शहिद स्मृति अस्पतालमा शहिद परिवारलाई विशेष सहुलियत

  • अस्पतालका सञ्चालक सँगको अन्तरवार्ता

  • कल्याण भण्डारी, सञ्चालक, शहिद स्मृति आयुर्वेद अस्पताल (बालाजु)

    बालाजु चोकमा सञ्चालनमा रहको शहिद आयुर्वेद अस्पतालले विरामीहरुलाई प्राकृतिक पद्धतिबाट उपचारको काम गर्दै आएको छ । साथै शहिद परिवार तथा कमजोर आर्थिक अवस्था भएका विरामीहरुलाई अवस्था हेरी निःशुल्क तथा विशेष सहुलियतमा समेत उपचार गर्दैै आएको छ । अस्पतालमा कल्याण भण्डारी मञ्जिला सुवेदीको लगानी रहेको छ । शहिदहरुको स्मरणमा स्थापना गरिएको हुनाले आफूहरुले शहिद परिवारका सदस्यहरुलाई विशेष सहुलियतमा सेवा उपलब्ध गराउँदै आएको समेत सञ्चालक कल्याण भण्डारीले बताएका छन् । पछिल्लो समय यस अस्पतालले योग पद्धतिमा आधारित थेरापीबाट समेत उपचार शुरु गरेको छ । साथै महिलाहरुको लागि महिला डाक्टरबाट नै उपचार गर्ने व्यवस्था समेत अस्पतालले उपलब्ध गराएको छ ।

    यो अस्पताल स्थापनाको उद्धेश्य के हो ?
    म लामो समय सामाजिक क्षेत्रको निकट नै रहेर विभिन्न जिम्मेवारी पूरा गरेको व्यक्ति हुँ । नेपालको जनयुद्ध कालमा युवा वर्गको नेतृत्व कार्यमा प्रत्यक्ष संलग्न रहँदै मैले मुलुक शान्तिसम्झौतामा गइसकेपछि ट्रेड युनियनको समेत नेतृत्व गर्ने अवसर पाएँ । पछि केही समय प्राकृतिक चिकित्सामा आधारित अकुपन्चर क्षेत्रमा समेत काम गर्ने अवसर मिल्यो । जसले गर्दा यस क्षेत्रलाई नजिकबाट बुझ्ने मौका पाएँ । यसै सन्दर्भमा नेपालमा नै रहेर नेपालीहरुलाई प्रत्यक्ष लाभ पुग्ने कार्यमा हाम्रो योगदान पनि महत्वपूर्ण हुन्छ भन्ने मान्यताले यो अस्पताल सञ्चालन गरेका हौं । हामीले आर्थिक अवस्था कमजोर भएका र शहिद परिवारको लागि निःशुल्क रुपमा समेत सेवा उपलब्ध गराउँदै आएका छौं ।

    तपाईं किन शहिदको नामबाट अस्पताल सञ्चालन गर्न प्रेरित हुनुभयो ?
    मेरो परिवारका दाईहरु पनि जनयुद्धमा संलग्न रहनुभएको र सोही क्रममा नै जीवन आहुति दिनुभएको पीडा समेत मेरो मनमा बिझिरहेको थियो । त्यस सन्दर्भलाई समेत हृदयङ्गम गर्दै ऊहाँहरुको योगदानको समेत कदर हुने र समाजमा दुःख पाएका व्यक्तिको उद्धार समेत हुने मान्यताले शुरु गरेको यस अस्पतालबाट विरामीलाई निःशुल्क उपचार गराउन पाउँदा मलाई विशेष आनन्दको महसुस हुन्छ । त्यसैकारण हामीले यो अस्पतालबाट मुनाफा भन्दा पनि विरामीको सेवालाई नै मुख्य प्राथमिकता दिएका छौं ।

    हामीले समय–समयमा विरामीको सहजतालाई ध्यान दिँदै निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएका छौं । हामीले अस्पतालबाट निःशुल्क स्वास्थ्य जाँच तथा औषधीमा समेत छुट गरेका छौं ।

    जनयुद्धकालका घाइते तथा विरामीहरु अहिले कुन अवस्थामा छन् ?
    जनयुद्ध कालका थुप्रै घाइते तथा विरामीहरु अहिले पनि उपचारको अभावमा छटपटाइरहेका छन् । जनयुद्धको नेतृत्व गरेको दल सरकारमा गएपनि आफ्नो विगत सम्झन सकेन । थुप्रै सङ्ख्यामा घाइतेहरु अहिले पनि उपचारको अभावमा नै बाँचिरहेका छन् । यस्तो अवस्थामा हामीले हाम्रो तर्फबाट उनीहरुलाई सक्दो सहयोग गर्नुपर्छ भन्ने मान्यता बमोजिम उपचार सेवा उपलब्ध गराउन र समाज प्रतिको हाम्रो दायित्व पूरा गर्नुपर्छ भन्ने मान्यताले हामी सञ्चालित छौं ।

    हाल यो अस्पतालमा कस्ता सेवाहरु सञ्चालनमा छन् ?
    हाल यस अस्पतालले विशेषज्ञ सेवा निकै कम शुल्कमा उपलब्ध गराएको छ । हाल खासगरी वहिरङ्ग सेवा उपलब्ध गराइरहेको यस अस्पतालले आगामी दिनमा अन्तरङ्ग सेवा समेत सञ्चालनमा ल्याउने योजना बनाएको छ । खासगरी पाइल्स लगायतका समस्यामा क्षारसूत्र विधिबाट उपचार गर्ने क्रममा विरामीको उपचार पश्चात् उपयुक्त परामर्श सहित आफन्तको रोहवरमा सोही दिन नै घरमा पठाउने काम अस्पतालले गर्दै आएको छ ।

    अहिले शहरी क्षेत्रमा रहेका अधिकांश मानिसहरुमा देखिने अस्वस्थकर लक्षणहरु उनीहरुका खानपिन र बानीव्यवहारकै कारण सृजना भएका हुन् । सन्तुलित खाना, समयानुकुल दैनिक क्रियाकलापहरु, दैनिक योग तथा व्यायाम, सोचविचार लगायतमा सतर्क हुने हो भने धेरैजसो शारीरिक समस्याहरुबाट बच्न सकिन्छ ।

    हाल यस अस्पतालमा उपचारमा संलग्न चिकित्सकहरु कुन कुन क्षेत्रका विशेषज्ञ हुनुहुन्छ ?
    हाल अस्पतालमा सेवारत डाक्टरहरुमा डा. प्रतिभा त्रिपाठी (पञ्चकर्म फिजिसियन) डा. सत्यराम जोसी (विएमएस), साथै डा. राज कुमार बन्जारा (क्षारसूत्र), अकुपन्चरको लागि काशि खतिवडा (ऊहाँले चीनबाट एमडि गर्नुभएको हो) लगायत हुनुहुन्छ । योगा थेरापिष्टको रुपमा यस अस्पतालमा गणेश गैरेले सेवा दिइरहनुभएको छ । हामीले महिलाहरुको निम्ति महिला डाक्टरकै व्यवस्था गराएका छौं । अस्पतालको अवस्था माथि उठाउनमा समेत हाम्रा विशेषज्ञ डाक्टरहरुको महत्वपूर्ण भूमीका छ ।

    उपचारको निम्ति अस्पतालमा आउने विरामीहरु कुन–कुन माध्यमबाट आउने गरेका छन् ?
    अस्पतालबाट निको भएर गएका विरामी (सेवाग्राहीहरु) नै यस अस्पतालमा अन्य विरामीहरु आउनको निम्ति मुख्य माध्यम बन्ने गरेका छन् । हामी बालाजु चोक नजिकै छौं । हामीले उपत्यका बाहिरबाट आएका विरामीहरुको निम्ति पनि नयाँबसपार्क आउन सहज र उपयुक्त हुने क्षेत्र छनौट गरेर सेवा सञ्चालन गरिरहेका छौं । यसैगरी हामीले समय समयमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएका छौं । खासगरी हामीले प्रदान गर्ने सेवा र विरामीको सन्तुष्टिकै कारण पछिल्लो समय यस अस्पतालमा विरामीहरुको चाप बढ्दै गएको छ । यसमा हामी सन्तुष्ट छौं । हामीलाई सहयोग गरी अघी बढ्न हौसला प्रदान गर्नुहुने सबैमा हामी आभार पनि छौं ।

    अस्पतालले शुरु गरेका सेवा मध्ये पृथक विशेषताहरु केही छन् कि ?
    हामी प्राकृतिक चिकित्सामा आधारित रही सेवा दिइरहेका छौं । हामीले यस अस्पतालबाट पछिल्लो समय विना उपचार योगथेरापीको माध्यमबाट समेत उपचार गराइरहेका छौं । मानिस प्रकृतिकै उपज हो र सम्पूर्ण रोगको समाधान प्रकृतिमा नै छ भन्ने मान्यता बमोजिम प्राकृतिक पद्धतिलाई अँगालेर हामीले निरन्तर रुपमा सेवा दिइरहेका छौं । यद्यपि यस सेवा प्रति मानिसहरुको आकर्षण समेत बढ्दै गएको छ ।

    कतिपय मानिसहरुलाई अहिले पनि प्राकृतिक उपचार पद्धतिको बारेमा जानकारी समेत छैन । यद्यपि प्राकृतिक चिकित्साको बारेमा जानकारी पाएका व्यक्तिहरु भने यसै पद्धतिबाट नै आफ्नो उपचार गराउन चाहनुहुन्छ । एलोपेथिकको तुलनामा केही ढिलो यसको प्रभाव देखिने भएपनि यो विधि प्राकृतिक भएको कारण साइड इफेक्ट रहित विधि समेत हो । यसको लागि यस अस्पतालमा हाल योगथेरापी तथा आयुर्वेदिक उपचार सेवा उपलब्ध छ ।

    आधुनिक एलोपेथिक पद्धतिबाट उपचार गराइरहेका विरामीहरुमा प्राकृतिक चिकित्साबाट उपचार गराउँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
    अहिले अधिकांश मानिसहरु रोगको खास कारण नबुझी छिटो उपचारको नाममा एलोपेथिक उपचार पद्धतिलाई अपनाईरहेका छन् । एलोपेथिक उपचार आधुनिक प्रयोगमा आधारित उपचार विधि हुँदाहुँदै पनि यस पद्धतिबाट पनि सबै किसिमका रोगहरु ठीक हुँदैनन् । साथै औषधीको साइड इफेक्ट समेत देखिन सक्छ । यसबारेमा धेरैजसो विरामीहरुलाई जानकारी छैन । जसले यो जानकारी पाउनुभएको छ, ऊहाँहरुले प्राकृतिक चिकित्साबाट नै उपचार गराउन इच्छुक हुनुहुन्छ । साथै महत्वपूर्ण कुरा भनेको जनताहरुलाई दुवै पद्धतिका सकारात्मक र नकारात्मक पक्षहरु बारे सही जानकारी गराई कुन पद्धति अपनाउने भन्ने निर्णय विरामीलाई नै छोडिदिनुपर्छ ।

    औषधी प्रशोधनको निम्ति पहल गर्ने हो भने नेपालमा यसबाट ठूलो रोजगारी सृजना गर्न सकिन्छ । यसको लागि नेपाली युवाहरु हामी र हाम्रो समाजलाई सही दिशा दिनको निम्ति अब जाग्नुपर्छ भन्ने भावना जागृत हुनु जरुरी छ । हामीसँग सीप छ, जाँगर छ, काम गर्ने इच्छा शक्ति छ, योजना छ । हामी आवश्यक प्रविधिहरु भित्र्याउन सक्छौं । यद्यपि हामीलाई राज्यबाट केही नीतिगत, सुरक्षा र आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध हुनुपर्छ ।

    नेपालमा आयुर्वेदको सम्भावना कस्तो छ ?
    नेपाल आयुर्वेदको लागि उर्वर भूमी हो । हाम्रा वरपर पाइने अधिकांश रुखविरुवाहरु कुनै न कुनै औषधीय गुण बोकेका नै हुन्छन् । तर हामीले ती औषधीहरु चिन्न सकेका छैनौं । ती औषधीहरुलाई राम्रो तवरले प्रयोगमा ल्याउने र यसको प्रशोधनको लागि काम गर्ने हो भने यस क्षेत्रले पनि मुलुकमा रोजगारी सृजना, आर्थिक समृद्धि र आयात प्रतिस्थापन लगायतका कामहरुमा महत्वपूर्ण योगदान दिन सक्छ । हाम्रै वरपर पाइने वस्तुहरुको सही तवरले उपयोग गर्दा हामी स्वस्थ र निरोगी बन्न सकिने हुँदाहुँदै पनि यसबारेमा जानकारी हुन नसक्दा आयुर्वेद र प्राकृतिक चिकित्सा बारे मानिसहरु त्यति सचेत र जानकार भने छैनन् ।

    औषधी प्रशोधन उद्योग सञ्चालन बारे पनि केही सोच्नुभएको छ कि ?
    तत्काल सम्भव नभएपनि केही बर्ष पछि औषधी उद्योग समेत सञ्चालन गर्ने हाम्रो योजना छ । हामीले औषधी प्रशोधनको निम्ति पहल गर्ने हो भने नेपालमा यसबाट ठूलो रोजगारी सृजना गर्न सकिन्छ । यसको लागि नेपाली युवाहरु हामी र हाम्रो समाजलाई सही दिशा दिनको निम्ति अब जाग्नुपर्छ भन्ने भावना जागृत हुनु जरुरी छ । हामीसँग सीप छ, जाँगर छ, काम गर्ने इच्छा शक्ति छ, योजना छ । हामी आवश्यक प्रविधिहरु भित्र्याउन सक्छौं । यद्यपि हामीलाई राज्यबाट केही नीतिगत, सुरक्षा र आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध हुनुपर्छ । नेपालमा नै रहेर नेपालको हितको निम्ति काम गर्न चाहने योजना सहित अघी बढ्न चाहने व्यक्ति तथा संस्थालाई राज्यले पनि आफ्नै सम्पत्ति ठानी सहयोग र संरक्षण गर्नुपर्छ ।

     

    प्राकृतिक अस्पताल सञ्चालन गरिरहँदा मानिसको स्वास्थ्यमा खानपिन र परिस्थितिले कस्तो प्रभाव पार्ने पाउनुभएको छ ?
    अहिले शहरी क्षेत्रमा रहेका अधिकांश मानिसहरुमा देखिने अस्वस्थकर लक्षणहरु उनीहरुका खानपिन र बानीव्यवहारकै कारण सृजना भएका हुन् । सन्तुलित खाना, समयानुकुल दैनिक क्रियाकलापहरु, दैनिक योग तथा व्यायाम, सोचविचार लगायतमा सतर्क हुने हो भने धेरैजसो शारीरिक समस्याहरुबाट बच्न सकिन्छ ।
    अहिले हामीमा देखिएको समस्या भनेको हामीमा भएको रोग अर्थात समस्या समेत लुकाउने प्रचलन छ । जब हामीलाई रोगले निकै गाह्रो अवस्थामा पु¥याउँछ, तब मात्र हामी स्वास्थ्य संस्थामा आउँछौं । जहाँ सम्म महिलावर्गको कुरा छ, अधिकांश महिलाहरु आफ्नो शरीरका समस्याहरु बताउन लाज मान्ने किसिमका हुनुहुन्छ । तुलनात्मक रुपमा पुरुष भन्दा महिलालाई बढी रोग लाग्ने गर्छन् । यसै कुरालाई लक्षित गरी हामीले महिला डाक्टर समेत अस्पतालमा राखेका छौं ।

    अन्त्यमा के भन्नुहुन्छ ?
    हामीले प्राकृतिक पद्धतिबाट उपचार गराई स्वस्थ रहन चाहने व्यक्तिहरुलाई लक्षित गरी विरामीको अवस्था बमोजिम हामीले विशेष सहुलियतमा विशेषज्ञ सेवा उपलब्ध गराइरहेका छौं । यसबाट सबै वर्ग लाभान्वित हुनुस् । हामी यसैमा सन्तुष्ट हुनेछौं । अस्पतालको सेवाहरुबारे जानकारीको लागि ९८५१०१७३७० मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै यदि तपाईंको आर्थिक अवस्था कमजोर छ भने उपचारबाट वञ्चित हुनुपर्दैन, शहिद स्मृति अस्पतालले तपाईंहरुलाई भरपूर सहयोग गर्नेछ ।

    Comment

    Related News 

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: