नेपाल र जापान बीच पुलको काम गर्ने योजनामा होकाइदो नेपाल बिजनेश ग्रुप


जापानमा व्यवसाय शुरु गर्ने समयमा उनलाई नेपालको लोभले पनि नलोभ्याएको भने होइन । जसले गर्दा उनी द्विविधामा परे । नेपालमा नै फर्केर काम गरौं वा जापानमा नै रहेर नेपालको पहिचान र विकासको निम्ति काम गरौं भन्ने सोच्दै गर्दा नयाँ विचार पलायाे  । जापानमा व्यवसाय गर्ने क्रममा नेपालको मौलिकतालाई समेत प्रचारप्रसारमा सहयोग पुग्ने मान्यताको साथ उनले नेपाली पहिचानमा आधारित ‘विस्तारै विस्तारै’ नामक रेष्टुरेन्ट सञ्चालन गरे । उनी हुन् नेपालका उदायमान व्यवसायी अर्जुन अधिकारी ।

हाल जापानमा हाल आफ्नो एकल लगानीमा ९ ओटा रेष्टुरेन्ट सञ्चालन गरेका अधिकारीले सामूहिक लगानीको रुपमा थप ७ ओटा रेष्टुरेन्टहरु सञ्चालन गर्दै आएका छन् । यसको साथै उनले जापानमा रही रियल स्टेटको क्षेत्रमा समेत लगानी विस्तार गरेका छन् ।

अर्जुन अधिकारी, जापानका उदायमान युवा उद्यमी, (हाल नेपालमा हाेकाइदाे नेपाल विजनेश ग्रुपका संस्थापक)

काे हुन् अर्जुन अधिकारी ?

अर्घाखाँचीको वाङ्ला क्षेत्रमा जन्मिएका अर्जुन अधिकारी लामो समय देखि जापानमा रहि व्यावसायिक क्षेत्रमा संलग्न रहँदै आएका एक प्रतिभाशालि व्यक्ति हुन् । गाउँकै विद्यालयबाट विद्यालय तहको अध्ययन गरेका अधिकारीले पोखराको पीएन क्याम्पसबाट अध्ययनको अलवा कामको सिलसिलामा पोखराबाट होटल मार्केटिङ्गको लागि काठमाण्डौ प्रवेश गरेका थिए । पढाईको सँगसँगै व्यवसायमा पनि जोडिएका हुनाले अधिकारीले व्यवसायबाट राम्रो गर्दै गए । अधिकारीकोे बाल्य अवस्था भने जीवनमा धेरै खालका सर्घष गर्दै आफ्ना बुबा, आमा र दाईको ठूलो साथ सयहोगका बीच विभिन्न खालको अवरोह आरोह पार गर्दै अधिकारी यो स्थानसम्म आइपुगेका हुन् । उनले जापानमा रहँदा धेरै खालका संर्घष गरे र आफ्नो जापानको यात्रालाई यस स्थानसम्म ल्याइपुर्याएका छन् ।

उनले नेपालमा मात्र होइन, आफ्नो नाम र पहिचानलाई जापानिजहरुको बीचमा समेत चिनाउन सफल भएका छन् । करिब १६ बर्षको उमेरमा पोखरा आई पीएन क्याम्पसमा थप अध्ययनको निम्ति भर्ना भएका उनले अध्ययनमा भन्दा पनि व्यवसायमा नै अघी बढाउने योजना अपनाए । आफू पोखरा रहने समयमा पोखराबाट होटल ट्रान्स हिमालय र लुम्बिनी रिसोर्ट सञ्चालन गरेका स्मरण सुनाउँदै उनले त्यहि समयमा नै आफुलाई जापानप्रति मोह भएको सुनाए । जापान हस्पिटालिटीमा निकै अगाडि छ भन्ने कुरा साथिहरुबाट थाहा पाएका कारण आफु पनि जापान गई त्यहाँको संस्कारबारे सिक्न आकर्षित भएका कुरा अधिकारी बताउँदछन् । उसो त अधिकारी नेपालमा रहँदा पनि हस्पिटालिटीको क्षेत्रमा नै सक्रिय तवरले लागिरहेका थिए । यद्यपि आफु संलग्न रहेको क्षेत्र संसारका अन्य ठाउँमा कसरी विकसित भइरहेको छ भन्ने बारे उत्सुकता हुनु स्वभाविक नै हुन सक्छ । साथै अन्य देशको तुलनामा जापानमा समेत विभिन्न खालको सेवा सुविधाहरु पाउन सकिने कुरा अधिकारीलाई राम्रोसँग थाहा थियो ।

 

अर्जुन अधिकारी, जापानका उदायमान युवा उद्यमी, (हाल नेपालमा हाेकाइदाे नेपाल विजनेश ग्रुपका संस्थापक)

व्यावसायिक योजनाको साथ शुरु हुन लागेको अबको प्रोजेक्ट पुरा हुन सके नेपाल र जापान बीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सम्भव हुनेछ । होकाइदो नेपाल बिजनेश गु्रपमार्फत अब शुरु हुन लागेको प्रोजेक्टमार्फत नेपालको उत्पादन क्षेत्र, आयात निर्यात, व्यवसाय, कम्पनी, गानेइचि, रेष्टुरेण्ट, सेन्ट्रल किचन, लौण्ड्री सर्भिसलगायतका क्षेत्रहरुमा काम गर्न खोजिएको छ । यसै अन्तरर्गत सञ्चालनमा आउन लागेको होकाइदो नेपाल बिजनेश रमेन रेष्टुरेन्ट जापानिज नुडल्स, होकाइदो किलिन क्त्ब्च् गानेइचि ट्रेडिङ्ग करिब ६ करोड ५० लाख लगानी हुने अनुमान गरिएको छ भने त्यसपछिको लगानी भने लगानीको क्षेत्रहरुलाई विभिन्न खालको अध्ययन अनुुसन्धान गरी लगानी बढाउने कुरा अधिकारी बताउँछन्।

भगवान कृपा र आत्मविश्वासको परिणाम बुबा आमाको आशिर्वाद ः
शुरुमा होटलको माथिल्लो तहको जिम्मेवारी लिनको निम्ति आफू सक्षम नभइसकेको अवस्थामा पनि होटलले दिएको उक्त जिम्मेवारी अधिकारीले सिक्दै पूरा गर्न सफल भए । यसो हुन सक्नुमा अधिकारी भगवान कृपा र बुबा आमाको आर्शिरवाद मिलेर नै विभिन्न खालका दुख र कष्टका कामलाई समेत सहजैसँगले म गर्न सक्छु भन्ने आत्मविश्वासलाई नै महत्वपूर्ण आधारको रुपमा लिन्छन् । जसले गर्दा अधिकारीलाई भविष्यमा आउने अन्य विभिन्न खालका चुनौतीका कामहरुलाई समेत सामना गर्नुका लागि विभिन्न खालका राम्रो अनुभव प्राप्त भएको कुरा अधिकारी बताउँदछन् ।

जापानमा अधिकारीको व्यावसायिक यात्रा ः
सन् २००५ देखि अधिकारी आफैंले जापानमा रेष्टुरेन्ट सञ्चालन गर्न थालेका अधिकारीलाई त्यस भन्दा पहिले नै हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित रहि ठूलो जिम्मेवारी निर्वाह गरिसकेका उनलाई आफैले व्यवसाय गर्ने क्रममा भने त्यत्ति गाह्रो महसुस भएन । जापानमा व्यवसाय शुरु गर्ने समयमा उनलाई नेपालको लोभले पनि नलोभ्याएको भने होइन । जसले गर्दा उनी द्विविधामा परे । नेपालमा नै फर्केर काम गरौं वा जापानमा नै रहेर नेपालको पहिचान र विकासको निम्ति काम गरौं भन्ने सोच्दै गर्दा नयाँ विचारले अधिकारीको जन्म लियो । जापानमा व्यवसाय गर्ने क्रममा नेपालको मौलिकतालाई समेत प्रचारप्रसारमा सहयोग पुग्ने मान्यताको साथ उनले नेपाली पहिचानमा आधारित ‘विस्तारै विस्तारै’ नामक रेष्टुरेन्ट सञ्चालन गरे । त्यस रेष्टुरेन्टले नेपालको पहिचान प्रवद्धन र व्यवसाय विस्तारमा राम्रो सहयोग पुगेको अधिकारीले राष्ट्रिय आर्थिक मासिकलाई बताए ।

व्यवसाय गर्दा १७ चोटी असफल ः
जुन उद्देश्यले शुरु गरेको कार्य पुरा नहुनु नै असफलता हो । नाफा एक किसिमको आत्मा सन्तुष्टि धार एक किसिमको आत्मा ग्लानी हो । सफलता जेरो लाई १० मा अथवा आफुले चाहेको ठाउँमा पुर्याउनु हो । जापानबाट २००५ देखि रेष्टुरेन्ट शुरु गरेका अधिकारीको व्यवसायले जापानमा राम्रो गति लियो । त्यस सँगै उनले नेपालमा पनि व्यवसाय शुरु गर्नुपर्ने मान्यता बमोजिम सन् २०११ देखि सामुहिक लगानीको रुपमा एकपछि अर्को गर्दै १७ ओटा व्यवसायमा लगानी गरे । तर उनले कुनै क्षेत्रबाट पनि आशातित सफलता अर्थात प्रतिफल हासिल गर्न सकेनन् । जापानमा रहँदा निकै राम्रो सफलता पाएका अधिकारीले नेपाल र जापानको व्यवसायिक वातावरण एकै किसिमको नरहेको निष्कर्षमा पुगि अब भने फरक तवरले व्यवसाय शुरु गर्ने योजना बमोजिम हाल होकाइदो नेपाल विजनेश ग्रुप प्रालि शुरु गरेका छन् । साथै अब आफ्नो लगानिलाई प्रतिफलमुखी बनाएरै छाड्ने मात्र नभई नेपाल र जापान जोड्ने महत्वपूर्ण पुलको रुपमा आफ्नो व्यवसायलाई अघी बढाउने उनको योजना छ । नेपालमा लगानी गरेर आफू १७ पटक असफल भइसकेपनि अधिकारीमा नेपाल प्रतिको प्रगाढ मायामा कत्ति पनि कमी आएको छैन, बरु बढेर गएको छ । विभिन्न सेक्टरमा रहेका उनलाई नजिकबाट चिन्ने साथिहरुले बताउँछन् ।

नेपालमा अधिकारीको लगानी रहेका क्षेत्रहरु ः
नेपालमा सञ्चालित टाइगर ल्याण्ड सफारी रिसोर्ट (जुन हाल अरुण चौधरीलाई विक्री गरिएको छ । पुतलीसडकमा सञ्चालित ‘विस्तारै विस्तारै’ नामक रेष्टुरेन्ट, विभिन्न ट्राभल एजेन्सी, होटल तथा रिसोर्ट क्षेत्र, बस सेवा, आर्किटेक्चर डिजाइनिङ कम्पनी, वेष्ट रेमिट, जलस्रोत, शिक्षा क्षेत्रलगायतका क्षेत्रहरुमा लगानी विस्तार गरेका अधिकारीले पछिल्लो समय कतिपय क्षेत्रबाट लगानी निकालि सकेका छन् भने अरु नयाँ क्षेत्रहरुको खोजीमा समेत उनी निरन्तर लागिरहेका छन्, जसबाट एकैपटकमा व्यावसायिक प्रतिफल र सामाजिक उत्तरदायित्व पूरा गर्न सकियोस् भन्ने अधिकारीको मान्यता रहेको छ । जसको लागि होक्काइदो नेपाल टष्ट्र नामको सामाजिक संस्थाको स्थापना गरिएको छ ।

होकाइदो नेपाल बिजनेश गु्रपमार्फत अब शुरु हुन लागेको प्रोजेक्टमार्फत नेपालको उत्पादन क्षेत्र, आयात निर्यात, व्यवसाय, कम्पनी, गानेइचि, रेष्टुरेण्ट, सेन्ट्रल किचन, लौण्ड्री सर्भिसलगायतका क्षेत्रहरुमा काम गर्न खोजिएको छ । यसै अन्तरर्गत सञ्चालनमा आउन लागेको होकाइदो नेपाल बिजनेश रमेन रेष्टुरेन्ट जापानिज नुडल्स, होकाइदो किलिन स्टार गानेइचि ट्रेडिङ्ग करिब ६ करोड ५० लाख लगानी हुने अनुमान गरिएको छ भने त्यसपछिको लगानी भने लगानीको क्षेत्रहरुलाई विभिन्न खालको अध्ययन अनुुसन्धान गरी लगानी बढाउने कुरा अधिकारी बताउँछन् ।

नेपाल र जापान बीच पुल बनाउने सोचमा अधिकारी ः
नेपाल र जापान बीच पुलको काम गर्ने योजनाको साथ अधिकारी सहितका नेपाली र जापानीहरुको संयुक्त लगानीमा होकाइदो नेपाल बिजनेश गु्रप प्रालि नामक कम्पनी नेपालमा सञ्चालनमा ल्याइएको छ । जसले वास्तवमा नै नेपाल र जापानको सम्बन्धमा नयाँ उचाईमा पुर्याउन सक्नेमा प्रवद्र्धकहरु आशावादी छन् । व्यावसायिक योजनाको साथ शुरु हुन लागेको अबको प्रोजेक्ट पुरा हुन सके नेपाल र जापान बीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सम्भव हुनेछ । होकाइदो नेपाल बिजनेश गु्रपमार्फत अब शुरु हुन लागेको प्रोजेक्टमार्फत नेपालको उत्पादन क्षेत्र, आयात निर्यात, व्यवसाय, कम्पनी, गानेइचि, रेष्टुरेण्ट, सेन्ट्रल किचन, लौण्ड्री सर्भिसलगायतका क्षेत्रहरुमा काम गर्न खोजिएको छ । यसै अन्तरर्गत सञ्चालनमा आउन लागेको होकाइदो नेपाल बिजनेश रमेन रेष्टुरेन्ट जापानिज नुडल्स, होकाइदो किलिन स्टार गानेइचि ट्रेडिङ्ग करिब ६ करोड ५० लाख लगानी हुने अनुमान गरिएको छ भने त्यसपछिको लगानी भने लगानीको क्षेत्रहरुलाई विभिन्न खालको अध्ययन अनुुसन्धान गरी लगानी बढाउने कुरा अधिकारी बताउँछन् । यो खालको एक राम्रो अनुभव भएका सामूहिक समूहले छिट्टै नै नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना अनुप जापानी चाउचाउ अर्थात रामेन उद्योग सञ्चालन बुढानिलकण्ठ पार्क भिलेज रिसोर्टमा आगामी डिसेम्वरमा नेपालका पर्यटन क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वहरु र जापानीजहरुको प्रमुख आतिथ्यतामा उद्घाटन हुनेछ । हाल कम्पनीका प्रवद्र्धकहरुमा जापानका १७ व्यक्ति र नेपालीहरु २ जनागरी जम्मा १९ जनाको राम्रो टिमबाट उक्त संस्था सही ठाउँमा पुग्ने छ । नेपाल र जापानबीचको राम्रो पारस्परिक सम्बन्ध स्थापना हुने खालको व्यावसायीक यात्रा समेत अघि बढ्ने विश्वास लिइएकाे छ ।

यस समूहमा नेपालमा पर्यटन क्षेत्रका स्वदेश तथा विदेशका समेत पर्यटन क्षेत्रका अग्रज ख्यातिप्राप्त सुनिल दाईको सल्लाह बमोजिम तिमीहरु जस्तो युवा अनुहारहरुले नेपालमा उदाहरणीय खालको काम गर्नुपर्छ र नेपालमा नै तिमीहरुका लागि अवसर प्रशस्त रहेको छन् भन्ने राम्रो सल्लाह र सुझाव दिएकै कारण आज हामीहरुले आफ्नो देशमा नै फर्कि जापान र नेपाल बीचको बिजनेशका केही नयाँ खालका लगानीका क्षेत्रहरुलाई अघि बढाएको कुरा अधिकारी प्रस्ट्याउँछन् । यस सामूहिक टिम अन्तर्गतको होकाइदो नेपाल बिजनेश ग्रुपमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा केजिएच गु्रपको लगानी रहेको छ यसैमा हामीलाई आज गर्व लाग्छ । किन भन्दा खेरी आज यस संस्थाको स्थापना हुनुमा नै विशेष गरी सुनिल शाक्य दाईको विशेष ठूलो सहयोग र सल्लाह दिनु भएकोले गर्दा नै आज हाम्रो यो टिमले यस संस्थालाई सहि रुपबाट स्थापना गर्न सकेको हो अधिकारी बताउँछन् ।

यस कम्पनीले ट्रेड बिजनेश अन्तरर्गत जापानबाट नेपालमा आएर बसिरहेका जापानीजहरुलाई लक्षित गरी आवश्यक पर्ने सामान आयातको समेत योजना बनाएको छ । जसले गर्दा जापानीजहरुले आफूहरुलाई आवश्यक पर्ने सामानहरु नेपालमा नै सहज तवरले प्राप्त गर्न सक्नेछन् । हाल नेपालमा करिब १२ सय जापानीहरु रहेको तथ्याङ्कमा उल्लेख रहेको छ ।
नेपालमा नै सामान आयात गर्न सकेको खण्डमा यसले नेपाल र जापान बीचको सम्बन्धलाई अझ नजिक बनाउन निकै ठूलो सहयोग मिल्नेछ । साथै जापानमा लामो समय रहने क्रममा त्यहाँका राम्रा र नेपालीहरुको निम्ति आवश्यक र उपयुक्त रहने सामानहरु नेपालमा ल्याउने र सम्भव भएका नेपाली सामानहरुलाई जापानमा पु¥याउनकै लागि अधिकारी अवरात्र यही काममा लागि परेका छन् ।

सामाजिक क्षेत्रमा संलग्नता ः
लामो समय देखि नेपालमा विभिन्न क्षेत्रहरुमा (अर्घाखाँची, दोलखा, गुल्मीलगायत) जिल्लाहरुको सामाजिक कार्यहरुमा संलग्नता जनाउँदै आएका अधिकारी नेपालमा सामाजिक कार्यमा संलग्नता जनाउँदा यसबाट आफूलाई आत्मसन्तुष्टि मिलेपनि त्यसले वास्तवमा यहाँको विकासमा कस्तो र कति योगदान दिन सक्यो भन्ने बारे खासै जानकारी पाउन नसक्दा सामाजिक सेवा मात्र नभई यसलाई परिमार्जन गर्दै व्यवसायमार्फत नै सामाजिक दायित्व पूरा गर्ने योजनामा पुगेका छन् । अधिकारी भन्छन्, ‘सामाजिक कार्यबाट आफूले सोचेबमोजिम जनताहरुको जीवनस्तरमा परिवर्तन ल्याउन सकिँदो रहेनछ । यसैकारण अबका दिनमा नेपालमा सामाजिक सेवामा मात्र केन्द्रित नभई व्यावसायीक कार्यमा नै संलग्न रहने योजनामा म पुगेको छु ।’ अधिकारी भन्छन् ।

नेपालीहरुको सहकार्य ः
सन् २०१७ मा नेपालमा आएर व्यवसाय शुरुवातको योजनामा जापानीहरु सहित नेपाल आएको अधिकारी नेतृत्वको टिमलाई नेपालमा रही लामो समय देखि व्यवसायमा संलग्न व्यक्तिहरुले निकै राम्रो तवरले सहयोग गर्नुभएको छ ।

जापानमा रही अधिकारीको लगानी ः
जापानमा हाल आफ्नो एकल लगानीमा ९ ओटा रेष्टुरेन्ट सञ्चालन गरेका अधिकारीले सामूहिक लगानीको रुपमा थप ७ ओटा रेष्टुरेन्टहरु सञ्चालन गर्दै आएका छन् । यसको साथै उनले जापानमा रही रियल स्टेटको क्षेत्रमा समेत लगानी विस्तार गरेका छन् ।

राज्य प्रति व्यवसायीको दायित्व ः
अबका दिनमा विकासका निम्ति राज्यको मुख ताक्नु उपयुक्त हुँदैन । जसले जहाँबाट जसरी काम गर्न सकिन्छ, त्यसरी नै सबै अघी सर्नुपर्ने बेला आएको छ । यस कार्यमा व्यवसायीहरुको समेत निकै ठूलो भूमीका रहने गर्छ । यसै मान्यताको साथ शुरु भएको होकाइदोले नेपालको व्यावसायिक सम्बन्ध विस्तार तथा जापानमा नेपाललाई चिनाउनको लागि बिजनेश गु्रप प्राइभेट लिमिटेडले महत्वपूर्ण भूमीका निर्वाह गर्ने योजना बनाएको छ । अन्य व्यावसायीक समूहहरु समेत यसरी मूलुकमा सामाजिक तथा व्यावसायीक वातावरणको निर्माण गरि अघी सर्नुपर्ने बेला आएको छ ।

जापानीजहरुलाई नेपाल ल्याउन अधिकारीको भूमीका ः
नेपालमा अहिले सम्म अधिकारीको साथमा निकै धेरै जापानीहरु नेपालमा आइसकेका छन् । कोही घुमफिरको लागि आएका छन् भने कतिपय साथीको रुपमा आएर पनि नेपालबाट निकै नै प्रभावित भएरा फर्किएका छन् । साथै नेपाल आउने जापानीहरुको सङ्ख्या बढ्दो छ ।

नेपाल निकै राम्रो सम्भावना भएको देश हो । यहाँ हरेक कुरा छ । कुनै कुरा यहाँ उपलब्ध नभएपनि हामीसँग जे छ, त्यसलाई नै सही तवरले उपयोग गर्नु जरुरी छ ।

नेपालमा अबका दिनमा सम्भावना ः
नेपालमा अबका दिनमा निकै राम्रो सम्भाावना छ । त्यसैकारण नेपाल प्रति विदेशीहरु पनि आकर्षित छन् । प्राकृतिक रुपमा नै सुन्दर र सम्भावनायुक्त नेपालमा यहाँको विकासको निम्ति हामी आफैंले समेत पहल गर्न सकेको खण्डमा नेपालको विकासको निम्ति लामो समय लाग्दैन । यद्यपि हामी सबै हाम्रो देशको विकासको निम्ति निकै नै प्रतिवद्ध भएर अघी बढ्यौ भने निकै नै महत्वपूर्ण हुन आउनेछ ।

जनतामा चेतनाको विकास हुन जरुरी छ ः
अबका दिनमा सबै नेपालीहरुमा नयाँ चेतनाको विकास हुनु जरुरी छ । नेपालको विकासको निम्ति आफूले कुन क्षेत्रबाट कसरी काम गर्न सकिन्छ भन्ने कुरा निकै नै महत्वपूर्ण हुन आउँछ ।
यसको निम्ति सबैभन्दा पहिले सबै नेपालीहरुमा अरुलाई गालि गर्नु र कुरा काट्नुमा समय बिताउने प्रचलन त्यागेर आफूले के काम गर्न सकिन्छ र त्यसबाट कुन बर्गलाई कसरी लाभान्वित बनाउन सकिन्छ ? साथै आफूलाई पनि के प्रतिफल प्राप्त हुन सकिन्छ ?  भन्ने बारे सोचेर सेवाभावले काममा जुट्नु जरुरी छ । हरेक नेपाली आफू सक्दो काममा निरन्तर लागि नै रहनुपर्छ । कुनै पनि व्यक्तिले सिंगो संसार नै परिवर्तन गर्न सक्ने भन्ने अवस्था हुँदैन । यद्यपि आफ्नो तर्फबाट आफ्नो स्वार्थ पूरा गर्ने क्रममा नै पनि अन्य ५-१० जना व्यक्तिहरुको निम्ति काम गर्न र उनीहरुको हितमा काम गर्न सकिन्छ । यसै क्रममा नै अन्य व्यक्तिहरुलाई पनि नयाँ अवसर सृजना गर्न सकिन्छ । यसबाट ठूलो समुदाय लाभान्वित हुन सक्छन् । आम रुपमा मानिसहरुले आफुले के गर्ने भन्दा पनि अरुको कुरा काट्ने प्रवृतिले गर्दा नेपालमा सहि रुपबाट विकास हुन सकेको छैन् । उदाहरणको लागि चुनावको बेलामा जसरी नेताले आश्वसन दिन्छन्, त्यहि नेताको पछि लाग्ने बानि हामीमा छ । त्यसको मूख्य दोष भनेको त हामी आफूहरु नै हौ नि । ति नेताले कतिलाई रोजगार दिन सक्छन्, कति ठाउँमा विकास गर्न सक्छन् मैले जोड्न खोजेको प्रशङ्ग के हो भने हामीहरु नेपाली काम गर्नु भन्दा पनि अरुको कुरा काटेर नै समय बिताउने बानिले गर्दा न त आफ्नो विकास हुन्छ, न त समाज बन्छ न त देशले नै केही पाउँछ । यि खालको गतिविधिबाट हामीहरु अलि सर्तक हुने हो भने अवश्य पनि नेपालले विकासपथको बाटो लिन सक्छ । अरुलाई गालि गर्नको साटो हामीहरु आफैले केही गर्ने बानि बसाल्यौ भने अवश्य पनि अघि बढ्न सकिन्छ । जबसम्म हामीहरु कामप्रति विश्वास गदैनौ तवसम्म विभिन्न खालको दुख कष्ट व्यवहोर्दै जानेछौ । नत कुनै पनि खालको उन्नती र प्रगति नै हुन सक्छ । यस अर्थमा पनि म सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आफू जहाँ छौं, त्यहीबाट काममा दत्रचित्त भएर लाग्नु नै बुद्धिमत्तापूर्ण हुनेछ ।

विश्वभरबाट हेर्दा नेपाल ः
विश्वका करिब २५ ओटा देशमा भ्रमण गरिसकेका अधिकारी नेपाललाई विश्वमा नै निकै राम्रो सम्भावना रहेको देशको रुपमा देखिसकेका छन् । यद्यपि अहिले नेपालको काठमाडौं शहर भने आफू पुगेका सबैजसो देशका शहरहरु मध्ये निकै नै फोहोर शहरको रुपमा चिनिन पुगेको समेत बताउँछन् अधिकारी । नेपालीहरुमा चेतनाको विकास नभइसकेको कारण यस्तो भएको बताउँदै अब छिट्टै नै नेपालीहरुमा पनि चेतना विकास हुने र नेपाल अबका केही बर्षमा नै परिवर्तन भएरै छाड्ने दाबी अधिकारीको छ । नेपाललाई विकास गर्ने क्रममा कति छिटो विकसित देश बनाउने भन्ने कुरा नेपालीहरुको हातमा नै रहेको कारण सबै नेपालीहरुले यसलाई विकसित, समृद्ध र सुसंस्कृत बनाउन पहल गर्नुपर्ने बताउँदै नेपाललाई सफल बनाउन नेपालीहरु नै सक्षम हुन आवश्यक छ ।

अन्त्यमा ः

नेपाल निकै राम्रो सम्भावना भएको देश हो । यहाँ हरेक कुरा छ । कुनै कुरा यहाँ उपलब्ध नभएपनि हामीसँग जे छ, त्यसलाई नै सही तवरले उपयोग गर्नु जरुरी छ ।
यसका साथसाथै मलाई यो स्थानसम्म आइपुग्नको लागि मलाई सहयोग गनुहुने मेरो बुबा आमा परिवारजनसँगै सम्पूर्ण आफन्त नाता तथा मलाई माया गर्ने नेपाली साथिहरु साथसाथै सम्पूर्ण जापनीज सहयोगि साथिहरु तथा मान्यजनहरुमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । विशेषगरी मेरो जिन्दगीको हरेक उत्तरचढावमा हौसला स्नेह र माया दिने मेरी प्यारी जीवन सङ्गिनि तथा मेरा छोराहरु आयुष र आयामप्रति विशेष धन्यवाद व्यक्त गर्दछु ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: