इवामुरा अस्पतालमा स्त्रीराेग सम्बन्धी वृहद् स्वास्थ्य शिविर


डा. इवामुरा मेमाेरियल अस्पतालमा स्त्रीराेग सम्बन्धी वृहद् शिविर सञ्चालन गरिरहेकाे छ । शिविर भदाै २४ देखि शुरू भएकाे हाे । साथै उक्त शिविर असाेज महिनाभरी सञ्चालन हुने समेत अस्पतालले जनाएकाे छ ।

भक्तपुरकाे सल्लाघारीमा सञ्चालनमा रहेकाे यस अस्पतालले सञ्चालन गरेकाे शिविरमा विशेषज्ञ डाक्टरहरूबाट सेवा उपलब्ध गराइएकाे छ । महिला राेग सम्बन्धी एमडी डाक्टर शाेभा मारिखु श्रेष्ठ र डा. अाभा हाडाले सेवा उपलब्ध गराउनुहुनेछ ।

विहान ११ बजे देखि वेलुकी ५ बजे सम्म सञ्चालन हुँदै अाएकाे उक्त शिविरमा ल्याप्राेस्काेपी प्रविधिबाट अाेभेरियन सिष्ट, अामाकाे काखमा बच्चा बस्न तयार नहुने समस्याकाे परीक्षण, तल्लाे पेट दुख्ने समस्या, भिडियाे एक्सरेबाट समाधान गर्न नसकिने समस्याकाे शल्यक्रिया, महिनावारी गडबढी लगायतका विविध समस्या तथा निःशुल्क परामर्श सेवा उपलब्ध गराइएकाे छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: