भक्तपुरकाे सिटीगाउँ रिसोर्ट, जागरूक युवाबाट नयाँ साेचले अघी बढ्दै


रोसन ग्वाछा, सिटीगाउँ रिसोर्ट एण्ड रेष्टुरेन्ट

हाल २५ ओटा डिलक्स रुमहरु सहित भक्तपुरको नाङ्खेलमा सञ्चालनमा रहेको यस सिटीगाउँ रिसोर्ट एण्ड रेष्टुरेन्ट पछिल्लो समय चर्चा कमाउन लागेको छ । सुविधा सम्पन्न हल तथा स्तरीय कोठा र खुल्ला क्षेत्रमा रमाउनको निम्ति प्रयाप्त ठाऊँ उपलब्ध रहेको यस रिसोर्टमा मानिसहरुले बेग्लै आनन्दको महसुस गर्न सक्छन् । शुरुका दिनमा रेष्टुरेन्टको रुपमा शुरु भएको सिटीगाउँ अहिले पारिवारिक वातावरण उपलब्ध गराउन सफल रिसोर्टको रुपमा समेत सेवा दिइरहेको छ । साथै यस रिसोर्टले विभिन्न अर्गानिक परिकार समेत उपलब्ध गराउँदै आएको छ ।

विगतमा सुर्यविनायक र जगातीमा गलैंचा व्यवसायमा समेत आफूहरु संलग्न रहेकोमा त्यसबाट वि.सं २०६० मा बाहिरिएपछि नयाँ व्यवसायको रुपमा रेष्टुरेन्टको क्षेत्रमा लगानी गरेको रिसोर्टका सञ्चालक रोसनले बताए ।


भक्तपुरका स्थानीय बासिन्दा समेत रहेका रोसन स्थानीय क्षेत्रमा नै काम गरेर नाम र दाम कमाउन सकिने ध्येयले पछिल्लो समय पर्यटन तथा होटलको क्षेत्रमा संलग्न छन् । व्यवसाय विविधिकरणको योजनामा रहेका रोसन अब छिट्टै नगरकोट क्षेत्रमा समेत होटल सञ्चालन गर्न लागेको बताउँछन् भने आगामी दिनमा उपत्यका बाहिर समेत आफ्नो सेवा विस्तार गर्ने योजनामा छन् उनी ।
जगातीमा सःमिल अर्थात काष्ठ फर्निचर क्षेत्रमा समेत संलग्न रहेका रोसन आफ्नो पारिवारिक व्यवसायलाई गति दिने क्रममा अहिलेको अवस्थामा एक सफल युवाको रुपमा आफूलाई उभ्याएका छन् । हाल होटल तथा काठ व्यवसाय सञ्चालन गर्नुको अलावा अन्य क्षेत्रमा समेत काम गर्ने सोचमा रहेका रोसन परिवारको सहयोगकै कारण आफू अहिलेको अवस्थामा आउन सफल भएकोमा सहयोग गर्ने सबै प्रति हार्दिकता व्यक्त गर्छन् ।

व्यवसायका चुनौती :
आफूले व्यवसाय सञ्चालन गर्ने क्रममा एउटा कम्पनीलाई कसरी सञ्चालन गर्ने, व्यवसायमा कस्तो रणनीति अपनाउने, को सँग कस्तो व्यवहार गर्ने र व्यवसायलाई कसरी माथि उठाउने लगायतका विविध विषयहरुमा आफूले निकै गहनताको साथ सिक्न पाएको र सँगसँगै आफ्नो व्यवसाय समेत माथि उठिरहेको रोसनको दाबी छ । व्यवसाय शुरुवातका दिनहरुमा व्यवसायमा आफू नयाँ भएको कारण निकै धेरै समस्याहरु तथा अप्ठ्यारा क्षणहरुसँग जुध्नु परेको पनि उनले स्मरण गरे । अहिले सम्म आइपुग्दा भने यस्ता समस्याहरुलाई पार लगाउँदै आफ्नो योजनामा निरन्तर अघी बढिरहेका छन् रोसन र उनको परिवार ।

नेपालमा सम्भावना छैनन् भनेर ठूलो परिमाणमा युवाहरु विदेश पलालय भइरहेको अवस्थामा नेपालमा पनि अवसरहरु छन् र नेपालीहरु जस्तोसुकै काम गर्न सक्षम छन् भन्नेमा उदाहरण बनेका रोसन राज्यलाई समेत राजस्व तथा रोजगारी मार्फत विशेष योगदान दिएका व्यक्तिहरुलाई राज्यबाट पनि प्रोत्साहन गर्ने किसिमका कार्यक्रम सञ्चालन गर्नसके नेपाली युवाहरुले नेपालमा नै फरक शैलीबाट यहीँ नै कामका अवसरहरु खोज्न सकिन्छ ।

आफूमा दिगो आत्मविश्वास र सुन्दर भविष्यको कल्पना सहित व्यवसाय अघी बढाइरहँदा आफ्नो व्यवसायमा आउने उतारचढावबाट नआत्तिकन अघी बढेकै परिणाम व्यवसायको अहिलेको अवस्था रहेको सम्झम्छन् रोसन । सकारात्मक सोच र आत्मविश्वासको साथ अघी बढाएको कामबाट ढिलोछिटो सफलता हात पार्न सकिँदोरहेछ भन्ने कुरा उनले अनुभव उनले गरिसकेका छन् ।

राज्यको दायित्व :
नेपालमा सम्भावना छैनन् भनेर ठूलो परिमाणमा युवाहरु विदेश पलालय भइरहेको अवस्थामा नेपालमा पनि अवसरहरु छन् र नेपालीहरु जस्तोसुकै काम गर्न सक्षम छन् भन्नेमा उदाहरण बनेका रोसन राज्यलाई समेत राजस्व तथा रोजगारी मार्फत विशेष योगदान दिएका व्यक्तिहरुलाई राज्यबाट पनि प्रोत्साहन गर्ने किसिमका कार्यक्रम सञ्चालन गर्नसके नेपाली युवाहरुले नेपालमा नै फरक शैलीबाट यहीँ नै कामका अवसरहरु खोज्ने समेत बताउँछन् । उनी भन्छन्, ‘नेपालमा निकै जोखिम लिएर व्यवसामा संलग्न रहेका व्यवसायीहरुलाई व्यवसायको निम्ति थप सहज वातावरण बनाउने कार्यमा राज्य पक्षले सहयोगीको भूमीका निर्वाह गर्नुपर्छ ।’

मुलुकको विकासको निम्ति अहिले निजी क्षेत्रले दिएको योगदानको कदर हुन र नेपालमा रहेर उद्यम गरिरहेका व्यक्तिहरुलाई शान्ति र सुरक्षाको प्रत्याभुति हुन सकेको खण्डमा नेपालमा नै विभिन्न क्षेत्रहरुमा संलग्न रही काम गर्नको निम्ति निकै धेरै सङ्ख्यामा युवाहरु लालायित छन् । उनीहरुलाई सम्मानपूर्वक व्यवसाय गर्ने वातावरण निर्माण गर्न सकेको खण्डमा नेपालले छोटो समयमा नै राम्रो तवरले विकासको गति लिन सक्छ । यसैकारण राज्य पक्षले युवाहरुलाई आकर्षित गर्न सक्ने किसिमका नयाँ–नयाँ क्षेत्रहरुको खोजी गर्नुपर्छ ।
निजी क्षेत्रको अवस्था अहिले विगत भन्दा निकै बलियो समेत बन्दै गइरहेको छ । यसो हुनुको पछाडि व्यवसायीहरुको आफ्नो प्रयाश र राज्यको नीतिगत सहजता नै मुख्य कारण हुन् । राज्यको तर्फबाट पनि त्यसको निम्ति सहजिकरण गर्नसके नेपालमा नै उद्यमशिलता फस्टाउनको निम्ति अब धेरै समय लाग्नेछैन ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: