कोरियन संस्थाकाे सहकार्यमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गुरुयोजना बन्ने


चितवन । भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापनको गुरुयोजना कोरियन संस्थाले तयार गर्ने सहमति भएको छ । भरतपुर महानगरपालिका कार्यालयमा महानगर र कोरियन संस्था सुडोनोन् बीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।

एमओयूमा महानगरका तर्फबाट मेयर रेनु दाहाल र सुडोनोन्का तर्फका संस्थाका प्रमुख जो उनले हस्ताक्षर गरेका छन् । कोरियन कम्पनीले एक वर्षभित्र भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन सम्बन्धी विस्तृत योजना तयार गर्ने छ । त्यसको लागत ७ करोड लाग्ने अनुमान छ । उक्त खर्च सोही संस्थाले व्यहार्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले जानकारी दिए ।

समझदारी पत्रमा पाँच बुँदा समेटिएका छन् । सम्झौता अनुसार सो कम्पनीले महानगरका हरेक वडाबाट निस्कने सिजन अनुसारको फोहरको प्रकृति, भोल्युम्का बारेमा अध्ययन गरेर योजना बनाउने छ ।

भरतपुर महानगरपालिका वडा नः ११ को आँपटारीमा रहेको १६ विगाहा जमिनमा फोहर प्रसोधन तथा व्यवस्थापन केन्द्र बनाउने लक्ष्य महानगरको छ । यो क्षेत्रमा जग्गा दिएवापत महानगरले वनलाई क्षतिपूर्ति स्वरुप माडी नगरपालिकाको अयोध्यापूरीमा जग्गा खरीद गरी वृक्षारोपण गरेको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: