नेपाली कथानक चलचित्र ‘पासवर्ड’ मा सन्नी लियोनी


काठमाडौं । नेपाली कथानक चलचित्र ‘पासवर्ड’ मा बलिउड अभिनेत्री तथा पोर्न स्टार सन्नी लियोनी पनि देखिने भएकी छन् । सम्राट बस्नेतले निर्देशन गर्न लागेको चलचित्रमा सन्नी लियोनीले आइटम डान्स गर्न लागेकी हुन् । चलचित्रको छायांकन लण्डनमा हुने छ । यसका लाथि निर्देशक लण्डन पुगिसकेका छन् ।

सन्नीले यो चलचित्रमा अभिनय भने गर्ने छैनन् । उनले बिक्की जोशीसँग स्क्रिन सेयर गर्नेछिन् । बिक्की ‘ह्याप्पी डेज’मार्फत अभिनयमा डेब्यु गरेका अभिनेता हुन् । उनी यो चलचित्रका क्रिएटिभ निर्देशक पनि हुन् । सन्नी छायांकनका लागि केही सातामै लन्डन पुग्ने निर्माण पक्षले बताएको छ । भारतबाटै आउने कोरियोग्राफरसहितको टोलीले नृत्य निर्देशन गर्नेछ ।

स्रोतका अनुसार एउटा आइटम डान्सका लागि सन्नीले ८० लाख नेपाली रुपैयाँ लिएकी छन् ।

एबी इन्टरनेसनलको ‘पासवर्ड’ को ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने सञ्चार संयोजक विष्णु शर्माले जानकारी दिए । चलचित्रले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा समेटेको छ ।

विक्की र सन्नीसँगै चलचित्रमा दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, विन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य भूमिकामा छन् ।

सस्पेन्स, एक्सन र थ्रीलर जानरामा निर्माण हुने चलचित्रमा अर्जुन पोखरेलले संगीत दिनेछन् । चलचित्र निर्माणका लागि ३० करोड रुपैयाँ बजेट छुट्याइएको निर्माण पक्षको दाबी छ ।नेपाली चलचित्र उद्योगमा एउटा चलचित्र निर्माणका लागि यती धेरै बजेट छुट्याइएको दाबी गरिएको यो पहिलो पटक हो । अमित बस्नेत र हिरल जोशी निर्माता हुन् ।

आइतबारदेखि लन्डनमा छायांकन हुने चलचित्र लन्डन, बर्नमाउथ, ससेक्सलगायतका ठाउँमा सुटिङ हुने बताइएको छ । सौरभ लामाको छायांकन हुने चलचित्रलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेतले लेखेका हुन् । आगामी जनवरी २०१९ मा नेपाल रिलिज गर्ने लक्ष्य राखिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: