ज्योति विकास बैंकले ८ प्रतिशत नगद लाभांश दिने


काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सेयरधनीलाई ८.४० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आव २०७४/७५ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्रा अर्थात २१ करोड ८० लाख ६२ हजार ७५३ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव भदौ २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्नेछ । साथै, बैंकले उक्त नगद लाभांशबाट प्राप्त हुने रकमबाट खण्डिकृत सेयरमा रहेको भिन्न अंक थप गरी पूर्ण सेयर कायम गर्ने भएको छ । हकप्रद सेयर वितरण गरेपछि प्राप्त हुन बाँकी सेयरधनीहरुको खण्डिकृत अवस्थित भिन्न रकम तथा कर बापत बुझाउनु पर्ने रकम कट्टा गरेर बाँकी रकम मात्र सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ ।

बैंकले नगद लाभांश घाेषणा गरेपछि यसकाे सेयर मूल्य घटेकाे छ । अाइतबार प्रति कित्ता १४४ रूपैयाँमा काराेबार भएकाे यस बैंककाे सेयर साेमबार झरेर १३६ रूपैयाँमा काराेबार भएकाे छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: