ओप्सको तीज नृत्य प्रतियोगिता चिल्ड्रेन हेराल्डमा सम्पन्न


अर्गनार्इजेसन अफ प्राइभेट स्कुल (अाेप्स)काे अायाेजनामा शनिवार अन्तरविद्यालय स्तरीय तीज नाच प्रतियाेगिता सम्पन्न भएकाे छ । 

लामबगर स्थित चिल्ड्रेन हेराल्ड एकेडेमीमा अायाेजित उक्त प्रतियाेगितामा फेरिल्याण्ड  इन्टरनेशनल स्कुल प्रथम भएकाे छ । यसैगरी द्वीतिय स्थान कौशल इङ्गलिस् बोर्डिङ स्कुलले हात पारेकाे छ भने सिर्जना ज्ञानसागर मा.वि ले तृतीय स्थान हासिल गरेकाे छ ।

प्रतियोगितामा सहभागी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले महिलाहरूकाे महान् चाड तीजसँग मेल खाने  किसिमले अाफूहरूकाे प्रतिभा पस्किएर उपस्थित व्यक्तिहरूलार्इ मनाेरञ्जन प्रदान गरेका थिए । 

प्रतियाेगितामा सिर्जना ज्ञानसागर मावि, न्यूटन हाई स्कुल, प्रगति हाई स्कुल, कौशल बोर्डिङ स्कुल, फेरिल्याण्ड ईनटरनेशनल स्कुल, पुस्पकुञ्ज स्कुल, प्रिसियस स्कुल, ज्ञानमन्दिर, हिमरश्मी हाई स्कुल, लालीगुराँस नेशनल एकेडेमी, सेव, एन्जल हार्ट लगायतका  विद्यालयहरुकाे सहभागिता थियाे ।

कार्यक्रम सिएचएका अध्यक्ष विनाेद चापागार्इकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे । यसैगरी प्रमुख अतिथिकाे रूपमा  मोटिभेशनल स्पीकर सृष्टि केसी र विशिष्ट अतिथिकाे रूपमा प्याब्सन काठमाडाैंका उपाध्यक्ष राम बहादुर केसीकाे उपस्थिति रहेकाे थियाे । 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: