प्रेमफूल


प्रिय गुराँस,
पृथ्वीको अस्थाई डेराबाट धेरै सम्झिएछु सायद ,
मेरा सम्झनाका पिण्डहरू गह्रौ लागेको होला तिमीलाई । यो बँसाईमा,
तिम्रो यादहरुका बाँछिटाले लिछिप्प भिजेर
सादा पानाहरूको सहाराले खतको खेस्रा बनाउदै
वर्तमानको चित्र कोरिरहेको छु ।
शरदको रँजाई चलेको प्रहर छ,
शिरेटोले सुम्सुम्याएर स्पर्श गर्ने आँट गर्ला ?
हाम्रो प्रितीलाई जतनले राख्नु
मायाको डोरीले टमक्क कसेर
मनको कुनामा सन्दुकको चुकुल लगाएर
आँखाको गल्ती अल्ली कम गरी..!
जीवनको लेकैलेक हिडेर आजित भईसके म ..”
अतितका फेसोहरूले रगताम्य पारेको छातीमा
दिदीले झारणको कपडामा तिम्रै चित्र रंगाएर बुनेको झोलाको
डाम नियाल्दै छु यी जीन्दगीका उकालाहरूमा ..
कुनै सरीसृपले घस्रेर बनाएको बाटो जस्तै !
मानौ , यो मेरो छाती होईन्
कुनै घनघोर जंगलको रूखका पातहरू कुहिएर बनेकोे चित्र हो ,,,,,
पर्खाईका डिलहरू ती नजिकैका पारीजातहरू सँग खासखुस गर्दैछन्
पनाह खोलाका तीरै तीर बगिरहेको यो मन !
“मर्नको डर भएर पनि बाँच्न नछोड्ने हामी ”
पहाडमा धीत नमरूञ्जेल खेल्ने “तिमी”
यो इन्द्रेणी दुँनिया मिचेर
ओसिलो हुँत्याई जीवनको तुवालो काट्न सके भने
हेर्नु जगत’मा हाम्रो प्रेमको चर्चा कति हुनेछ ? हाम्रो प्रेम कति बाँच्नेछ !
Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...