स्वीडेनमा ८० कारमा आगजनी


युरोपेली मुलुक स्वीडेनमा अराजक समुहले ८० वटा कारमा आगजनी गरेको छ । ‘ब्ल्याक क्लाड युथ’ नाम गरेको अराजक समुहले सोमबार राति दर्जनौ कारमा आगजनी गरेको हो ।

बीबीसीका अनुसार ती युवाहरुले स्थानीय समय अनुसार रातको ९ बजेदेखि कारमा तोडफोड र आगजनी सुरु गरेका थिए । पश्चिमी शहर गोथेनबर्गमा तोडफोड र आगजनी अत्यधिक भएको जनाइएको छ ।

अनुहार छोपेका अराजक युवाहरुले कार तोडफोड गर्ने क्रममा प्रहरीमाथि समेत ढुंगामुढा गरेका थिए । प्रहरीले घटनामा संलग्न केही युवाहरुलाई पहिचान गरी अनुसन्धान सुरु गरेको छ । घटनाको उद्देश्य खुल्न सकेको छैन ।

घटनापछि स्वीडेनका प्रधानमन्त्रीले सरकारी रेडियोबाट सम्बोधन गर्दै ती अराजक युवाहरुलाई ‘आखिर के का लागि तिमीहरु यी घटना गर्दैछौ ?’ भन्ने प्रश्न गरेका छन् ।

सन् २०१३ मा समेत यस्तै घटना भएको थियो। उतिबेला त्यसबेला आप्रवासी सम्बन्धी गलत नीति, रोजगारको अभाव र धनी गरिब सम्बन्धी अस्पष्ट नीतिलाई लिएर युवाहरु आतंकित बनेका थिए ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: