टेलिकम हाँक्न कामिनी असफल, सरकारले चाल्यो यस्तो कदम


नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकाले ७२ घण्टे स्पष्टिकरण सोधेको छ । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

भण्डारीलाई सरकारले स्पष्टिकरण सोधेको यो दोस्रो पटक हो । यसअघि गत वैशाखमा पनि सरकारले भण्डारीलाई स्पष्टिकरण सोधेको थियो । त्यसअघि अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीलाई बोलाएर टेलिकमको कार्यप्रगतिबारे सोधेका थिए ।

त्यतिबेला प्रधानमन्त्री ओलीले भण्डारीलाई बोलाएर टेलिकमले काठमाण्डु र पोखराबाहेक अन्यत्र फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेको बिषयमा प्रष्टिकरण सोधेका थिए । त्यसलगत्तै उनको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै सरकारले उनलाई सात दिने स्पष्टिकरण सोधेको थियो ।सरकारले उनकाे स्पष्टीकरण चित्त बुझ्दा नअाएमा विकल्प साेच्ने निर्णय गरेकाे स्राेतले बतायाे ।

‘कामिनीले तीन महिनाभित्र टेलिकमको स्थितिमा सुधार गर्ने बताउनुभएको थियो,’ स्रोतले भन्यो, ‘तर उहाँले आफ्नो प्रतिबद्धता पूरा गर्न सक्नुभएन । टेलिकम झन् धरासयी बन्दै गएको छ । त्यही भएर स्पष्टिकरण सोधिएको हो ।’

२०७३ असोजमा तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी हुन् । उनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक पनि हुन् । उनी टेलिकमको पहिलो महिला प्रबन्ध निर्देशक हुन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: