आइएमई ग्रुपले ल्यायो ‘सलाम एयरलायन्स’


नेपाल नागरिक उड्ययन प्राधिकरणले दिएको समय तालिका अनुसार काठमाण्डुमा बिहान ८ बजे विमान अवतरण गरी ८ः४० मा उडान भर्नेछ ।

नेपालमा एयरलाइन्सको जनरल सेल्स एजेन्टका रुपमा रही आइएमई इन्टरनेशनल ट्राभलले व्यवस्थापन गर्नेछ । यो आइएमई ग्रुप अन्तर्गतको कम्पनी हो । काठमाण्डु थप भएसँगै यस एयरलायन्सको १६ वटा गन्तव्य पुगेका छन् ।

यसअघि एयरलाइन्सले मस्कटलाई आफ्नो हब बनाई १७४ सिट क्षमता रहेको एयरबसद्वारा ढाका, बाकु, टिवलिस, दोहा, दुवई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दा लगायत १३ वटा बाह्य तथा सलाल र सुहार गरी २ आन्तरिक विमानस्थलमा उडान भर्दै आएको थियो । नेपालमा उडान थपिएपछि वैदेशिक रोजगारीका लागि मध्यपूर्व एसियाका राष्ट्रहरुमा जाने नेपालीहरुले प्रत्यक्ष लाभ प्राप्त गर्न सक्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताए ।

निकट भविष्यमा अन्य विभिन्न आन्तरिक तथा वाह्य क्षेत्रमा उडान विस्तार गर्दै लैजाने एयरलाइन्सले जनाएको छ । कम्पनीले हवाई यात्रुहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै लाइट, फ्रेन्डली र फ्लेक्सी गरी ३ किसिमका हवाई भाडा निर्धारण गरेको छ । सलाम एयरले कुनै पनि गन्तव्यमा एकवर्षभित्र १० पटक यात्रा गरेको बोर्डिङ्ग पास सम्बन्धित कार्यालयको टिकट काउन्टरमा बुझाएपछि एक टिकट निशुल्क प्राप्त गर्ने व्यवस्था मिलाएको छ ।

यसै अवसरमा आइएमई गु्रपद्धारा प्रर्वद्धित चन्द्रागिरि हिल्सले सलाम एयरलायन्सको पहिलो उडानबाट नेपाल आउने यात्रुहरुलाई उपहार स्वरुप ५० प्रतिशत र तत्पश्चात सलाम एयरबाट यात्रा गर्ने सम्पूर्ण यात्रुलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । यो सेवा लिनका लागि सलाम एयरबाट यात्रा गर्ने यात्रु महानुभावहरुले सलाम एयरको बोर्डिङ्ग पास थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको टिकट काउन्टरमा देखाउनुपर्नेछ ।

यो सहकार्यले नेपालको पर्यटन क्षेत्रमा मद्दत पुग्ने आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: