मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो



काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ ।

मलेसियास्थित नेपाली दूतावासले विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको जनाएको छ ।

मृत्यु हुनेमा सञ्जय उराव, विशाल बुढाथोकी र मिमबहादुर घले रहेका छन् ।

बाँकी तीन जनाको नाम खुल्न बाँकी रहेको दूतावासले जनाएका छन् । विषाक्त मदिरा पिउँदा अरु १७ जना नेपाली बिरामी भएका छन् ।

उनीहरुको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले विषाक्त मदिरा सेवनबाट मलेसियामा बिरामी पर्नेको संख्या ५१ पुगेको जनाएको छ ।

बिरामीमध्ये तीन जना मलेसियाली नागरिक छन् भने बाँकी नेपाल, म्यानमार, बंगलादेश र भारतका नागरिक छन् ।

मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहले अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको र १४ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: