विराटनगर महानगरपालिकामा बम विष्फोट, मेयरलाई निशाना


विराटनगर महानगरपालिकाका मेयरको कार्यकक्ष नजिकै बम विष्फोट भएको छ । विष्फोटबाट कुनै मानवीय क्षति भएको छैन् । प्रहरीले मेयर भीम पराजुलीलाई निशाना बनाएकाे छ । बम कसले र किन गर्याे भन्ने एकिन भइसकेकाे छैन् ।

बम विस्फोटबाट मेयरको गाडीमा क्षति पुगेको छ । विस्फोटपछि कार्यालयमा कर्मचारीको भागदौड चलेको थियो ।

प्रहरीले बम विस्फोट भएको पुष्टि गर्दै विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएको छ । आइतबार दिउँसो २ बजे मेयरको आगन्तुक कक्षमा बम विस्फोट भएको हो । प्रहरीले कुकर बम विस्फोट भएको पुष्टि गरेको छ ।

बम मेयरको कार्यकक्षबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष जाने प्यासेजमा विस्फोट भएको हो । बम विस्फोटले महानगरपालिका कार्यालयको झ्यालका सिसा फुटेका छन् । दराजमासमेत क्षति पुगेको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: