नेपालमा पुस्तक व्यवसायको अवस्था


नवराज ढकाल, सञ्चालक, वृहस्पति प्रकाशन

नेपालमा अहिले कक्षामा पढाइ हुने र साहित्य लगायतका विभिन्न सेक्टरका पुस्तकहरु छन् । ती सबैका समस्याहरु भिन्न प्रकृतिका छन् । विद्यालय तहमा जनक शिक्षा सामाग्री केन्द्रले प्रकाशन गरेका पुस्तकहरु उपलब्ध हुँदै आएका छन् । त्यसै गरी नेपालमा विद्यालय तहका निम्ति समय समयमा पाठ्यक्रम परिवर्तन हुन सकेको अवस्था छैन ।

कागजको आपुर्ति :
नेपालमा अहिले कागजको आपुर्ति नेपाली बजारबाट हुन नसक्दा विदेशबाट ल्याउनुपरेको छ । नेपालमा भृकुटी कागज बन्द भएसँगै कागजको निम्ति हामी आयातमा नै निर्भर छौं ।

 

उद्योगको मान्यता नपाएको प्रकाशन क्षेत्र :
नेपालमा अहिले सम्म प्रकाशन क्षेत्रलाई राज्यले उद्योगको मान्यता दिन सकेको छैन । पुस्तक नीतिमा उद्योगको मान्यता दिने किसिमले मस्यौदा बनेको छ । यो नीति व्यवहारमा आउन सके नेपालमा हामीले प्रकाशन गरेका पुस्तकहरु गोदाममा देखाएर बैंकबाट कर्जा लिन सक्ने वातावरण सृजना हुने थियो ।
अहिले नेपालमा राज्यले कक्षा १ देखि ५ सम्मका पुस्तकहरु निजी क्षेत्रलाई प्रकाशन तथा वितरणको जिम्मेवारी दिएको छ । यद्यपि राज्यको कमजोरी भनेको प्रकाशकलाई नभई मुद्रकलाई दिइएको छ । यस्तो अवस्थामा मुद्रकले सिधै किताबहरु बजारमा पठाउने काम गरेका छन् । हामीले यसको विरोध पनि गरेका छौं ।

 

नेपालमा अहिलेको अवस्थामा पनि प्रकाशनको क्षेत्रमा हामी पुरानो प्रविधिमा पनि छौं । विश्वबजारमा विकास भएका नयाँ मेसिनहरु नेपालमा तत्काल भित्र्याउन सकिने अवस्था पनि रहँदैन । यसबाहेक कतिपय प्रकाशन तथा मुद्रण गृहका विभिन्न बाध्यताहरु पनि हुन्छन् । जसले गर्दा हामीले चाहेबमोजिमका मेसिन तथा प्रविधिहरु भित्र्याउन नसकेका पनि हुन सक्छौं ।

समस्या :
अहिले नेपालमा सञ्चालनमा रहेका सबै प्रकाशन गृहका आफ्नै प्रेसहरु छैनन् । यसले गर्दा हामीले अरुकोमा लगेर हाम्रा कामहरु गर्नुपर्ने बाध्यता छ । हामीले अन्य प्रकाशन गृहका काम समेत गरेका छौं ।
नेपालमा अहिलेको अवस्थामा पनि प्रकाशनको क्षेत्रमा हामी पुरानो प्रविधिमा पनि छौं । विश्वबजारमा विकास भएका नयाँ मेसिनहरु नेपालमा तत्काल भित्र्याउन सकिने अवस्था पनि रहँदैन । यसबाहेक कतिपय प्रकाशन तथा मुद्रण गृहका विभिन्न बाध्यताहरु पनि हुन्छन् । जसले गर्दा हामीले चाहेबमोजिमका मेसिन तथा प्रविधिहरु भित्र्याउन नसकेका पनि हुन सक्छौं । अहिले नेपालमा रहेका मेसिनहरुको मूल्यको हिसाबले निकै नै अन्तर रहन सक्छ । कतिपय मेसिनहरु नेपालमा केही हजारमा नै उपलब्ध छन् भने प्रकाशन गृहको निम्ति नै करोडौंका मेसिनहरु पनि नेपाली बजारमा उपलब्ध छन् ।

प्रकाशन उद्योगको क्षेत्रमा विभिन्न समस्याहरु छन् । समस्या नै समस्याको बीचमा यो व्यवसाय चलिरहेको छ । नेपालमा हामीले प्रकाशनगृह सञ्चालन गर्नको निम्ति हामीले आवश्य पर्ने सबैजसो सामानहरु आयात गर्नको निम्ति हामी विदेशमा नै निर्भर रहनुपर्छ । नेपालमा कुन वस्तुको मूल्य कति समयको अन्तरालमा वृद्धि हुनुपर्ने भन्ने कुरा पनि कुनै मापदण्ड छैन । हामीलेअमेरिकामा मूल्यमा आएको परिवर्तनको असर नेपाली बजारमा पनि भोग्नुपर्ने अवस्था छ । नेपालमा मूल्यवृद्धि निरन्तर रुपमा बढिरहेको हुन्छ । नेपालमा कुनै पनि वस्तुको मूल्यमा बढ्दा त्यस बमोजिम नेपालमा अन्य वस्तुहरुको मूल्य बढेको हुन्छ । तर नेपालमा जुन वस्तुका मूल्य बढेको कारण आश्रित वस्तुको मूल्य बढेको हो, त्यस बमोजिम मूल्य घट्दा ती आश्रित वस्तुको मूल्य घटाउने परिपाटी छैन । यसले गर्दा नेपालमा रहेर व्यवसाय गर्ने क्रममा निकै नै समस्या रहेको हामीले भोग्दै आएका छौं ।

जनक शिक्षा सामाग्री :
राज्यले करोडौं लगानी गरेर पुस्तक उत्पादनको निम्ति जिम्मेवारी दिएको जनक शिक्षा सामाग्री केन्द्रले नेपालमा पुस्तक उत्पादनको काम मात्र गर्ने हो । यसको निम्ति सिआरसी बनाउने काम अर्कै संस्थाले नै गर्छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको सीआरसीको आधारमा शिक्षा कार्यालयले तयार पारेको तथ्याङ्कको आधारमा मात्र पुस्तक प्रकाशनको जिम्मेवारी पाएको जनक शिक्षा सामाग्रीले नेपालका अन्य निजी प्रकाशन गृहहरुले जसरी जोखिम लिनुपर्ने आवश्यकता पनि छैन । यद्यपि नेपालमा जनक शिक्षा सामाग्री केन्द्रले समयमा आवश्यक पुस्तक प्रकाशन गर्न सक्दैन ।

नेपालमा जनक शिक्षा सामाग्री केन्द्रले जति धेरै मात्रामा काम गर्ने हो, त्यति मात्रामा घाटा बढ्दै जाने अवस्था छ । त्यो घाटा पनि अर्बमा छ । प्रकाशनकै क्षेत्रमा रहेको अर्को साझा प्रकाशनमा पनि अवस्था त्यस्तै छ,, उक्त संस्थालाई बचाउने नाममा नेपाल सरकारले करिब ३० करोड बराबरको रकम लगानी गरेको छ , यद्यपि त्यहाँ पनि श्रष्टाले पाउनुपर्ने रोयल्टी भने पाउन सकेका छैनन् । साझा प्रकाशन सहकारीको अवधारणामा चलेको संस्था हो । राज्यले एउटा संस्था बचाउने नाममा राज्यकोषलाई निकै ठूलो आर्थिक भार पर्ने काम गर्नु कति उपयुक्त होला ? नेपालमा साझा सहकारी जस्ता सहकारी त निकै धेरै सङ्ख्यामा छन् नि । यस्तोमा राज्यले नेपालमा निश्चित नीतिगत व्यवस्था गरेर घाटामा नजाने किसिमले पुस्तक प्रकाशनको व्यवस्था मिलाएर प्रकाशनको काम गर्ने वातावरण मिलाउने व्यवस्था गर्नेतर्फ ध्यान दिएको भए सम्भवत ः यो अवस्था आउने थिएन ।
हामीले केही बर्ष पहिले नै जनक शिक्षा सामाग्री केन्द्रलाई राज्यले ५१ प्रतिशत हिस्सा आफ्नो मातहतमा रहने र ४१ प्रतिशत हिस्सा निजी प्रकाशन गृहलाई दिने गरी नीतिगत व्यवस्था गर्नको निम्ति आग्रह पनि गरेका हौं । बाँकी ८ प्रतिशत त्यहाँका कर्मचारीलाई दिन सकिने र त्यसो हुँदा कर्मचारीहरु पनि बन्दहड्तालमा नभइ रचनात्मक काममा लाग्ने हाम्रो मान्यता बमोजिम प्रस्ताव गरेका थियौं । तर अहिले सम्म यो कुरा अघी बढ्न सकेको छैन।

कुनै पनि संस्थामा नेपालमा राम्रो काम गर्ने सोच भएका व्यक्ति हुने हो भने असम्भव हुँदो रहेनछ भन्ने सम्बन्धमा हामीले नेपाल विद्युत प्राधिकरणको कुलमानबाट सिकेका छौं । तैपनि नेपालमा अहिले प्रकाशन क्षेत्र निकै नै चुनौतीपूर्ण छ । साथै सङ्कटपूर्ण समेत समेत छ । राज्यले कङ्कटग्रस्त क्षेत्रको रुपमा घोषणा गरिहाल्ने अवस्था नभएपनि यस क्षेत्रको पुनरुत्थानको निम्ति दूरदर्शी सोचभएको व्यक्तिको खाँचो ।

राज्यको नीतिले आगामी यात्राको तय गर्न सहयाेग हुने ः
नेपालमा राज्यको स्पष्ट नीतिको अभावमा विभिन्न उद्योगहरु धराशयी भएको समेत देखेका छौं । नेपालमा पश्मिना, कार्पेट, गार्मेन्ट लगायतका क्षेत्रहरु राज्यकै कमजोर नीतिको कारण नै धराशयी भएका हुन् । त्यसरी नै नेपालमा अहिलेको अवस्थामा अधिकांश प्रकाशन गृहहरु निकै नै जोखिमपूर्ण अवस्थामा छन् ।

जोखिमयुक्त क्षेत्र ः
प्रकाशन क्षेत्र निकै नै चुनौतीपूर्ण क्षेत्र हो । यस क्षेत्रमा रहेर काम गर्ने क्रममा अलिकति सचेत बन्न नसक्ने हो भने लगानी पूरै डुब्न सक्ने अवस्था पनि रहन्छ । यदि समयमा नै हामीले पुस्तक प्रकाशन गरेर बजारमा विक्री गर्न नसक्ने हो भने हामीले सामान्य कागजको रुपमा विक्री गर्नुपर्ने अवस्था पनि रहन्छ । समय परिस्थितिले पनि पुस्तकलाई प्रभाव पार्छ । यद्यपि कतिपय पुस्तकहरु सदावहार हुन्छन् । कुनै धार्मिक पुस्तकहरुको महत्व कहिल्यै पनि कम हुँदैन । यद्यपि यस्ता कृतिहरु नेपालमा निकै कम छन् ।
प्रकाशन क्षेत्रको निम्ति आफ्नो हातमा आएको रकम मात्र हाम्रो पुँजी हो, यद्यपि हातमा नआएको रकमलाई पुँजी मान्न सकिने अवस्था नै रहँदैन । बजार कसरी अघी बढ्दैछ भन्ने विचार गर्न नसक्ने हो भने हाम्रो लगानी डुब्न सक्ने सम्भावना पनि बढी हुन्छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: