वीरगञ्जका मेयरकाे पार्टी राजीनामा


वीरगञ्ज । महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै वीरगञ्ज मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् ।

व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वाचित भएका थिए । तर, पार्टीले अनावश्यक दबाव दिएको भन्दै उनले पार्टी छाड्ने खोजेका हुन् । मेयर सरावगीले ह्वाट्सएप मार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ ।

फोरमका नेताहरुले भने मेयर सराबगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताउँछन् । बुधबार बसेको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दासरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: