उपराष्ट्रपति आज चीन जाँदै


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने औपचारिक भ्रमण सिलसिलामा आज (बुधबार) चीन जाँदै छन् ।

सिचुवानको राजधानी छेन्दुमा ४ असोजमा सुरु हुने ‘१७औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर उनी चीन जान लागेका हुन् ।

उनले उक्त मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् । त्यहाँ रहँदा उनीसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सिचुवान प्रान्त सेक्रेटरी, सरकारी प्रतिनिधिहरुले शिष्टाचार भेट गर्ने तय भएको छ ।

उनी २४ असोजमा फर्कनेछन् । यसैबीच, उपराष्ट्रपतिले आफ्नो चीन भ्रमणबारे मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार अपराह्न भेटेर जानकारी गराएका छन् । भेटमा राष्ट्रपतिले उपराष्ट्रपतिको भ्रमणले दुई देशबीचका सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरिन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: