‘युट्युवमा भाईरल’ नामक गीत सार्वजनिक


मीन प्रकाश ओलीको शब्द, संगीत तथा स्वरमा तीजको गीत ‘युट्युवमा भाइरल’ भर्खर मात्रै सार्वजनिक भएको छ ।

म्युजिक भिडियो सहित सार्वजनिक गरिएको यस गीतमा मीन प्रकाश ओलीसँगै पुष्पा वोहराको आवाज रहेको छ भने म्युजिक भिडियोमा भुपेन्द्र डाँगी, सुसान्त आर.टी, सागरी कार्की, स्वस्तिका घिमिरे तथा कमेडीको भूमीकामा भोला अधिकारी, इन्द्र आले र समिर राईको अभिनय रहेको छ ।

जनक राज अधिकारीको छायांकन रहेको यस म्युजिक भिडियोलाई मनिष कार्कीले सम्पादन गरेका हुन् । यसैगरी उक्त गीतमा दीपेश एस.के.को कोरियोग्राफी र प्रिजन राईको निर्देशन रहेको छ ।
समसामयिक विषयवस्तुहरुमा केन्द्रित यस गीतले युवा वर्गलाई विशेष आकर्षित गर्ने देखिएको छ ।

यस गीतलाई पूर्वेली जूनतारा म्युजिक प्रा.लि.ले बजार व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: