्ट लेभलबाट काम शुरु गरेँ । मेरो बैंकिङ करिअर टेलर अर्थात् पैसा गन्ने र बुझने कार्यबाट शुरुवात भएको हो ।

स्टाण्डर्ड् चार्टर्ड् बैंकमा मैले १३ वर्ष काम गरेर नविल बैंकमा आउँदा म व्यवस्थापन तहमा पुगिसकेको थिएँ । विभिन्न विभागहरुको अनुभव बटुल्दै म नविल बैंक पुगेको थिएँ । जहाँ मैले ग्लोबल मार्केट्स् हेर्ने जिम्मेवारी पाएँ । मैले नबिल बैंकमा ६ वर्षसम्म काम गरेँ। त्यहाँ ग्लोबल मार्केट्स् र नबिल इन्भेष्टमेन्ट खडा गर्न मेरो ठूलो भूमिका रहेको थियो । नबिल बैंक पछि मलाई मेगा बैंकमा काम गर्ने अवसर प्राप्त भएको हो । त्यसबेला मेगा बैंकको लाइसेन्स पनि आइसकेको थिएन ।

मेगा बैंककाे अनुभव ः

शुरुवाती समयमा हाम्रो टिमले अनिल शाह सरको नेतृत्वमा काम गर्यो । मेगा प्रवेश गर्दा मैले नायव महाप्रबन्धकको हैसियतले प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारीमा काम गरेँ । जसपछि विजनेश र अप्रेशन दुबै हेरेँ। डिसिईओको रुपमा पनि मैले मेगामा काम गरें । ८ वर्षमा दुई कार्यकाल सकाएर अहिले अनिल सर मेगा बैंककाे जिम्मेवारीबाट बाहिर जानुभए पश्चात अहिले म यस बैंककाे सिईओको रुपमा कार्यरत छु । मेगा बैंकको सञ्चालक समितिले एउटा महिलालाई दिएको यो भुमिका नेपालको बैंकिङ इतिहासमै पहिलाे हाे । यसमा मलार्इ गर्व लाग्छ ।  यसलाई मैले एउटा अवसरको रुपमा लिएको छु । बैंकिङ करियरको यो मेरो २७औं वर्षको यात्रा हो जसमा सुख–दुख दुबै क्षणहरु आएका छन् । मेरा लागि सुखको क्षणको बारेमा भन्नुपर्दा अहिले म महिला सीईओका रुपमा उपस्थित भएको छु । बैंकिङ यात्रामा मैले मेगा बैंक लगायत ३ वटा बैंकमा काम गर्ने अवसर प्राप्त गरेर बटुलेकाे अनुभवकै कारण याे सम्भव भएकाे हाे । साथै मैले आर्जेको धन भनेको मेरा ग्राहक वर्ग र उहाँहरुको आस्था र विश्वास नै हो । बैंकिङ जीवनमा सुपरभाइजर, डिसिओ, सीईओ जे भएर काम गर्दा पनि कमाउने भनेको पारिश्रमिक मात्रै हैन, ज्ञान र अनुभव मुख्य हाे । टुरिजम डेभलप्मेन्ट बैंकसँगको मर्जर पछिअहिले मेगा बैंक पनि ठूला बैंकहरु मध्येको एक भएको छ । हाल यसमा लगभग एक हजारको हाराहारीमा कर्मचारीहरु हुनुहुन्छ । उहाँहरुको समर्थन पाएर अगाडि बढ्न सक्छु भन्ने हिम्मत ममा बढेको छ । आगामी चार बर्षको अवधिमा मैले गरेको कामले मेरो सफलताकाे मापन गर्नेछ ।

बैंकिङ क्षेत्रमा महिलाहरूलार्इ अवसर छ ः 
नेपालकाे बैंकिङ क्षेत्रमा महिलाहरुका लागि ठूलो अवसर छ । मेगा बैंकको शुरुवाती दिनहरुमा सबै विभाग र ईकाई गरी लगभग ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनुहुन्थ्यो । अहिले सायद आँकडा अलि फरक छ तापनि अन्य बैंकको तुलनामा सायद मेगा बैंकमा महिला कर्मचारीको संख्या बढि नै हुनुपर्दछ । हाम्रा समकक्षी बैंकहरुमा पनि उच्च तह देखि तल्लो तहसम्म महिलाहरु धेरै छन् । बैंकिङ क्षेत्र महिलाहरुका लागि सुनौलो र सुहाउँदो अवसर हो । यसमा दुई तीन वटा कुराहरुमा भने कमिटमेन्ट हुन जरुरी छ । एउटा निष्ठा अर्को मेहनत गर्न सक्छु भन्ने विश्वास अनि संस्थालाई समय दिन सक्छु भन्ने कमिटमेन्ट हुनुपर्छ । निजी क्षेत्रको पब्लिक बैंक हो प्रतिस्पर्धा त हुन्छ नै । त्यही भएर बैंकलाई समय दिने र मेहनत त गर्नै पर्दछ। बिहान ९ बजे अफिस आएर ५ बजे जान्छु भन्ने मानसिकता बन्न भएन । म महिला दिदीबहिनीहरुलाई भन्न चाहन्छु, आउनुस् बैंकिङ क्षेत्रमा धेरै अवसर छन् । अब बैंकिङ क्षेत्रमा करिब–करिब लैंगिक विभेद पनि कम भइसक्यो । देशका नीति निर्माण तह तथा उच्च ओहदामा नै अब धेरै महिलाहरु आइसकेका छन्, अनि बैंकिङ क्षेत्रमा पनि शुरुवात भई सकेको अवस्था छ । भोलीका दिनहरुमा अझ धेरै महिलाहरु बैंकिङ क्षेत्रमा नीति निर्माण तहमा पक्कै पनि स्थान पाउनुहुनेछ भन्ने मेरो विश्वास छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: