हामी ठगिएछौं सायद


“झुट भनुँ या चरित्र..???”

यत्रो रंगिन संसार देखाउने सूर्य 

 

आफ्नै रंग लुकाए जस्तो,

गुलाबी रंग बनाउँछन गुलाफहरु…!!!

 

मुहार हेर्छन् मुस्कान खोज्छन्,

मन नदेख्ने मान्छेहरु…!!!

 

अक्सर पैसामा दिल राख्छन,

अनि सम्बन्ध चोराउँछन् मान्छेहरु..!!!

 

उस्को प्रतिबिम्ब,स्वरुप वा आकृति देखाउने ऐना ,

आफ्नैआकृति देखाउन असमर्थ हुन्छ प्रायः,

 

 

केही खोट छ…!!!

यत्रो संसार देख्ने आँखाहरु,

 

आफ्नै परेली वरपर नदेखे पछि …!!!

हामी ठगिएछौ,सायद !!!

 

अब,बँच्नुपर्छ

जोगिनु पर्छ…!!!

तर को बाट, को संग र किन ???

अनि डर लागेर आउँछ,

मन भित्रैबाट…।।।

 

रमेश ढुंगाना

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: