सार्वजनिक भयो ‘ढलढल ढल्केर’ नामक तीज गीत


चर्चित गायिका टिका पुन र माधव पंगेनीको आवाजमा भर्खरै सार्वजनिक भएको ‘ढलढल ढल्केर’ नामक तीज गीतमा उदाउँदै गरेका सर्जक मीन प्रकाश ओलीको शब्द र संगीत रहेको छ ।
गीतमा अभिनय भुपेन्द्र डाँगी, रितु कोइराला, दीपेश एस.के तथा साधना राईको अभिनय रहेको छ ।

यस गीतमा जनक राज अधिकारीको छायांकन रहेको छ भने म्युजिक भिडियोमा मनिष कार्कीको सम्पादन रहेको छ । उक्त गीतको कोरियोग्राफीको भूमीकामा समेत दीपेश एस.के नै रहेका छन् । गीतको निर्देशन प्रिजन राईले गरेका हुन् ।
मौलिक तीज गीतको रुपमा बजारमा आएको यस गीतले सबै वर्गका नेपालीहरुलाई समेटेको छ भने नेपालमा रोजगारीको उचित व्यवस्था हुन नसक्दा विदेशिनुपर्ने बाध्यतालाई विशेष रुपमा प्रस्तुत गरेको छ ।

यस गीतले तीजको रमझम मान्न लाहुरे विदेशबाट विदा लिइ नेपालमा आएको र तीजको समापन पश्चात् पुन विदेशिएको विषयवस्तु समेत समेटिनुले गीतलाई थप आकर्षित बनाएको छ ।
गीतले दर्शक र श्रोता बीच राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ । सार्वजनिक भएको छोटो समयमा नै यस गीत प्रति निकै राम्रो प्रतिक्रिया समेत आइरहेको छ ।
गीतलाई निम्न शब्दले थप प्रष्ट पार्ने बुझ्न सकिन्छ ।

परदेशबाट यो तीजमा घर फर्केर आएँ
मेरो देशको दौरा सुरुवाल ढाका टोपी लाएँ
बरिलै ढलढल ढल्केर………………
दुनियाँको नजर मलाई ढाकाटोपी टल्केर
लै बरिलै ….ढलढल ढल्केर…………

यस गीतलाई पूर्वेली जूनतारा म्युजिक प्रा.लि.ले बजार व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: