मुलुकको विकास र उन्नतीका लागि सरकार जस्तोसुकै कदम चाल्न तयार छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र उन्नतीका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं बार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले विकासका चुनौती धेरै रहे पनि जनचाहना बमोजिम काम गर्ने सरकारको अठोट रहेको बताए ।

उनले सम्पूर्ण आग्रह र पूर्वाग्रहलाई त्यागेर लक्ष्य हासिल गर्ने काममा सहयोग पुर्‍याउन सवैसँग आग्रह गरे ।

प्रधानमन्त्री ओलीले छोटो समयमै शिक्षाको क्षेत्रले मुलुकले ठूलो फड्को मारेको भन्दै अव कुनै पनि बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित हुनु नपर्ने पनि बताए ।

उनले सुदूरपश्मिाञ्चल विश्वविद्यालयले सोचेजस्तो प्रगति गर्न नसकेकाले अव निकट भविष्यमै विश्वसनीय विश्वविद्यालयको रुपमा रुपान्तरण गर्नुपर्ने बताए ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आमनागरिकको चासो बमोजिम सम्पूर्ण विश्विश्वविद्यालयलाई विश्वसनीय र सर्वसुलभ बनाइने लक्ष्य सरकारले राखेको स्पष्ट पारे ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: