नेपाल टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारी बर्खास्त


काठमाडौं । सरकारले नेपाल टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले महाप्रबन्धक राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

२०७३ सालको असोजमा ३ वर्षको लागि महाप्रबन्धकमा नियुक्त हुनुभएकी कामिनी राजभण्डारीलाई केपी ओली नेतृत्वको सरकारले स्पष्टिकरण सोधेको थियो । तर उहाँले चित्तबुझ्दो जवाफ नदिएको भन्दै सरकारले बर्खास्त गरेको हो ।

टेलिकमको नाफा बढाउन नसकेको, गुणस्तर सुधारमा ध्यान नदिएको, फोर जी सेवा सञ्चालन गर्दा अनियमितता गरेको लगायतका आरोप उहाँमाथी लाग्दै आएका थिए ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: