दीपिका–रणवीरको विवाहको मिति तोकियो, कहाँ कस्दैछन् लगनगाँठो


बलिउडका स्टार अभिनेता राणवीर सिंह र अभिनेत्री दीपिका पादुकोनबीच विवाह हुने पक्का भएको छ । यी दुवैले आउँदो नोवेम्बर २० मा इटालीमा विवाह गर्ने भएका हुन् ।

रणवीर र दीपिका दुवैले विवाहको तयारी थालिसकेको भारतीय मिडियाले जनाएका छन् । उनीहरुको वैवाहिक कार्यक्रममा जम्मा ३० जना पाहुनाहरुलाई बोलाउने भएका छन् । समाचारअनुसार यी दुईको विवाहका लागि इटालीको एक पार्टी प्यालेससमेत पक्का गरिसकिएको छ ।

यसअघि इटालीमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले इटलीमाविवाह गरिसकेका छन् । दीपिकाले आफ्ना नजिकको आफ्न्तहरुलाई इटाली बहुतै मनपर्ने बताउँदै आएकी थिइन् । त्यसैले उनले आफ्नो विवाहको कार्यक्रम पनि इटालीमै गर्ने योजना बनाएको स्रोतले जनाएको छ ।

विवाहको मिति पक्का भएपछि उनीहरुलाई बधाइ र शुभकामनाको ओइरो लाग्न थालेको छ । उनीहरुलाई सबैभन्दा पहिलो बधाइ कबिर बेदीले दिएकी थिइन् । उनीहरुले इटालीमा विवाह गरे पनि पार्टी भने मुम्बइमा दिने पनि स्रोतले जनाएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: