प्रमिला कुमारी राष्ट्रिय सभाबाटै पीडित भएको गुनासो


संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले आफू राष्ट्रिय सभाबाटै पीडित भएको गुनासो गरेकी छन्। 

राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद कुमारीले राष्ट्रिय सभाका अन्य सांसदहरूले मन्त्रिपरिषद्बाट निर्णय गराएर विभिन्न सुविधा लिएपछि आफूले नपाएको गुनासो गरिन्।

संघीय समाजवादी फोरम, नेपालको राष्ट्रियसभामा आफू दलको नेता भए पनि राष्ट्रिय सभाले आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको सांसद कुमारीको दाबी छ। सांसद कुमारीले मधेशी भएकै कारण आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको हुन सक्ने आशंका पनि व्यक्त गरिन्।

उनले सरकारले मधेशलाई हेप्ने काम गरिरहेको भन्दै आक्रोश पनि व्यक्त गरिन्। सांसद कुमारीले संविधान संशोधन गर्ने प्रतिवद्धता पूरा नगरेको भन्दै प्रधानमन्त्री केपी ओलीको पनि आलोचना गरिन्।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: