गजल


किन गरिंदैछ आस, ढुंगा फूल्छ भन्दै ||

मेरो कुनै आसपास, ढुंगा फूल्छ भन्दै ||

 

मदिराको मातसंगै, चिच्याउँदैछ कराउँदैछ

फुटाउँदै छ गिलास, ढुंगा फूल्छ भन्दै ||

 

आउँछ सुगन्ध, डाली हल्लाई फर्कि फर्कि

चल्छ होला वतास, ढुंगा फूल्छ भन्दै ||

 

दुनियाँले नकार्ला, अनि मेरो लाज मान्ला

कहिं कतै एकलास, ढुंगा फूल्छ भन्दै ||

 

आजपनि तिमि,सालिक जस्तै मुर्ति जस्तै

तर किन लाग्छ विश्वास, ढुंगा फूल्छ भन्दै ।।

रमेश ढुंगाना  अस्तु,

गेरुवा ४ गोला बर्दिया

हाल:- किर्तिपुर, काठमाडौं

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: