मधुमेह (चिनी रोग)मा योग चिकित्सा


१. विषय प्रवेश :

प्याङ्क्रियाज शरीरको महत्वपूर्ण ग्रन्थी हो । यो abdominal cavity मा duodenum र spleen बीच रहेको हुन्छ । यो करीब १२ देखि १५ से.मी. लामो र तौल ६० ग्राम जति हुन्छ । Pancreas को सतहमा रहेका slets of Langerhans मार्फत Insulin र Glucagon नामक हर्मोन पैदा हुन्छन् । जसले रगतमा Glucose को मात्रा घटाउने बढाउने एवं संतुलनमा राख्ने गर्दछन । कुनै कारणवश रगतमा Glucose को मात्रा कमि भई रगतमा Insulin को मात्रा सामान्य बढि हुन गएमा यो अवस्थालाई मधुमेह भनिन्छ ।

मनोज कुमार थापा (हेल्थ केयर कन्सल्टेन्ट)

विश्वमा मधुमेह रोगीको संख्या लगातार बृद्धि भईरहेको छ । तर सबै देशमा बृद्धि दर अलग–अलग किसिमले बढि नै रहेको छ । यसरी बृद्धि हु“दै जाने प्रमुख १० देशहरूमा युक्रेन, मिश्र, मेक्सिको, ब्राजिल, पाकिस्ता, जापान, रुस, अमेरिका, चीन, भारत पर्दछन् । सन् १९९५ मा भारतमा हरेक ७ व्यक्तिमा १ जनालाई मधुमेह देखिएको थियो भने २०२५ सम्ममा हरेक ५ व्यक्तिमा १ जनालाई मधुमेह रोग लाग्ने रिसर्च गरिएको छ । यस प्रकार नेपाल पनि यो समस्याबाट अछुतो रहन सक्दैन । नेपालमा पनि मधुमेहका रोगी निरन्तर बढी नै रहेको छ । नेपालमा यो रोगको रोकथाम, नियन्त्रण गर्न बेलैमा सचेत हुन जरुरी छ ।

नेपालमा हाल सम्ममा ८ लाख ५० हजार भन्दा बढी मानिस डायविटिजले पिडित भएको अनुमान छ । नेपालको कुल वार्षिक मुल्यदर मध्ये करीव २ प्रतिशत जति चिनी रोगको कारण ज्यान जाने गरेको पाइएको छ । चिनी रोगका विरामी साउथ एसियन मुलुकहरुमा सबैभन्दा धेरै पाइन्छ । प्रमुख नसर्ने रोगहरुमा मधुमेह एक प्रमुख रोग हो । यो रोगहरुको बारेमा जनचेतना जगाउनको लागि विश्वभरमा नै १४ नोभेम्बरलाई मधुमेह दिवसको रुपमा मनाउन थालिएको छ ।

२. मधुमेह (चिनीरोग) ः

मधुमेह भन्नाले सामान्यतः रगतमा चिनी (ग्लुकोज) को मात्रा सामान्य भन्दा धेरै हुनु हो । प्यान्क्रियाजबाट निस्कने इन्सुलिन हर्माेनको उत्पादनमा कमी भएर रगतमा ग्लूकोजको मात्रा बढ्नुलाई मधुमेह वा चिनीरोग भनिन्छ ।

३. मधुमेहको प्रकार ः

१) पहिलो प्रकारको मधुमेह (Type 1) – यस प्रकारको मधुमेहलाई इन्सुलिनमा निर्भर मधुमेह भनिन्छ । किनकी, यसमा प्याङ्क्रियाज बाट इन्सुलिन बन्न सक्दैन र बिरामीलाई बचाउनको लागी बाहिरबाट दिनु पर्दछ । पहिलो प्रकारको मधुमेह जुनसुकै उमेरमा पनि देखा पर्न सक्ने भएतापनि यो विशेष गरी जन्म जातको रुपमा नै देखा पर्ने गर्दछ ।

२) दोस्रो प्रकारको मधुमेह (Type 2) – यस प्रकारको मधुमेहलाई इन्सुलिनमा निर्भर रहनु नपर्ने मधुमेह भनिन्छ । लगभग ८० % प्रतिशत दोस्रो प्रकारको मधुमेह रोगी ४० वर्षको उमेर पश्चात देखा पर्दछन् भने हाल आएर बच्चा र जवानमा पनि देखा पर्न थालेको पाइन्छ । शारिरीक परिश्रम कम गर्ने, व्यायाम नगर्ने, मोटोपन भएका मानिसमा यो प्रकारमो मधुमेह हुने गर्दछ ।

४. मधुमेहका लक्षणहरु ः

विशेषगरी धेरै पटक पिसाब लाग्नु, पानीको प्यास बढी लाग्नु, धेरै वा छिटो छिटो भोक लाग्नु, कम समयमा शरीरको तौल घट्दै जानु, जिउ चिलाउनु, घाउ भएमा ढिला गरी निको हुनु, हात–खुट्टा पोल्नु र झम्झमाउनु, कमजोरी र थकाईको महसुस हुनु, छाला सुक्खा र खस्रो हुनु, टाउको दुख्ने, चक्कर लाग्ने हुनु, यौन क्षमतामा कमी आउनु, कव्जियत हुनु, दृष्टि धमिलो हुनु, स्मरण शक्तिमा कमि आउनु आदि लक्षणहरू देखा पर्न सक्छन् ।

१) पहिलो प्रकारको मधुमेहको कारण ः
बंशाणुगत, अटो इम्युन रोग, वातावरणको नकारात्मक असर, बच्चामा गलत खानपान, असन्तुलित खानपान आदि कारण पर्दछन् ।

२) दोस्रो प्रकारको मधुमेहको कारण ः
* उमेर ः यो प्रकारको मधुमेह ४० वर्ष पछि हुने अधिकतम सम्भावना हुन्छ ।
* मोटोपन ः अधिक मोटोपना भएका व्यक्तिमा अथवा आवश्यक भन्दा बढी तौल भएको व्यक्तिमा दोस्रो प्रकारको मधुमेह हुन सक्छ ।
* आमा बुवामा मधुमेहको इतिहास ः आमा वा बुवा दुवैमा एक जनालाई चिनी रोग छ भने बच्चामा ३० प्रतिशत हुने संभावना बढी हुन्छ ।
* शारीरीक कम परिश्रम गर्ने ः व्यायाम नगर्ने, शारीरीक परिश्रम कम गर्ने व्यक्तिमा दोस्रो प्रकारको मधुमेह हुने संभावना बढी हुन्छ ।
* गर्भावस्थामा मधुमेह हुनु, उच्च रक्तचाप हुनु
* चिन्ता, पीर गरिरहनु, तनावमा जीवन जिउनु
* रगतमा असामान्य चिल्लोको मात्रा हुनु, आदि ।

नेपालमा हाल सम्ममा ८ लाख ५० हजार भन्दा बढी मानिस डायविटिजले पिडित भएको अनुमान छ । नेपालको कुल वार्षिक मुल्यदर मध्ये करीव २ प्रतिशत जति चिनी रोगको कारण ज्यान जाने गरेको पाइएको छ । चिनी रोगका विरामी साउथ एसियन मुलुकहरुमा सबैभन्दा धेरै पाइन्छ । प्रमुख नसर्ने रोगहरुमा मधुमेह एक प्रमुख रोग हो । यो रोगहरुको बारेमा जनचेतना जगाउनको लागि विश्वभरमा नै १४ नोभेम्बरलाई मधुमेह दिवसको रुपमा मनाउन थालिएको छ ।

५. मधुमेहको निधान ः

मधुमेह (चिनी रोग) को निधान दुई प्रकारले गर्न सकिन्छ ।
१) पिसाबको परीक्षण ः
बिरामी होस् वा निरोग व्यक्तिको पिसाबको परिक्षण गर्दा मधुमेह रोग लागेको रहेछ भने पिसाबमा ग्लूकोज, चिनीको मात्रा देखा पर्दछ र मधुमेह रोग लागेको रहेछ भनेर थाहा पाउन सजिलो हुन्छ । रगतमा 180 mg/dlभन्दा माथि सुगरको मात्रा भएको खण्डमा पिसाबमा ग्लूकोजको मात्रा थाहा लाग्दछ ।
२) रगतको परीक्षण ः
रातभरी भोकै बसेर भोली पल्ट बिहान खाली पेटमा रगतको परिक्षण गरेर मधुमेह रोग पत्ता लगाउन सकिन्छ । जस्तै खाना खाएको २ घण्टापछि रगतमा ग्लुकोजको मात्रा 80-140mg/dl नर्मल भन्दा बढी भएमा मधुमेह रोग लागेको भनी किटान गर्न सकिन्छ ।

६. मधुमेहको खराब असरहरू ः

अनियन्त्रित ग्लूकोजको कारणले रोगीको शरीरमा विभिन्न खराब असरहरु पार्न सक्छन् जुन निम्नानुसार छन् । अन्धो हुने संभावना ३० गुणा बढी, मिर्गाैला बिग्रने संभावना ५ गुणा बढी, हृदयघातको संभावना ३–५ गुणा बढी, पक्षघातको संभावना ७ गुणा बढी, खुट्टामा देखा पर्ने संभावना २५ गुणा बढी, छालामा घाउ खटिराको संभावना २५ गुणा, मानसिक समस्याको संभावना ४ गुणा बढी, नपुसंकताको संभावना ३ गुणा बढी, स्मरण शक्तिमा ह्रासको संभावना १० गुणा बढी, आदि ।

७. मधुमेहको आपतकालीन समस्या ः

१) हाइपोग्लाईसेमिया ः
रगतमा चिनीको मात्रा कम हुने अवस्थालाई हाइपोग्लाईसेमिया भनिन्छ । थोरै–थोरै खानेकुरा खाएर यात्रा गर्नेहरुमा, गर्मी ठाउँमा बस्ने मानिसहरुमा शारिरीक परिश्रम धेरै गर्ने मानिसहरुमा, कुपोषित अवस्थामा, समय अनुसार भोजन नगर्ने महिला तथा पुरुषहरुमा, तनाव जीवन जिउने, मानिसहरुमा चिनीको मात्रा कम भएर रोगीको मृत्यु समेत हुन पनिसक्छ ।
२) हाइपरग्लाईसेमिया ः

रगतमा चिनीको मात्रा अत्याधिक वढी हुने अवस्थालाई हाइपरग्लाईसेमिया भनिन्छ । तनाव भएको अवस्थामा, उपचार राम्ररी नगराएको अवस्थामा, जथाभावी भोजन गरेको अवस्थामा शारिरीक परिश्रम नगरेको अवस्थामा, औषधी नियमित सेवन नगरेको अवस्थामा, कार्वाेहाइड्रेट बढी सेवन गरेको अवस्थामा यो समस्या आउने गर्दछ । तल्काल उपचार नगराएको खण्डमा मृत्यु हुने संभावना बढी हुन्छ ।

८. मधुमेहबाट बच्ने उपाय ः

उचाइ अनुसार तौल कायम राख्नुपर्छ, चिकित्सको सल्लाह अनुसार नियमित जाँच गराउने, नियमित औषधी खाने, कम्तीमा २ वर्षसम्म बच्चालाई स्तनपान गराउनुपर्छ, रक्तचाप १२०-८० एम एम एच जी सम्म नियन्त्रणमा राख्नुपर्छ, कोलेष्टेरोललाई नियन्त्रित अवस्थामा राख्नुपर्छ, रगतमा ग्लूकोजको मात्रा ठीक राख्नुपर्छ, शारिरीक रुपमा सक्रिय जीवन जीउने गर्नुपर्छ, हरेक दिन पसिना आउने व्यायाम गर्नुपर्छ, योग, प्राणायम दैनिक ३० मिनेट जति गर्नुपर्छ, मर्निङ्ग वाक वा इभनिङ्ग वाक गर्नु राम्रो हुन्छ, लागू पदार्थ, सूर्ती जन्य पदार्थ, को सेवन नगर्ने, हरियो सागपात, फलफूल, सलाद र रेशादार खानेकुरा उचित मात्रामा खानु पर्छ, तनावलाई कम गर्न मेडिटेशन गर्ने गर्नु पर्छ, हरेक दिन मन खोलेर हास्ने बानी गर्नुपर्छ ।

९. मधुमेहमा योग चिकित्सा ः

योगद्वारा गरिने चिकित्सालाई योग चिकित्सा भनिन्छ । योग चिकित्सा अन्तर्गत विभिन्न कुराहरु समावेश गरिएको हुन्छ । मधुमेह रोगमा योगमा भएका केहि फाइदा जनक विधिहरुको चर्चा गर्ने प्रयास गरी हेरौं ः
यमः

योगको स्टेप यम अन्तर्गत अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य र अपरिग्रह यी ५ कुराहरु पर्दछन् । यी ५ कुराहरुलाई राम्ररी पालना गरिएन भने शरीर, मनलाई असर पर्न गई मधुमेहमा जटिलता उत्पन्न गर्न सक्छ अत्ः मधुमेहका रोगीले यसको अभ्यास गर्ने हो भने धेरै नै लाभ प्राप्त गर्न सक्दछन् ।

नियमः

योगको नियम अन्तर्गत शौच, सन्तोष तप, स्वाध्याय र ईश्वर प्राणिधान आदि ५ कुराहरु पर्दछन् । यी नियम लाई मान्ने हो भने सबैका लागि फाइदा नै हुन्छ । उक्त नियमले मधुमेहका रोगीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाभ मिल्दछ ।
आसन ः

अष्टाङ्ग योगको एक प्रमुख अंग आसन हो । मधुमेह (चिनीरोग) मा ग्लूकोजलाई रोकथाम एंव नियंत्रण गर्न निम्न आसनहरु प्रभावकारी देखिन्छन् ।
भुजङ्गासन, सूर्य नमस्कार, शवासन, अंग व्यायाम, पवन मुक्तासन, उष्ट्रासन, मञ्डुकासन, त्रिकोणासन, पाद हस्तासन आदि ।

प्राणायाम ः

सूर्यभेदी, चन्द्रभेदी प्रणायाम, भ्रामरी प्रणायाम, भस्त्रिका प्रणायाम, अनुलोम विलोम, कपाल भाँती आदि ।

१०. ध्यान र आराम ः

यम, नियम र आसन–प्रणायम संगै ध्यान र आरामको अभ्यास गर्नाले मानसिक तनावलाई कम गर्न सकिन्छ । मानसिक तनाव शान्त हुदै जान थालेपछि मधुमेह रोगमा निकै फाइदाजनक प्रभाव पर्दछ ।

११. योग चिकित्सा अन्तरगत षटकर्म ः

योग चिकित्सा अन्र्तगत षटकर्मको पनि अभ्यास गर्न सकिन्छ । जस्तै ः धौती, बस्ती, नेती, नौली त्राटक, कपाल भाती । यी ६ वटा शरीर शोधनका प्रक्रियाहरु हुन । जुन शरीर सफाईका लागि उपयोगी मानिन्छन् । यस्ता क्रियाहरुको अभ्यास योग गुरु, प्रशिक्षक चिकित्सक आदिको रेखदेखमा मात्र गर्नुपर्छ ।

१२. निष्कर्ष ः

मधुमेह रोगथामको लागि रोग नलाग्दैमा किशोरावस्थादेखिनै योग गर्दै जानुपर्छ । योगद्वारा ग्लुकोज एवं इन्सुलिन दुवैलाई नियन्त्रित राख्दछ । मानसिक तनावले डायबिटिजलाई बढाउन अहम भूमिका खेलेको हुन्छ । यौगिक क्रियाहरूद्वारा मानसिक तनावलाई नियन्त्रण गर्न सक्ने वास्तविक सत्यतालाई मध्यनजर गर्दै योग मधुमेहको उपचारमा उपयोगी सिद्ध देखिएको छ । डा. स्वामी शंकर देवानन्दको अनुसन्धान अनुसार (Yogic Management of Diabetics) दीर्घकालिन योगको प्रयोगबाट मधुमेहमा सकारात्मक प्रभाव पार्ने कुरा शोधमा देखिएको छ । योग थेरापीको उचित प्रयोगबाट रोगीले स्वस्थ जीवन पाउने खुशी जीवन पाउने, सुगरमा नियन्त्रण पाउने, पूरा जीवन जीउन पाउने कुरा देखाइएको छ । डा. वेनुगोपाल बिजय कुमार भन्नु हुन्छः हालैको रिसर्चमा – केवल १० दिनको नियमित योग अभ्यासले ग्लूकोजको मात्रालाई घटाउन सकिने तथ्य उल्लेख गर्नु भएको छ ।
रोगको प्रमख कारण अप्राकृतिक जीवन, भोजनमा परिवर्तन एवं नियमित योगका उचित अभ्यासद्वारा रोगलाई रोकथाम गर्न सकिन्छ, रोग लाग्नबाट बच्न सकिन्छ ।

सन्दर्भग्रन्थी सूची ः
१) हेल्थ म्यागजिन वि.स. २०७०
२) हेल्थ एण्ड व्यूटी साधन वि.स. २०७१
३) योगा, पब्लिकेशन ट्रष्ट आसन, प्राणयाम मुद्रा बंध –बिहार
४) राष्ट्रिय मासिक स्वास्थ नेचर क्योर योग विद्यालय २००० ई
५) आरोग्य अंक –गीता प्रेस, गोरखपुर २७३००५, २००७ इ
६) प्राकृतिक आर्युविज्ञान –आरोग्य सेवा प्रकाशन
७) ए गाइड टु डायाविटिज ए.डी २००७ काथरिन राइट

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: