बाबाको सम्झनामा एकदेवकाे कविता


स्व. नरेन्द्रराज पौडेल

एकदेव पाैडेल

बाबाको सम्झना सम्बन्धमा एकदेवको कविता
मदाने गाउँपा2लिका स्थित वडा नम्बर ७, भनभने (नेटाखर्क) गुल्मीका एकदेव पौडेलले साउन २० गते भीरबाट लडेर मृत्यु भएपश्चात् त्यही पीडायुक्त सम्झनालाई शब्द मार्फत उनेर कविता प्रकाशन गरेका छन् । गाउँमा पण्डितको रुपमा चर्चित नरेन्द्रराज पौडेल घाँस काट्न दिउँसो अबेर नजिकैको भीरमा गएको तर त्यहाँबाट धेरै तल लडेकाे अवस्थामा भेटिएका उनकाे घरमा लैजाने क्रममा मृत्यु भएकाे थियाे ।

साँझ रात परेपछि मात्र लडेकाे अवस्थामा सम्पर्कमा अाएका उनलार्इ घर लैजाँदै गर्दा मृत्यु भएपछि  गाउँलेहरुले रातको ९ गते घरमा पुर्याएकाे  र शव रात भरि कुरेर अर्को दिन काठमाडौं र बुटबलबाट छोराहरु आएपश्चात् वैदिक संस्कार बमोजिम अन्त्येष्टि गरिएको कुरा कवितामा कारुणिक तवरले प्रस्तुत गरिएको छ ।

बाबाको सम्झना
साउन २० गते कालो दिन भयो ग्रहण दिउँसै लाग्यो
आफ्नो खरबारी बाटो काट्यो भीरले बाबाको ज्यानै खायो ।

चिया खाई चार बजे जानुभयो घाँस काट्नलाई भीरमा
खै के भयो बरै कसरी जानुभो लाश छ खोली तिरमा ।

३ दिने झरिले गलेको भीरमा टेक्नै अप्ठ्यारो हुने
त्यो दिन सम्झिँदा त भक्कानिएर आउँछ, को छन् बरै नरुने ।

साँझ सम्म नआएसी बाबालाई आमा खोज्न जानुभो
धेरै तल लडेको देखेसी आमाले त्यहीँ हरेश खानुभो ।

डाँको छोडी रुँदैरुँदै आउनुभो गुहार देउ भनी
फेरी फर्कि जानुभयो बाबा तिरै प्राण छ कि भनी ।

आमालाई समाएर ल्याइहाले मानिसले घरमा
न छोरा न छोरी कसो गरि होलिन् बसिन् घरमा ।

जेठो छोरा असारमै काठमाडौं, पढ्न भनी गएको
कान्छो छोरो जागिरे भएपछि त्यहाँ, बुटवलमा रहेको ।

९ अंश घाँस छ बुबा लडेकोमा, टोपी तल भीरमा
मुढो पल्टिएझैं जानुभएछ बरै, तल खोली तीरमा ।

मान्छे जानै नसकेर त्यहाँ भएछ नि रुवावास
गोठमा डिँगा पालेको, बाली घरमा भयो बरै सत्यनाश ।

बल्लबल्ल लाश उठाएर ल्याए, नौ बजे रातीमा
सबै भयो तहसनहस भयो बरै के रह्यो र थातिमा ।

विद्वान पण्डित हुनुहुन्थ्यो संस्कृतको चर्चा थ्यो चारै तिर
हे दैव के गरिस् यति छिटो यहाँ सबलाई पारिस् पीर ।

गाउँका केटाकेटी बुढाबुढी सबै रुँदै घरमा आए
राम्रो पण्डित गयो कठैबरा भनी सबैले गुणगान गाए ।

फोन गयो छोराहरु हिँडिहाले भक्कानिँदै घरतिर
गाउँलेजनले रातभरि लास कुरे मानेर सबले पीर ।

अर्को दिन छोरी ज्वाई छोरा बुहारीहरु, सबै जम्मा भए
चिच्याए कराए रोए डाँको छोडे, सागरै तिर लागे ।

के के भयो के के भयो के के भयो, संसारै कहाँ गयो ?
बिर्सिन्छु भनेनी जीवनभरिलाई, यो सम्झना रहिरह्यो ।

हे दैव तँ त पापी होस् तहस्नहस्, गराइस् मेरो घरमा
बुढी आमा छोराछोरीहरु अब, राख्छस् कसको भरमा ?

बुबा जानुभयो अलबलैमा, बाँचेकालाई पीडा भो
दुर्घटना अकस्मात भयो, यहाँ चर्चा चारै तिर भो ।

आमा तिम्ले मन बुझाउनु यहाँ, संसार यस्तै भनी (२)
डाँको छोडी रोए पनि फर्किएर आउँदैन कोही पनि । (२)

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: