युवा उद्यमशिलता र निरन्तर सेवा विस्तारको अभियानमा ‘हाम्रो नेपाली सैलुन’


अहिले नेपालबाट ठूलो सङ्ख्यामा युवाहरु सामान्य कमाईको लागि बिना सीप नै विदेशिइरहेका छन् । तर केही युवाहरु भने नेपालमा नै राम्रो अवसर सृजना गर्न सकिन्छ भन्ने मान्यताको साथ नेपालमा नै रहेर उद्यमशिलता विकासको क्षेत्रमा काम गरिरहेका छन् । जसले थुप्रै युवा जनशक्तिहरुलाई छोटो अवधिमा नै सही मार्गनिर्देश गर्ने काम गरेका छन् । मानिसहरुलाई स्वदेशमा रोजगारी सृजना गरेका छन्, आफैं स्वाबलम्बन गर्ने बाटो देखाइरहेका छन् भने सीप हस्तान्तरण गरी जुनसुकै ठाऊँमा पनि स्वतन्त्र अस्तित्वले बाँच्न सक्ने अवस्था सृजना गरेका छन्, साथै समाजमा प्रतिष्ठा पनि कमाउन सफल छन् ।

नेपालमा लामो समय देखि सञ्चालनमा रहेको र पछिल्लो समय फस्टाइरहेको क्षेत्र अन्तरगत पर्ने क्षेत्र मध्ये व्युटीपार्लर तथा सैलुन क्षेत्र पनि एक हो । स्वास्थ्य, सौन्दर्य र श्रृङ्गारको क्षेत्रसँग निकटतम सम्बन्ध राख्ने यस क्षेत्र पछिल्लो समय नेपालमा नयाँ तवरले अघी बढिरहेको छ । नयाँ प्रविधिहरु भित्रिइरहेका छन् । साथै निकै ठुलो रकम लगानी समेत भइसकेको छ । मध्यम देखि उच्च लगानीमा सञ्चालन गर्न सकिने यस क्षेत्रमा पछिल्लो समय युवाहरुको आकर्षण समेत बढ्दै गएको पाउन सकिन्छ । हुनतः नेपालको निम्ति यो क्षेत्र नयाँ क्षेत्र भने होइन । तर यस क्षेत्रमा नयाँपन ल्याउनको निम्ति पहल भएको भने पाउन सकिन्छ ।

‘हाम्रो नेपाली सैलुन’ सञ्चालनको उद्धेश्य :
नेपाली युवाहरुको चाहनालाई सम्बोधन गर्ने गरी भर्खर मात्र सञ्चालन गरिएको छ ‘हाम्रो नेपाली सैलुन’ । सञ्चालनमा रहेका अन्य सैलुन भन्दा पृथक तवरले सेवा सञ्चालन गर्ने, तालिम तथा आवश्यक परामर्श लगायतका कामहरु समेत एकै ठाऊँबाट उपलब्ध गराउने र तालिम लिएकाहरुलाई जब प्लेसमेन्टको व्यवस्था गर्ने लगायतका उद्धेश्यहरु सहित आफुहरुले ल्याण्डमार्क टे«निङ एण्ड डेभलपमेन्ट प्रा.लि. अन्तरगत ‘हाम्रो नेपाली सैलुन’ सञ्चालन गरेको कम्पनीका व्यवस्थापन प्रमुख अच्युत रिमाल बताउनुहुन्छ

कम्पनीका सेवाहरु :
हाल यस कम्पनीबाट व्युटीपार्लर तथा बार्वर सम्बन्धी विभिन्न सेवा, तालिम, फेसियल लगायतका सेवाहरु प्रदान गर्ने कार्य हुँदै आएको छ । यस कम्पनीले बार्बर टे«निङ र व्युटीपार्लरको छोटो अवधिका तालिमहरु सञ्चालन गरेको छ । साथै दक्ष र उत्कृष्टलाई रोजगारीको ग्यारेन्टी समेत गरिएको छ । हाल सबै शाखामा गरी २० जनालाई रोजगारी दिएको यस कम्पनीबाट सञ्चालित सैलुनबाट अहिले सम्म १५ जना व्यक्तिहरुलाई तालिम लिएका छन् । त्यस मध्ये कतिपय नेपालमा नै विभिन्न ठाउँबाट कार्यरत छन् भने कतिपय विदेशमा पनि गएका छन् ।

अच्युत रिमाल व्यवस्थापन प्रमुख, हाम्रो नेपाली सैलुन (ल्याण्डमार्क ट्रेनिङ एण्ड डेभलपमेन्ट सेन्टर प्रा.लि)

कम्पनीको सञ्जाल र आगामी योजना :
खासगरी तालिम तथा उद्यमशिलता विकासको उद्धेश्यले स्थापित यस कम्पनीले समयक्रम अनुसार अन्य सेवाहरु समेत थप गर्ने योजना बनाएको छ । यस कम्पनीले सेवा सञ्चालनको छोटो अवधिमा नै काठमाडौंका विभिन्न ५ ठाऊँहरुमा आफ्नो सेवा विस्तार गरिसकेको छ । हाल काठमाडौंका नयाँबजार, वनस्थलि, कलंकी, गल्कोपाखा र गोल्फुटारबाट सेवा दिइरहेको यस कम्पनीले छिट्टै नै पोखरा र चितवनबाट समेत सेवा विस्तारको योजना बनाएको छ ।
‘सीप र रोजगारीमा युवाहरुको हातेमालो’ भन्ने नारा लिएर अघी बढेको यस कम्पनीमा हाल २५ जना व्यक्तिहरुको लगानी छ । कम्पनीका अध्यक्ष टेकनाथ भट्टराई हुन् भने कम्पनीको व्यवस्थापन जिम्मेवारीमा अच्युत रिमाल र रविन्द्र खत्री छन् ।

पार्लर क्षेत्रमा नयाँपनको प्रयाशमा ल्याण्डमार्क :
हुनतः सैलुन नेपालको लागि नयाँ क्षेत्र पक्कै होइन । यद्यपि यस क्षेत्रमा युवाहरुको बदलिँदो चाहना सँगै सेवामा समेत विविधिकरण आइरहेको छ । आधुनिकता तर्फ आकर्षित भइरहेका युवाहरुलाई नयाँपन पस्कनुपर्छ भन्ने मान्यता बमोजिम सञ्चालित यस सैलुनले समयक्रम अनुसार आधुनिक प्रविधिहरु भित्र्याउँदै सेवा विस्तार गर्ने योजनामा रहेको रिमालले बताउनुभयो ।

नेपालीहरुको सोचमा परिर्वतन ल्याउन सहयोग हुने :
सैलुन तथा व्युटी पार्लरको क्षेत्रमा अहिले सम्म नेपाली युवाहरुको खासै चासो देखिँदैन । तर अधिकांश सैलुनहरुका सञ्चालक भारतको विहार लगायतबाट आइरहेका छन् । उनीहरुले नेपालमा राम्रो आय गरिरहेका छन् । सानै लगानीमा प्रयाप्त आम्दानी गर्न सकिने सीपमा आधारित क्षेत्र भएको र भविष्यमा समेत राम्रो सम्भावना रहेको यस क्षेत्रमा नेपालीहरुकै लगानी हुन आवश्यक रहेको र आफुसँग भएको सीप उपयोग गर्न सके त्यसबाट राम्रो प्रतिष्ठा पनि प्राप्त गर्न सकिन्छ भन्ने मान्यता बमोजिम यो सैलुन अघी बढिरहेको छ ।
अहिले सम्म नेपालीहरुमा काम प्रतिको दृष्टिकोण सकारात्मक हुन नसकेको अवस्थामा काम सानोठुलो हुँदैन भन्ने चेतना विकासमा समेत आफुहरु लागेको रिमाल बताउनुहुन्छ । यसबाट स्वदेशमा उद्यमशिलता विकास गर्न समेत महत्वपुर्ण सहयोग पुग्ने रिमालको विश्वास छ ।

आफ्नै बारे यसो भन्छन् रिमाल :
लगानीको लागि प्रतिफल सहितको राम्रो सम्भावना क्षेत्र, प्रतिष्ठित व्यवसाय र राम्रो आय लगायतका कारण आफूहरुले लगानीको निम्ति विभिन्न क्षेत्रहरुमा अध्ययन गर्ने क्रममा यस क्षेत्रमा लगानी विस्तार गर्न पुगेको ल्याण्डमार्क टे«निङका व्यवस्थापन प्रमुख अच्युत रिमालले सेतोघर सँगको कुराकानीको क्रममा बताउनुभयो । साथै अन्य व्युटीपार्लर तथा सैलुनको तुलनामा नयाँपन र थप सुविधा सहित भिन्न तवरले काम गरिरहेको कारण आफुहरुले चलाएको व्युटीपार्लर प्रति छोटो समयमा नै युवाहरुको आकर्षण बढेको समेत ऊहाँको धारणा छ ।

विकृति नियन्त्रणमा समेत सीपको महत्वपुर्ण भुमिका :
अहिलेको समय प्राविधिक समय भएको कारण आफूसँग सीप हुने हो वेरोजगार रहनु नपर्ने अवस्था छ । तर अहिले भने नेपालका युवाहरु उपयुक्त रोजगारी नभएको कारण अनावश्यक गतिविधिहरुमा समेत संलग्न भईरहेको अवस्था पनि छ । यसको परिणाम समाजमा विकृतिहरु उत्पन्न हुने अवस्था पनि देखिएको छ । यस्तो अवस्था उत्पन्न हुनुको कारण भनेको सीप र जाँगर नहुनु हो । सीप हुने हो भने वेरोजगार बस्नुपर्ने र कुलत तथा दुव्र्यसनी लगायतको सम्भावना पनि निकै कम रहन्छ । साथै समाजलाई सभ्य र सुसंस्कृत बनाउन समेत निकै मद्धत पुग्छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: