युइएफए नेशन्स लिग : लुकाकुको दुई गोलमा बेल्जियमको सहज जित



एजेन्सी । युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को खेलमा बेल्जियमले आइसल्याण्डलाई सहजै हराएको छ।

रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले आइसल्याण्डलाई ३-० ले पराजित गरेको हो। बेल्जियमका लागि अर्को गोल एडेन हाजार्डले गरे।

आइसल्याण्ड पहिलो खेलमा स्वीट्जरल्याण्ड्सँग ६-० ले पराजित भएको थियो।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: