सङ्घर्षकै कारण अहिलेकाे अवस्थामा छु: पर्यटन व्यवसायी घले


राम घले, पर्यटन व्यवसायी, लिवर्टी एड्भेन्चरका सञ्चालक

अहिले नेपालमा सफ्टवेयर निर्माण, वेभसाइट तथा मिडिया लगायतका कामहरु समेत सञ्चालन गरिरहेका घले आगामी दिनमा नयाँ क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजनामा छन् । समय अनुरुप परिवर्तन हुन सकेको खण्डमा मात्र आफू मात्र नभई समाजमा आफ्नो योगदान महत्वपूर्ण हुन सक्छ भन्ने कुरा बुझेका घले समय सन्दर्भ अनुसार अघी बढिरहेका छन् ।

धादिङका राम घले हाल पर्यटन क्षेत्रमा संलग्न छन् । धादिङमा घले समुदायमा जन्मिएका उनी आफूले शिक्षा लिने समयमा निकै धेरै व्यक्तिहरु अशिक्षित नै रहेको अवस्था थियो । निकै सङ्घर्षपूर्ण रुपमा उनले आफ्नो अध्ययन अघी बढाए । भोकै विद्यालय जानुपरेको घले सम्झन्छन् । विद्यालयमा अध्ययन गर्ने क्रममा समेत घलेले पढ्नुहुँदैन, माछा मार्नुपर्छ भन्ने किसिमले सांकेतिक रुपमा दबाब सृजना गरिन्थ्यो । समाजको आफू प्रतिको दृष्टिकोणको कारणले समेत उनलाई शिक्षामा अघी आउनको निम्ति प्रेरणा प्राप्त भयो ।
परिवारको आर्थिक अवस्था कमजोर नै थियो । त्यसैकारण उनले सानै उमेरमा विद्यालय तथा प्रौढ शिक्षा समेत पढाए । जसरी भएपनि आर्थिक अवस्था राम्रो बनाउने सपना मनमा बोकेका थिए । तर घर र गाउँ भन्दा बाहिरको परिवेश भने केही थाहा थिएन ।
यस्तै अवस्थामा उनी कहाँ के छ भन्ने जानकारी नहुँदानहुँदै पनि घर छोडेर निस्किए । वेटर, हाउसकिपिङ लगायतका कामहरु उनले काठमाडौंमा आएर गर्न बाध्य भए । कलेज पढ्ने रहर त प्रवल थियो तर अध्ययनको निम्ति आर्थिक स्रोत नभएको कारण उनी व्यावसायिक क्षेत्रमा नै अघी बढे । पछि पर्यटन क्षेत्रमा जोडिए । साथै सानो होटलबाट ठूलो होटलमा काम गर्ने अवसर मिल्यो ।

तासिधाबु लगायतका होटलहरुमा काम गरेका सामान्य कामबाट शुरु गरेका उनी पछि मासिक एक डेढ लाख सम्म कमाउने अवस्थामा पुगे । यद्यपि उनमा आफूले नयाँ क्षेत्रमा संलग्न हुने सोच बनाए । आफैंले कुनै व्यवसाय शुरु गर्ने सोच बनाए । यसै क्रममा वैदेशिक रोजगारीमा जाने तर्फ उनको रुचि पलायो । एकजना चिनेको व्यक्तिबाट भारत हुँदै उनी सिंगापुर पुगे । अहिले भन्दा करिब २० बर्ष पहिले । केही समय घुमेर उनी नेपाल फर्किए । आइटीको काम गर्ने भनेर नेपालमा राम्रो काम छोडेर गएका उनलाई त्यहाँ भने जस्तो काम प्राप्त नभएको कारण केही दिनपछि नेपाल फर्किनुप¥यो । पहिले जुन व्यक्तिले आफूलाई सिङ्गापुर लगेका थिए, उनलाई सम्पर्कमा ल्याउन नै नसकेपछि नेपालमा नै अन्य कुनै व्यवसाय गर्ने सोच उनमा पलायो ।
उनले नेपालमा नै नयाँ योजनाको साथ योग, ध्यान, लगायतका विभिन्न सेवाहरु सहित काम ट्रेकिङ र टुर्स शुरु गरे । नेपालमा लामो समय उनको यो काम अघी बढ्यो ।
नेपालमा लमजुङमा ४० ओटा बाख्रा पालन गरे, केही बर्ष पहिले ३० हजार विरुवा रोप्ने काम गरे । यसरी नै विभिन्न गतिविधिहरु उनले अघी बढाइरहेका छन् । अहिले उनी हेल्थमा समेत विशेष सचेत रहँदै आएका छन् । यसैकारण उनी नियमित रुपमा क्लबमा जाने गरेका छन् ।

त्यस समयमा नै नेपालमा मनोरञ्जन क्षेत्रमा समेत रुचि राख्ने घले नेपालमा टेलिभिजनमा समेत सुटिङ तथा केही रकम लगानी गरेर काम शुरु गरे । त्यस समय करिब ङ तथा केही रकम लगानी गरेर काम शुरु गरे । त्यस समय करिब २-३ लाख रकम लगानी गरेका उनी त्यस क्षेत्रबाट बाहिरिए । पछि साइबर संसारमा मोडलिङ गरे । नेपालमा फिल्म सुटिङ क्षेत्रलाई समेत पर्यटनसँग जोड्ने योजनामा समेत उनी अघी बढे । पछि उनी ट्राभल, ट्रेकिङ हुँदै कल्चरल टुर्समा समेत आफ्नो ध्यान केन्द्रित गरे । अहिले भने उनी एड्भेन्चर सम्बन्धी काम गर्ने लिवर्टी एडभेन्चर नामक ट्राभल कम्पनी चलाउँदै आएका छन् ।

लामो समय देखि एउटा सेवामा केन्द्रित रहँदै आएको पर्यटन क्षेत्रमा आफू भने फरक किसिमले प्रस्तुत हुने योजना बमोजिम घले अहिले पनि अघी बढिरहेका छन् । बौद्धमा अधिकांश ट्राभल एजेन्सीहरुले पर्यटकहरुलाई साइट सिन गराउने भएपनि आफू भने उक्त क्षेत्रमा फोटो सुट गर्ने काम शुरु गरेका छन् । नयाँ तवरले काम शुरु गर्दा तुलनात्मक रुपमा राम्रो प्रभाव समेत जमाउन सकिने र यसबाट राम्रो मुनाफा समेत लिन सकिने योजना बमोजिम उनी यो क्षेत्रमा काम गरिरहेका छन् । सोही बमोजिम उनले आफू संलग्न क्षेत्रमा सफलता समेत प्राप्त गरेका छन् । पर्यटकहरुले नेपालमा आइसकेपछि देखेका दृश्यहरुलाई सधैंको निम्ति जीवन्त बनाउन सहयोग गर्ने मान्यता बमोजिम उनी अलि भिन्न तवरले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेका छन् ।

मनोरञ्जन क्षेत्रमा समेत रुचि राख्ने घले नेपालमा टेलिभिजनमा समेत सुटिङ तथा केही रकम लगानी गरेर काम शुरु गरे । त्यस समय करिब ङ तथा केही रकम लगानी गरेर काम शुरु गरे । त्यस समय करिब २-३ लाख रकम लगानी गरेका उनी त्यस क्षेत्रबाट बाहिरिए । पछि साइबर संसारमा मोडलिङ गरे । नेपालमा फिल्म सुटिङ क्षेत्रलाई समेत पर्यटनसँग जोड्ने योजनामा समेत उनी अघी बढे । पछि उनी ट्राभल, ट्रेकिङ हुँदै कल्चरल टुर्समा समेत आफ्नो ध्यान केन्द्रित गरे । अहिले भने उनी एड्भेन्चर सम्बन्धी काम गर्ने लिवर्टी एडभेन्चर नामक ट्राभल कम्पनी चलाउँदै आएका छन् ।

नेपालमा अहिले लिवर्टी पछिल्लो समय निकै राम्रो तवरले अघी आउन सफल हुनुमा यसको फरक क्षेत्र केन्द्रित सेवा नै महत्वपूर्ण हो । यसाे हुनुमा विगतमा बसपार्क र एयरपोर्टबाट पर्यटकहरु सम्पर्कमा ल्याई आफ्नो कम्पनीबाट घुमाउने प्रचलन रहेकोमा यस प्रचलनमा अहिले परिवर्तन अाउनु महत्वपूर्ण रहेकाे व्यवसायी घले बताउँछन् । साथै घले विश्वका सबैजसो पर्यटकीय गञ्तव्य क्षेत्रमा पुगिसकेका घले नेपालमा भएका नयाँ योजनाहरुलाई अघी ल्याउने कार्यमा निरन्तर रुपमा सक्रिय रहँदै आएका छन् ।
नाट्टाका चार्टड प्रेसिडेन्ट समेत रहेका उनी आस्था ग्लोबल कन्फेरेन्स आयोजना हुन लागेको अवसरमा उक्त कार्यक्रममा सहभागि हुन जाने योजनामा छन् । विश्वका पर्यटन सँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहने उक्त कार्यक्रममा नेपाल पर्यटनको निम्ति भर्जिन प्लेस हो भन्ने सन्देश आफूले त्यहाँबाट प्रवाह गर्ने उनले बताए ।

अहिले नेपालमा सफ्टवेयर निर्माण, वेभसाइट तथा मिडिया लगायतका कामहरु समेत सञ्चालन गरिरहेका घले आगामी दिनमा नयाँ क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजनामा छन् ।
समय अनुरुप परिवर्तन हुन सकेको खण्डमा मात्र आफू मात्र नभई समाजमा आफ्नो योगदान महत्वपूर्ण हुन सक्छ भन्ने कुरा बुझेका घले समय सन्दर्भ अनुसार अघी बढिरहेका छन् । समय आफैंमा परिवर्तनशिल छ । जीवनमा विभिन्न समस्याहरु र अवरोधहरु आउने भएपनि आफू ती सबै कुरामा अद्यावधिक रहँदै आफ्ना गतिविधिहरु अघी बढाइरहेका छन् ।
पछिल्लो समय विभिन्न सामाजिक तथा व्यावसायिक गतिविधिहरुमा व्यस्त घले आफू व्यस्त हुनुमा नै रमाइलोको महसुस गर्ने गर्छन् । नेपालमा आफू समयक्रम अनुसार आगामी दिनमा पनि परिवर्तन हुन तयार छन् ।

हाल परिवारका २ छोराहरुलाई नेपालमा नै रहेर काम गर्ने वातावरण आफूले निर्माण गर्ने सोचेका छन् । आफूले केही सानो कामको पहल गर्दा आगामी पुस्तालाई समेत ठूलो सहयोग पुग्न सकोस् र समाजलाई सही दिशामा अघी बढाउन सकियोस् भन्नेमा उनी पनि सचेत छन् । नेपालमा असल र सचेत नागरिक निर्माणको निम्ति विशेष पहल गर्दै त्यस बमोजिम आफू पनि अघी बढ्न तयार रहेको उनी बताउँछन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: