किराना व्यापारीको घरभित्रै हत्या


कैलाली । कैलालीको जोशीपुर बजारमा बिहीबार राति एक व्यवसायीको हत्या भएको छ ।

जोशीपुरको टीकापुर रोडमा रहेको ओझा किराना पसलका सञ्चालक ३५ वर्षका रामप्रसाद ओझाको पसल भएकै घरमा हत्या भएको हो । घाँटीमा निलो डाम देखिएकोले उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए । उनले प्रारम्भिक अनुसन्धान शुरु गरेको जानकारी दिए ।

१० वर्षदेखि व्यवसाय गर्दै आएका ओझाले भारु सटहीको समेत काम गर्ने गरेको स्थानीय बताउँछन् । ओझाकी पत्नी भने दुई छोरा पढाउन टीकापुरमा डेरा गरेर बस्दै आएकी छन् । स्थानीयका अनुसार ओझा बिहीबार राति ११ बजेसम्म जोशीपुर बजारमा भएको नाच हेरेर घर फर्किएका थिए । उनी बस्ने घरको ढोकाहरु सबै खुला रहेको प्रहरीले जानकारी दिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: