गजल : किन गरिँदैछ अाश


किन गरिंदैछ आस, ढुंगा फूल्छ भन्दै ||

रमेश ढुंगाना

मेरो कुनै आसपास, ढुंगा फूल्छ भन्दै ||मदिराको मातसंगै, चिच्याउँदैछ कराउँदैछ
फुटाउँदै छ गिलास, ढुंगा फूल्छ भन्दै ||

आउँछ सुगन्ध, डाली हल्लाई फर्कि फर्कि
चल्छ होला वतास, ढुंगा फूल्छ भन्दै ||

दुनियाँले नकार्ला, अनि मेरो लाज मान्ला
कहिं कतै एकलास, ढुंगा फूल्छ भन्दै ||

आजपनि तिमी,सालिक जस्तै मुर्ति जस्तै
तर किन लाग्छ विश्वास, ढुंगा फूल्छ भन्दै ।।

 

रमेश ढुंगाना

गेरुवा ४ गोला बर्दिया

हाल:- किर्तिपुर, काठमाडौ

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: