नेपालमा फायर फाइटर भित्रयाउँदाको अनुभव : महिला उद्यमी कंशाकार


केशावती कंशाकार प्रवन्ध निर्देशक, नोभेल इन्टरनेशनल प्राइभेट लिमिटेड

काठमाडौंको मासंनगल्ली केलटोलमा २०२७ साल चैत २७ गते जन्मनु भएकी केशावती कंशाकार समाजमा एक प्रतिष्ठित महिला उद्यमी हुन् । दरबार हाईस्कूलबाट २०४४ सालमा एसएलसी पास गरेकी उनले शंकरदेव क्याम्पसबाट ग्राजुएट गरेकी थिइन् । ब्याचलर गरिसकेपछि जागिरमा लागेकी उनले डिग्री तहको अध्ययन पूरा गर्न नसकेकोमा भने गुनासो गर्छिन् ।

अाफ्नाे व्यावसायिक यात्राबारे कंशाकारले यसरी बताइन्, प्रस्तुत छ उनकै शब्दमा ः

डिप्लोमा सकिनासाथ फाएरको काम थालेँ । बम्बईको कम्पनीमा । त्यस कम्पनीमा मैले सेल्स म्यानको रुपमा काम गरें । सिनियर सेल्सम्यान, त्यसपछि टेरिटोरी म्यानेजर अनि फुल म्यानेजर भएर काम गरें । मैले १९९३ देखि १९९९ सम्म ६ वर्ष काम गरें । त्यो कम्पनीमा काम गर्दा नेपालमा सधैं टप भएँ । इण्डिया र नेपालमा कम्पिटिसन गर्दा म जहिले पनि प्रथम हुन्थें । त्यसपछि साथिहरुसँग कुरा भयो । कम्पनीको म्यानेजरसँग पनि कुरा भयो । हामीले अनि आफैं कम्पनी खोल्ने विचार गर्याैं। सन् १९९९ मा आएर हामीले एभरसेफ एक्टीङगुइसर एसडीन बीएचडी (मलेसिया कम्पनी, आइएसो कम्पनी)सँग हामीले सामान मगाउने निधो गर्यौं । त्यसपछि हामीले सामान इम्पोर्ट गर्न थाल्यौं । हामीले सन् १९९९ देखि आजसम्म त्यही कम्पनीको सामान बेचिरहेका छौं ।

पहिला–पहिला फायर नेपालमा बेच्दा सोडा एसीड, ड्राइकेमिकल पाउडर भनेर DCP पाउडर, कुनै फोम टाइप, कुनै CO2 टाइपकाले कन्ट्रोल गर्ने भनेर फरक–फरक बिक्री गरिन्थ्यो । हरेक क्याटगुरीमा जस्तै सलिडमा फाएर भयो भने पानी फाल्ने वा सोडा एसिडले फाएर कन्ट्रोल गर्ने । त्यस्तै लिकुइडमा फाएर भयो भने डिसीपी पाउडरले कन्ट्रोल गर्ने । अनि इलेक्टोनिकमा केही भयो भने CO2 टाइपकोले कन्ट्रोल गर्ने । त्यसले स्वतः फाएर कन्ट्रोल हुन्छ । हाम्रो कम्पनीमा एउटा अर्को एबीसी ड्राई केमीकल पाउडर विथ मोनो अमोनियम फोस्फेट (त्यसमा नाइट्रोजन प्रेसराइजड हुन्छ । यसले सबै प्रकारका फाएरलाई कन्ट्रोल गर्छ) समेत उपलब्ध छ । यसमा सोलिड, ग्याँस, लिकुड, इलेक्टोनिक जुनसुकै होस् । पहिला फरक–फरक फाएरलाई फरक–फरक प्रयोग गरिन्थ्यो । त्यतिबेला एबीसी फाएरले गर्दा एउटै एक्टीङगुइसरले कन्ट्रोल हुने । त्यसमा हामीले ६ वर्ष काम गर्यौं । त्यसपछि एउटै फायर एक्टीङगुइसरले काम गर्दा सबै क्लासको फाएरलाई कन्ट्रोल गर्थ्र्यो ।

प्रयोग गर्न सहज ः
आगो पर्दामा लागोस्, कागजमा लागोस्, पेट्रोल, मट्टितेल, डिजेल, इलोक्टेनिक जुनसुकै चिजमा आगो लागेपनि एउटै मेसिन प्रयोग गर्ने भएकाले हामीलाई मार्केटमा सजिलो भयो । प्रयोगमा सजिलो भएपछि बजारमा जसले पनि किन्न थाले । यसले गर्दा मानिसमा दुईवटा किन राख्नुपर्यो एउटैले सबैमा काम दिन्छ भन्ने भयो । त्यसले गर्दा मानिसमा दुईवटा किन राख्ने सबै काम एउटैले हुन्छ । एकपटक सामान लिएपछि यसको ग्यारेन्टी हुन्छ । यसले सबै फाएर कन्ट्रोल गर्दा मलाई यसको व्यवस्थापन गर्न पनि सजिलो हुन्छ । यो व्यवसाय मैले सन् १९९९ बाट सुरु गरेको हो । त्यसयता अहिलेसम्म मार्केटमा १० जति लगातार इण्डियन सामान मात्र थियो । एउटैको भएपछि महंगो हुँदै गयो । पछि आएर मलेसियन प्रयोगमा आयो, उहींबाट इम्पोर्ट गर्न थालेपछि सस्तो पनि भयो । यो सामान हामीले ६ हजार ५ सय ८३ मा बेच्ने गरेका थियौं (इण्डियन) । जब बजारमा मलेसियन सामान ल्यायौं, त्यसपछि ४ हजार ८ सयमै बेच्न पाइयो । मलेसियन स्टाण्डर्ड आइएसओ कम्पनीको इन्टरनेशनल ब्रान्डेड सामान सस्तोमा पाइयो । त्यसमा प्रयोग हुने मेसिन पनि स्टेण्डर्ड पाइयो । यो अहिले मलेसियन फायर एक्टीङगुइसर एभरसेभ ट्याग सहित देख्न सकिन्छ ।

हाल यो विश्वका ४० र ५० वटा देशमा पनि निर्यात गरिन्छ । कम्पनीको सामान नेपालमा पनि राम्रो बजार पाएको छ । नेपालमा धेरैमा एक सालमा एक कन्टनेरदेखि दुई कन्टेनरसम्म झिकाइन्छ । चलेको बेला दुई कन्टेनर कहिले एक कन्टेनर मात्र खपत हुन्छ । एक कन्टेनरमा १ हजारदेखि १५ सय वटासम्म सामान आउँछ । त्यति भएपछि तीनदेखि छ महिना सम्मलाई पुग्छ । नेपालमा पहिला त धेरै गार्मेन्ट थियो गार्मेन्टमा यो सामान बढी बिक्री हुन्थ्यो । त्यसपछि नेपालमा पेट्रोल पम्पहरु धेरै खुल्न थाले त्यहाँ खपत भयो । बैंकहरुमा त ५० प्रतिशत हाम्रै फायर एक्टीङगुइसर छ भने पनि हुन्छ । यो सामान घर, किचेन, पसल लगायत आगोको जोखिम भएका सबैजसो ठाउँमा प्रयोग हुन्छ ।
पहिला त हामीले राजदरबारमा पनि खपत गरेका थियौं । त्यहाँको सचिवालयले हाम्रो सामान किनिदिएको थियो । त्यसपछि हामी दरबारमा हाम्रो सामान छिराउन सकेनौं । त्यहाँका कर्मचारीहरु फेरिएपछि हामीलाई त्यहाँ सामान पास गर्न धेरै कोसिस गरियो तर सकिएन ।

अहिलेको बजार :
अहिले हाम्रो प्रमुख बजार भनेको बैंक, युएनका प्रोजेक्टहरु, जस्तै युएनडीपी, युनिसेफ, त्यस्तै इन्स्योरेन्स कम्पनीहरुमा, एनजीओ, आइएनजीओहरु, औंषधी उधोग , हाउजिङ, कमर्सियल कम्प्लेक्स, हस्पिटल, होटल, रेष्टुरेण्ट अनि कलेजहरुमा पनि जान्छ । ठूला कलेजदेखि साना मन्टेश्वरीहरुमा पनि यो सामान जान्छ ।

के हो फाएर एक्टीङगुइस ?
फाएर एक्टीङगुइसर भनेको आगो निभाउने सिलिन्डर हो । यो सामान नभई नहुने भनेको अथवा मानिसले यसको प्रयोग गर्ने भनेको जहाँ आगलागीको सम्भावना बढी छ त्यस्तो ठाउँमा हुन्छ । यो सक्दा जुन ठाउँमा पनि राख्न सकिन्छ जस्तै घरमा खास गरी महत्वपूर्ण कागजहरु राख्ने ठाउँ, किचेन । अनि बैंकहरु जहाँ कथमकदाचित आगलागी भइहाल्यो भने बढी क्षति हुन्छ वा बढी जोखिम हुन्छ, त्यस्ता ठाउँमा यो सामान राख्न सकिन्छ । यसलाई कम्प्युटर, इलेक्ट्रिक इक्वीपमेन्टहरु भएको ठाउँ लगायतमा राख्न सकिन्छ ।
बैंकमा निक्षेपकर्तादेखि यसका महत्वपूर्ण डाटाहरु त्यहाँ हुन्छ त्यस्ता ठाउँमा आगलागी भयो भने बढी क्षति हुन्छ । त्यस्ता सम्वेदनशील ठाउँमा यो सामान प्रयोगमा ल्याउन सकिन्छ । जसले एक्कासी आगलागी भइहाल्यो भने, तुरुन्तै नियन्त्रणमा ल्याउन सकिन्छ । पछिल्लो समयमा त यो फाएर एक्टीङगुइसर एउटा बल पनि जडान गरिएको हुन्छ । जुन ठाउँमा आगलागी भयो भने त्यो बल झिल्का आएपछि आफैं फुटेर कन्ट्रोल हुन्छ । यो आगो लागेको ठाउँमा फायर एस्टीङगुइसर बल फाल्दा पनि हुन्छ । त्यसपछि आगो आफैं कन्ट्रोल हुन्छ । पछिल्लो समयमा हामीले यस्तो सुविधायुक्त फायर एस्टीङगुइसर झिकाएका छौं ।’

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: