शनिवार १४ औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल


काठमाडौं । १४ औ दरबारमार्ग स्ट्रिट फेस्टिभलको शनिवार आयोजना हुदैछ । टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्य सुरु भएको तीन वर्ष पूगेको छ । काठमाडौंको मूटु दरबारमार्ग आयोजना हुने यस कार्यक्रममा इन्डियन र्यापस किङ्ग बादशाहले लाईभ पफर्मेन्स गर्दैछ ।

उक्त कार्यक्रममा नेपालका चर्चीत कलाकारहरु इन्दिरा जोशी, एडरे, एज व्याण्ड, बुगी उगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारहरुको प्रस्तुती रहनेछ । सो फेस्टीलमा खानाका स्टलहरुको साथै किड्स जोन पनि रहनेछ । उक्त दिनमा दर्वारमार्गका आउटलेटहरुमा डिस्काउन्टमा सपिङ्ग समेत गर्न सकिनेछ । यो कार्यक्रम आश्विन ६ गते दरवारमार्गमा १२ बजेबाट सुरु हुनेछ ।

उक्त कार्यक्रममा टीभीएस एनटर्कका पहिलो ५० जना ग्राहकहरुले बादशाहसँग भेट्ने अवसर प्राप्त गर्नेछन् । साथै कार्यक्रमको आकर्षणको रुपमा मिरर डान्स, रक क्लाइम्वीङ्ग रहने छ र एक जना भाग्यसाली दर्शकलाई बम्पर प्राइज स्वरुप टीभीएसको एनटर्क स्कुटर प्रदान गर्नेछ ।

सो कार्यक्रमको भीआईपी पास तथा बादशाहसँग भेट्नको लागि टीभीएसको एन्टर्क बुकिङ्ग सिटै गर्नूहोला । फेस्टीबलमा आएर सुन्दर सँगीतमा रामाउदै, उत्कुष्ट खानाको स्वाद लिनको लागि टीभीएसले आहवान गरेको छ । सो कार्यक्रमको इन्ट्री फि निशुल्क गरिएको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: