जनतामा स्वास्थ्य पहुँच विस्तार गर्ने योजनामा टोखा रिक्रिएसन


नवीन कुमार डंगोल, सञ्चालक

धर्मेन्द्र श्रेष्ठ, अध्यक्ष

टोेखा क्षेत्रमा व्यायामको लागि रिक्रियसन सेन्टर आवश्यक छ भन्ने मान्यताले टोखा फिटनेश एण्ड रिक्रिएसन सेन्टर प्रा.लि सञ्चालनमा ल्याइएको छ । हाल यस कम्पनीले व्याडमिन्टन सेवा सञ्चालन गरिसकेको छ भने अन्य सेवाहरु समेत सञ्चालन गर्दै जाने योजना बनाएको छ । साथै अन्य थुप्रै योजनाहरु आफूहरुले अघी सारेको कम्पनीका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताए ।
हाल ७ जना व्यक्तिहरुको संयुक्त लगानीमा यो कम्पनी सञ्चालनमा आएको हो । कम्पनीमा विभिन्न व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानी छ । कम्पनीको उद्धेश्य टोखा क्षेत्रका मानिसहरुलाई स्वास्थ्य बारे सचेतना विस्तार गर्ने र स्वास्थ्य र खेलकुद सम्बन्धी सेवाहरु टोखा क्षेत्रमा नै उपलब्ध गराउने रहेको छ ।

पार्टी प्यालेस सञ्चालनमा आएसँगै कुनै भोजभतेर आयोजना गर्नुपरेमा अन्य क्षेत्रमा जानुपर्ने बाध्यता सेवाग्राहीहरुलाई रहनेछैन । पार्टी प्यालेसले एकपटकमा ८ सय देखि १ हजारको सङ्ख्यामा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

टोखा फिटनेशले फनपार्क, चिल्ड्रेन पार्क र स्विमिङ पुल लगायतका योजनाहरु समेत लिएको छ । साथै पार्टी प्यालेस समेत सञ्चालन गरी टोखा क्षेत्रका मानिसहरुलाई विभिन्न शुभ कार्यमा भोजभतेर गर्नको निम्ति टोखा क्षेत्रमा नै व्यवस्था गरिने लक्ष्य समेत कम्पनीले लिएको छ ।

अहिलेको अवस्था ः
टोखा रिक्रियएन सेन्टरले व्याडमिन्टन सेवा शुरु गरिसकेको छ । निर्माण चरणमा नै रहेको यस रिक्रिएसन सेन्टरले अबको १ बर्षमा पूर्वनिर्धारित योजना अनुसार लगभग पूर्ण स्वरुपमा आफूलाई विकास गर्नेछ । आवश्यक देखिएका अन्य कार्यहरु पछि पनि थप गर्दै जाने कम्पनीको योजना छ । निकै ठूलो क्षेत्रफलमा टोखा क्षेत्रको निम्ति नमुना बन्ने र टोखा क्षेत्रमा केही गर्नुपर्छ भन्ने मान्यताका युवाहरुमा जागरण ल्याउनको निम्ति समेत महत्वपूर्ण भूमीका खेल्नेछ ।

शुरुका दिनमा साथीहरुबीच नै अभ्यास गर्न समेत हल आवश्यक देखेर सञ्चालन गरिएको व्याडमिण्टनमा वरपरका युवाहरुको समेत आकर्षण बढेसँगै दंग परेका प्रवद्र्धकहरु अहिले त शुरुवात मात्र भएको र भविष्यमा निकै राम्रो स्कोप रहेको दावी गर्दै शुरुवातकै क्रममा बढेको आकर्षणले आफूहरुलाई थप हौसला मिलेको बताउँछन् । आफूहरुले सोचे भन्दा राम्रो तवरले कारोबार भएको कारण केही गर्ने सोच र चाहना हुने हो भने सफलताको बाटो आफैं भेटिने अनुभव आफूले गरेकोे सञ्चालक मध्येका एक नवीन कुमार डंगोलले बताए । अब छिट्टै पार्टी प्यालेस सञ्चालनमा आउन लागेको समेत उनले बताएका छन् । एक महिनाको अवस्थालाई हेर्दा नै आफूहरुको अवस्था सन्तोषजनक तवरले नै अघी बढ्ने देखिएको अध्यक्ष धर्मेन्द्र श्रेष्ठको धारणा छ । अहिले टोखा रिक्रिएसन सेन्टरमा गंगबु, सामाखुसी, बालाजु, बसुन्धारा लगायतका क्षेत्रहरुबाट समेत मानिसहरु आउन थालेका छन् । बिना प्रचार यसरी मानिसहरु आउनुलाई समेत राम्रै उपलब्धिको संकेतका रुपमा लिन सकिन्छ ।

पार्टी प्यालेसको योजना ः
पार्टी प्यालेस समेत सञ्चालन गर्ने योजनामा रहेको यस टोखा रिक्रिएसन सेन्टरले स्थानीय तहमा स्तरीय पार्टी प्यालेस नभएको कारण कुनै भोजभतेर गर्नुपरेको बेला सामाखुसी, गंगबु, नयाँबजार लगायतका ठाऊँमा जानुपर्ने अवस्था रहेको हुँदा त्यही कुरालाई मध्यनजर गरेर नै आफूहरुले टोखामा नै पहिलो पटक स्तरीय पार्टी प्यालेस सञ्चालन गर्न लागेको बताइन्छ । यो पार्टी प्यालेस सञ्चालनमा आएसँगै कुनै भोजभतेर आयोजना गर्नुपरेमा अन्य क्षेत्रमा जानुपर्ने बाध्यता सेवाग्राहीहरुलाई रहनेछैन । पार्टी प्यालेसले एकपटकमा ८ सय देखि १ हजारको सङ्ख्यामा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

रिक्रिएसन सेन्टरका विशेषताहरु ः
प्रयाप्त जग्गा, पार्किङ तथा खुल्ला क्षेत्र, गेम जोन, क्याफे र भोजभतेर लगायतका सबै सुविधाहरु एकै ठाऊँमा उपलब्ध गराउने योजना बमोजिम सञ्चालनमा आउन लागेको यस रिक्रिएसन सेन्टरले छोटो समयमा नै स्थानीयको ध्यानाकर्षण गर्न सफल हुने विश्वास लिएको छ ।

लगानी र क्षेत्रफल ः
पूर्ण रुपमा तयारी भइसक्दा यस रिक्रिएसन सेन्टरमा करिब ४ करोड रकम लगानी हुने कम्पनीको अनुमान छ । करिब १५ रोपनी क्षेत्रफलमा सञ्चालन गर्न लागिएको यस रिक्रिएसन सेन्टरमा करिब ३ सय मोटरसाइकल तथा ३०–३५ ओटा गाडीहरु पार्किङ गर्ने क्षमता रहनेछ ।

लगानीकर्ताहरु ः
खगराज ढुंगाना, केदार श्रेष्ठ, अष्ट श्रेष्ठ, कालुमान गुरुङ, रामकाजी थापा, नवीन कुमार डंगोल र अध्यक्ष धर्मेन्द्र श्रेष्ठ हुनुहुन्छ । हाल यस कम्पनीले सबै क्षेत्रका व्यक्तिहरुलाई समेटेको छ । हाल जग्गा भाडामा नै लिएर काम शुरु गरिएको हो ।

अबकाे सोच ः
लामो समय देखि व्यावसायिक क्षेत्रमा काम गरिरहेका व्यवसायीहरु बीच आफूहरुले जनताको चाहना रहेको तर अरु भन्दा नयाँ काम के हुन सक्छ भनेर खोज्ने क्रममा आफूहरुले पार्टी प्यालेस र व्याडमिण्टन कोर्ट सञ्चालन गर्न लागेको नवीन कुमार डंगोलले बताए । दीर्घकालिन सोच र भविष्यलाई लक्षित गरेर नै पूर्वाधारहरु निर्माण गरिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: