घरायसी कामदार देखि नेपालमा काेरियन नुडल्स (रामेन) उत्पादनकाे पहल सम्मकाे सङ्घर्षकथा


पुरन बहादुर चौधरी प्रवन्ध निर्देशक मोमोतारो रेष्टुरेन्ट, ठमेल

मानिस मेहनत र लगावले मात्र एउटा सक्षम र सफल उद्यमी बन्न सक्छ । त्यस्तै सफल व्यक्तिका रुपमा स्थापित भएका छन् पुरनबहादुर चौधरी । घरको कमजोर आर्थिक अवस्थाले गर्दा ९ वर्षको कलिलो उमेरमा नै उनी अध्ययन छाडेर काठमाडौं छिरे । काठमाडौं आएर कसैको घरमा काम गर्न बसे । पछि उनले “लेट्स गो टु नेपाल” भन्ने संस्थामा काम गर्न सुरु गरे । त्यहाँ उनको सम्पर्क जापानीजहरुसँग भयो । जापानीजहरुसँग काम सिकेर उनी १५ वर्षको उमेरमा नै एक परिपक्व कुक बने । पछि उनी कामकै लागि जापान पुगे । जापानमा पनि उनले रेष्टुरेण्टमा नै काम गरे ।
सेवा प्रवेश ः
जापानमा गएर काम गर्दा नै आफूलाई नेपाल नै गएर जापानीज रेष्टुरेन्ट चलाउने विचार आएको उनी बताउँछन् । त्यसै सोचले उनी जापानबाट नेपालमा आए । जापानबाट फर्केर नेपाल आउँदा उनिसँग पैसा पनि थियो । त्यसपछि उनले काठमाडौंमा रेष्टुरेन्ट चलाउन योग्य ठाउँ खोज्न थाले । रेष्टुरेन्ट चलाउनका लागि ठमेल उपयुक्त लागेसँगै उनले ठमेलबाट नै व्यवसाय शुरु गरे ।
आफ्नो व्यवसाय शुरु गर्दाको अवस्था बारे बताउँदै उनी भन्छन्, ‘मैले सन् १९९९ को अक्टोबर देखि यहाँ रेष्टुरेन्ट चलाउन सुरु गरेको हो । शुरुको एक÷डेढ महिना त चलाउन अलि गाह्रो नै भयो । पछि भने यहि ठाउँ नै उपयुक्त बनेर आयो । रेष्टुरेन्ट चल्दै गएपछि विस्तारै ठाउँ पनि बढाउँदै गएँ । सुरु–सुरुमा जापानिज ग्राहकहरु धेरै आउँथे । तर नेपालमा जनयुद्धमा भएको हुँदा शान्ति सुरक्षाका कारण नेपाल आउने टुरिस्टहरु बिस्तारै घट्दै गए । जब मैले रेष्टुरेन्ट सुरु गरेँ, कहिले बन्द हड्ताल, कहिले चक्काजाम, कहिले माओवादी–सरकार बीच द्वन्द्व लगायतका कारण मलाई रेस्टुरेन्ट चलाउन एकदमै गाह्रो हुन गयो । त्यसबेला कहिलेकाहीँ त झन्डै छोडेर भाग्नुपर्ने अवस्थाको समेत सृजना हुन्थ्यो ।’

अहिलेको व्यावसायिक अवस्था :
अहिले चौधरीले पोखरा, ठमेल, ललितपुर र सिभिल मलमा गरी ४ ओटा मोमोतारो रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । सबैभन्दा राम्रो सँग ठमेलबाट नै चलेको छ । यी सबै ठाउँमा गरी अहिले करिब ६० जना मानिसहरुले प्रत्यक्ष रोजगारी पाएका छन् ।
शुरुमा जापानिज भाषा पनि अलि इम्प्रुभ हुन्छ साथै जापानबाट केही नयाँ कुरा सिक्न पाइन्छ भन्ने मान्यताले जापान गएका चौधरी तीन महिनामा नै त्यहाँबाट काम सिकेर नेपाल फर्किएका हुन् । तर जापानमा जम्मा तीन महिना मात्र बसेका चौधरीले नेपालमा आई हिम्मत गरेर रेष्टुरेन्ट खोलेका हुन् । काम गर्दै जाँदा सबै कुराहरु आफैं मिल्दै गए । ग्राहकहरुले पनि काम सिकाउनुभयो, यसो गर्दा राम्रो हुन्छ, भने । शुरुमा रेष्टुरेन्ट थालनी गर्दा त उनी आफैंले आफैं कुक, आफैं वेटर, बनेर पनि अत्यन्त दुख र कष्टका साथ काम शुरु गरे । त्यसैको परिणाम स्वरुप अहिले चौधरी एक सफल युवा उद्यमी बनेका छन् ।

आफ्नो व्यवसायलाई अब कसरी लैजाँदै हुनुहुन्छ भन्ने प्रश्नमा आफ्ना सम्पूर्ण योजनाहरु यसरी प्रस्तुत गरे

जापानिज नुडल्स  (रामेन) उत्पादनको सोच :
अहिले मैले यसको शाखा बढाउनुभन्दा पनि अर्को एउटा नयाँ काममा लागेको छु । म र हाम्रा अन्य साथीहरुको सक्रियतामा जापानिज नुडल्स उत्पादन गर्ने सिलसिलामा हाम्रो यस टिम अघि बढि रहेको छ । बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा हामी केही नेपाली र जापानिज मिलेर नयाँ कामको थालनी गर्न लागेका छौं । हामीले दुई÷तीन महिनाभित्रै त्यसलाई सञ्चालनमा ल्याउने अठोट गरेका छौं । अहिले बजारमा ल्याउन लागेको रामेन प्रोडक्टका लागि हामीले जापानको टिम र नेपालको टिम मिलेर राम्रोसँग काम गर्न खोजेका छौं । यो काम गर्न हाम्रो एग्रिमेन्ट सबै भइसकेको छ । त्यसलाई आवश्यक सामान पनि आइसकेको छ । मेसिन पनि हामीले जापानबाट मगाईसकेका छौं । यो काम पूरा गर्नका लागि हाम्रो यस समूह जो जससँग सम्बन्धित रहेका हुन्छन्, ऊहाँहरु सबैमा सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं ।

लागत ः
यसमा लगानी डेढ करोडको हाराहारी हुन्छ । नेपालमा यसको मार्केट मोमोतारोले जुनजुन ठाउँहरुबाट हामीहरु संचालनमा रहेका छौं, त्यहि त्यहि ठाउँहरुबाट हामीले चिनाउन सफल भएका छौं । त्यसमा हामीले जापानिज नुडल्स यसरी खानुपर्छ भनेर अलि बढी नै सूचना प्रकाशन गर्ने नीति समेत हाम्रो यस समूहले लिएका छौं । खान नजानेका नेपाली ग्राहकहरुलाई पनि जापानिज नुडल्सहरु यसरी खाने भनेर सूचनामार्फत सिकाउने काम गछौं । यसको मार्केट नेपालमा हुन्छ, त्यसमा पनि पहिला त काठमाडौंमा नै गर्ने योजना बनाएका छौं । काठमाडौंमा राम्रो भइसकेपछि पोखरालगायत अधिराज्यभर गर्ने योजना बनाएका छौं । तीन वर्षपछि यसलाई सगरमाथाको एभरेष्ट बेस क्याम्पमा समेत लाने बृहत योजना रहेको छ । यस ठाउँमा धेरै जाडो हुन्छ त्यसकारण यो उत्पादन त्यहाँ पुर्याउने योजना छ । जापानिज ग्रुपहरुसँग हाम्रो टिम सफल भयो भने । यसलाई नेपालमा स्थापित उत्पादनको रुपमा अगाडि बढाउने छौ ।

रामेन नुडल्डको बजार सम्बन्धमा ः
हाम्रो टिम विजनेश सफल भयो भने यसले नेपालमा धेरै ठूलो काम गर्दछ । जस्तै यसले नेपाल र जापान बिचको सम्बन्धलाई एउटा पुलको रुपमा अगाडि बढाउने विचार छ । उक्त उत्पादन भएका रामेनलाई बजारमा पठाउने, सुपर मार्केटहरुमा सप्लाई गर्ने, जाइका, जापानिज एम्बेस्सीमा पठाउने, पाकिस्तानका होटलतिर पनि मार्केटिङका लागि लैजाने लगायतका विभिन्न योजनाहरु रहेका छन् ।

रामेन उत्पादनको तयारी सम्बन्धमा ः
रामेन नोभेम्बरको अन्तिमतिरबाट सुरु हुन्छ । यसको उत्पादन दिनमा नै ३ हजार जनालाई पुग्ने हुन्छ । जुन मेसिन हामीले ल्याई सकेका छौं त्यसबाट दिनमा यति चाहिँ हुन्छ । अहिले नै मार्केट धेरै ठूलो नभएकाले त्योभन्दा कमी उत्पादन गर्दछौं । यदि गरिहाल्नुपर्यो र यसको काम ह्वात्तै बढ्यो भने हामी दिनमा ६ हजारजनाको हाराहारीमा पुग्न सक्ने कुरा युवा उद्यमी चौधरी बताउनुहुन्छ ।

उपलब्ध हुने रोजगारी ः
सुरुमा किचेनमै २०–२५ जनाले रोजगारी पाउने छन् । अब बाहिर अरु मार्केटिङ लगायतका कामहरुको लागि पनि कम्पनीमा ३५ जनाले प्रत्यक्षसँग रोजगारी पाउनेछन् । खासमा रामेन भनेको एक किसिमको थुक्पा हो । यो अत्यन्त मिठो र स्वास्थ्यको लागि पनि योग्य जापानीज परिकार हो । त्यसको साइज अहिल फरक हुन्छ । अहिले मुख्य आधार भनेको यी दुईवटा हुन् । बीचमा अरुहरु पनि हुन सक्छन् ।

रामेन उत्पादनको सोच ः
म नुडल्समा काम गरिराखेकाले यो प्रोडक्ट ल्याउने सोच आएको हो । मैले आफ्नो दिमागमा पनि राखिरहेको थिएँ केही गर्न पाए हुन्थ्यो भनेर । त्यसैबेला जापानमा बस्ने मेरा अत्यन्त प्यारो साथि अर्जुन अधिकारीले प्रस्ताव ल्याउनुभयो । उहाँको होकाइँदो भन्ने एउटा कम्पनी छ, त्यसमा जापानिज र नेपालको टिम मिलेर केही नयाँ खालको काम गर्ने भए गरौं भनेर प्रस्ताव ल्याउनुभयो । आज यसको शुरुवात नै अर्जुन अधिकारीले गर्दा भएको हो । अधिकारीको जापानमा १५ वटा रेष्टुरेण्ट रहेको छ । अब सधैं विदेशमा मात्रै बसेर हुँदैन नेपालमा पनि केही लगानी गरौं भन्ने सोच आएर होला उहाँले लगानी गर्ने इच्छा देखाउनु भयो । यो खालको राम्रो लगानी नेपालमा पहिलो पटक हो ।

म नुडल्समा काम गरिराखेकाले यो प्रोडक्ट ल्याउने सोच आएको हो । मैले आफ्नो दिमागमा पनि राखिरहेको थिएँ केही गर्न पाए हुन्थ्यो भनेर । त्यसैबेला जापानमा बस्ने मेरा अत्यन्त प्यारो साथि अर्जुन अधिकारीले प्रस्ताव ल्याउनुभयो । उहाँको होकाइँदो भन्ने एउटा कम्पनी छ, त्यसमा जापानिज र नेपालको टिम मिलेर केही नयाँ खालको काम गर्ने भए गरौं भनेर प्रस्ताव ल्याउनुभयो । आज यसको शुरुवात नै अर्जुन अधिकारीले गर्दा भएको हो । अधिकारीको जापानमा १५ वटा रेष्टुरेण्ट रहेको छ ।

छोटो अनुभवले ल्याएको ठूलो काम गर्ने सोच ः
अनुभव छोटो अवधिको भए पनि परेपछि सफल भइँदो रहेछ । म जापान जानुभन्दा पहिलाको अवस्था एउटा सामान्य जागिरे जीवन थियो । २० वर्ष पहिलाको कुरा हो त्यस बेला ३५ सयदेखि ४ हजारसम्म तलब थियो । जापान जानुभन्दा पहिला मैले नेपालमा धेरै सानैदेखि जागिर खाएको हुँ । म काठमाडौं आउँदा ९ वर्षको थिएँ । अरुको घरमा काम गर्दै यता रेष्टुरेन्टमा काम गर्दै गरेर सिकियो । ९ वर्षको उमेरमै कामको खोजिमा काठमाडौं आउनुपर्ने बाध्यता थियो । मेरो नितान्त किसान परिवार त्यसमा पनि थारु समुदायको । त्यसैले ९ वर्षको कलिलो उमेरमा काठमाडौं आएर अरुको घरमा काम गर्न लागेँ ।

मामोतारो रेष्टुरेन्ट सम्बन्धमा ः
हाम्रो यस रेष्टुरेन्टमा योङ जेनेरेसन चाहिँ धेरै आउँछन् । अहिलेको नयाँ पुस्ता शोखिन छन् । साथै जति पनि जापानिज स्कुलहरु छन् उनीहरुले आफ्ना स्टुडेन्टहरुलाई जापानिज परिकार खुवाउन आफ्ना विद्यार्थीहरुलाई यहाँ ल्याउने गर्दछन् । प्रत्येक महिनामा ती स्कुलबाट आइरहेका हुन्छन् खाना टेस्टका लागि । अहिले हामीसँग खानाका भेराइटीहरु एक सयभन्दा बढी छन् । नेपालमा जति पनि जापानीज रेष्टुरेन्ट छन्, तिनमा सबैभन्दा बढी भेराइटी हाम्रै रेष्टुरेन्टमा छ । अहिलेसम्म नेपालमा जापानिज रेष्टुरेन्ट लगभग ८-१० वटा जति मात्र रहेका छन् । यद्यपि अहिले पनि हाम्रो रेष्टुरेन्टमा ५० प्रतिशत विदेशी छन् ५० प्रतिशत नेपाली ग्राहक नै छन् । पछिल्लो समय नेपालीको संख्या धेरै बढेको छ ।

चौधरीका अन्य योजनाहरु ः
अहिले चाहिँ तत्कालका लागि नुडल्स नै हो । हाम्रो पोखराको कम्पनीको नाममा पोखराको डाँडामा सानो जग्गा छ । त्यसमा पनि पहिला साना–साना दुई÷चारवटा रुम गर्दै मोमोतारो भिलेज रिसोर्ट चलाउने योजना छ ।

विगतको सङ्घर्ष बारे यसरी सम्झन्छन् चौधरी ः
सुरुमा काठमाडौंमा आएर मैले कसैको घरमा काम गरेँ । त्यसबेला मैले कुपण्टोलमा प्रगति शिक्षा सदनमा कक्षा २ मा भर्ना भएर पढ्न थालें । बीचमा फेरि केही नमिलेर छोडेँ । मैले एसएलसी पुल्चोकको त्रिपद्मस्कूलबाट दिएको हुँ । मैले घरको काम दुई वर्षजति गरेँ । त्यसपछि म रेष्टुरेन्ट लाइनमै गएँ । रेस्टुरेन्ट लाइनमा सुरुमा भाँडा माझ्दै कुकहरुले गरेको काम सिक्दै गरेर १५ वर्षको उमेरमा म एउटा किचेन सम्हाल्न सक्ने कुक भइसकेको थिएँ । त्यहाँको स्टाफहरुले छोडेर गइदियो । त्यसपछि जिम्मेवारी मलाई बढ्यो अनि १५ वर्षको उमेरमै पुरै किचेन हेर्न सक्ने कुक भएको थिएँ । अहिले यो रेष्टुरेन्ट खोलेको २० वर्ष भयो त्यो भन्दा पहिला त मेरो पुरै रेष्टुरेन्टमै बित्यो ।
अहिले मेरो परिवारमा बुबा, श्रीमती एक छोरी, एक छोरा अनि म गरी जम्मा पाँचजनाको परिवार हो । मेरी छोरी अस्ट्रेलियामा म्यानेजमेन्ट पढ्दै छिन भने छोरा होटल म्यानेजमेन्टमा ब्याचलर पढ्दै छ । 

नेपालमानै व्यापार गर्ने सोचमा प्रतिवद्ध चौधरी ः
म एक÷डेढ महिना अगाडि अमेरिका गएर आएँ । त्यहाँ पनि साथीभाइहरुको केही बिजनेश गरौं भनेर सुझावहरु दिए । तर मैले म नेपालमै गर्छु भनेँ । हाम्रो नेपालको हावा पानी हे¥यो भने धेरै राम्रो छ । सबैले इमान्दारपूर्वक आ–आफ्नो क्षेत्रबाट काम गर्ने हो भने अमेरिकाभन्दा नेपाल राम्रो र सम्भावना भएको मुलुक हो । खास गरी राजनीतिक स्थिरता, मानिसमा इमानदारीपूर्वक काम गर्ने वातावरण र शिपयुक्त शिक्षा हुने हो भने नेपाल कुनै मुलुक भन्दा कम छैन ।
(प्रस्तुती कालिका महत)

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: