सुडानमा नेपाली सेनालाई गोली लाग्यो


काठमाडौं । दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिक जवान गोली लागेर घाइते भएका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत सैनिक जवान गोली लागेर घाइते भएका हुन् ।

नेपाली सेनाले उनको परिचय खुलाएको छैन । उनलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानान्तरण गरी उपचार गरिरहेको र अवस्था खतरामुक्त रहेको नेपाली सेनाले जनाएको छ ।

दक्षिणी सुडानको यई भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशका लागि पानी लिएर फर्किँदै गर्दा ती जवानलाई गत भदौ ३० गते करिब साढे आठ बजे खुट्टाको गोलीगाँठो नजिक गोली लागेको थियो ।

दक्षिण सुडानको पिपुल्स लिवरेसन आर्मी (एसपीएलए)ले गोली प्रहार गरेको बुझिन आएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: