निर्मला हत्या प्रकरणः डीआर्इजी धिरु बस्नेतको नेतृत्वमा छानबिन समिति गठन



कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालयले उच्च तहको छानबिन समिति गठन गरेको छ । प्रहरी नायव महानिरीक्षक धिरु बस्नेतको नेतृत्वमा नौँ सदस्यीय समिति गठन भएको हो ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले छानबिन समितिमा डिआइजी बस्नेतसहित एसएसपी निरजबहादुर शाही, उत्तम सुवेदी र अन्य प्रहरी अधिकारीहरु रहेको बताए ।

प्रवक्ता थापाले भने, ‘डिआइजीको नेतृत्वमा बनेको समितिले अनुसन्धानमा खटिएको प्रहरी अधिकृत तथा जवानहरुले गरेको कमी कमजोरी लगायतका विषयमा अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने छ ।’

बस्नेत नेतृत्वको कमिटीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यस समयमा खटिएर कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको छानविन गर्ने बताइएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: