कृषिमा युवालार्इ अाकर्षित गर्नेबारे राजन गैरेकाे दमदार प्रस्तुति, लगानी गर्न अाकर्षित भए युवा

  • युवाहरूकाे लागि हुन सक्छ खुसीकाे खबर

  • नेपालकाे कृषि क्षेत्रमा युवाहरूलार्इ कसरी अाकर्षित गर्ने भन्ने सम्बन्धमा वीरगञ्जमा अायाेजित एक कार्यक्रममा  कृषि अभियन्ता राजन गैरेले एक विशेष प्रस्तुति मार्फत ठूलाे सङ्ख्यामा युवाहरूलार्इ ध्यानाकर्षित गरेका छन् । लायन्स क्लब अन्तरगत लियाे क्लबकाे अायाेजनामा अायाेजित एक कार्यक्रम मार्फत जलवायु परिवर्तन, कृषि र युवा  शीर्षकमा केन्द्रीत रही तयार पारिएकाे  विशेष प्रस्तुति मार्फत  कृषि क्षेत्रमा युवाहरूलार्इ किन र कसरी अाकर्षित गर्न सकिन्छ भन्ने सम्बन्धमा गैरेले उठाएकाे विषयवस्तु र प्रस्तुतिले विशेष महत्व पाएकाे थियाे । नेपाल एग्राे लाइभका प्रमुख कार्यकारी अधिकृत समेत रहेका राजन गैरेकाे प्रस्तुती पश्चात् लायन्स क्लबका उच्च पदस्थ व्यक्तिहरू बीच अब अाफूहरूकाे कार्यक्षेत्र बढाउँदै कृषि र युवा  ले कृषि क्षेत्रमा युवाहरू अाकर्षण गर्नुपर्ने निष्कर्ष सहितकाे विशेष कार्यपत्र प्रस्तुत गरेका हुन् ।

    पछिल्लाे समय नेपालमा कृषि क्षेत्र चुनाैतीपूर्ण हुँदै गएकाे, युवाहरू कृषिबाट पलायन भइरहेका, जलवायु परिवर्तन तथा विविध प्राकृतिक सङ्कटहरू कृषि क्षेत्रकाे निम्ति चुनाैतीकाे रूपमा देखिएका, कृषि क्षेत्रकाे उत्पादकत्व घट्दाे क्रममा रहेकाे, जनशक्ति,  प्रविधि तथा प्राविधिककाे अभावकाे कारण लागत उच्च रहेकाे, युवाहरू सुविधाभाेगी हुँदै गएकाे र उमेर पुगिसकेका बुबाअामाकाे जिम्मेवारीमा नेपालकाे कृषि क्षेत्र जेनतेन धानिँदै अाएकाे लगायतका कुराहरूलार्इ उजागर गर्दै यसका उपयुक्त विकल्पहरू समेत समेटेकाे  गैरेकाे प्रस्तुतिले नेपालकाे अहिलेकाे कृषि कता जाँदैछ भन्ने कुराकाे स्पष्ट चित्रण गरेकाे छ ।

    गैरेकाे प्रस्तुतीमा यस क्षेत्रका समस्याहरू मात्र समेटिएका थिएनन् । युवाहरूलार्इ अाकर्षित गर्ने तरिका, कृषिमा रहेका सम्भावना, उत्पादकत्व वृद्दि, वेमाैसमी उत्पादन, थाेपा सिँचार्इ तथा अाधुनिक प्रविधिकाे प्रयाेग, कृषिमा अनुदान तथा सहुलियत ऋण, नेपालमा कृषि क्षेत्रका केही सफलताका उदाहरणहरू लगायतका कुराहरू समेत उक्त प्रस्तुतिले विशेष प्राथमिकताकाे साथ उठान गरेकाे छ ।

    कृषिकाे व्यावसायिकरणमा लामाे समय देखि विशेष पहल गर्दै अाएका गैरेकाे प्रस्तुतिबाट कार्यक्रममा संलग्न करिब ४ सय युवाहरूमा नयाँ अाशा पलाएकाे छ । पूर्वी क्षेत्रका करिब १ सय लियाे क्लबमा अावद्द युवाहरू उक्त कार्यक्रममा संलग्न थिए । पहिले वैदेशिक राेजगारीकाे विकल्प नदेखेकाे बताउने केही युवाहरूले  प्रस्तुती पश्चात् अब अाफूहरू नेपालमा नै रहेर कृषि क्षेत्रमा नै रहेर काम गर्नेमा प्रतिवद्द समेत देखिएकाे प्रतिक्रिया दिए ।

     

    कार्यक्रममा लायन्स क्लब ३२५ बि २ अन्तरगत १ नम्बर प्रदेशका लियाे क्लबहरूमा अावद्द युवाहरूकाे उल्लेखनीय उपस्थिति थियाे । उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका गभर्नर सञ्जय खेतान समेत उपस्थित थिए ।

    अन्तर्राष्ट्रिय ठूलाे सञ्जालकाे रूपमा रहेकाे लायन्स क्लबले नेपालमा समेत विभिन्न सामाजिक गतिविधिहरूमा अाफ्नाे सहभागिता जनाउँदै अाएकाे छ । खासगरी अाँखा, रगत लगायतकाे क्षेत्रमा संगठित रूपमा काम गर्दै अाइरहेकाे लायन्स क्लबबाट संकलित रकमलार्इ अझ व्यवस्थित तवरले नयाँ क्षेत्रहरूकाे पहिचान गरी उक्त क्षेत्रमा प्रयाेग गर्न सकेकाे खण्डमा यसले सामाजिक उत्तरदायित्व, विकासनिर्माण, राेजगारी सृजना लगायतकाे क्षेत्रमा निकै महत्वपूर्ण भूमीका निर्वाह गर्न सक्छ ।

    Comment

    Related News 

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: