दक्षिण अफ्रिकामाथि श्रीलंकाको रोमाञ्चक जित



कोलम्बो । श्रीलंकाले डक वर्थ लेविस नियमअनुसार दक्षिण अफ्रिकामाथि चौथो एकदिवसीय खेलमा ३ रनको रोमाञ्चक जित निकालेको छ । श्रीलंकाले चौथो खेलमा जित दर्ता गरेपछि श्रीलंका ३–१ ले पछि पर्दै सिरिज गुमाइसकेको छ । पाँच खेलको सिरिजमा दक्षिण अफ्रिकाले लगातार ३ खेलमा जित निकालेको थियो ।

वर्षाले प्रभावित
वर्षाले प्रभाव पारेको खेलमा पहिलो ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभरमा ७ विकेट गुमाएर ३ सय ६ रनको योगफल खडा ग-यो । दक्षिण अफ्रिकाको ब्याटिङमा पनि वर्षा भयो । डक वर्थ लेविसअनुसार दक्षिण अफ्रिकाले नयाँ लक्ष्यका रूपमा २१ ओभरभित्र १ सय ९१ रन बनाउनुपर्ने भयो । दक्षिण अफ्रिकाले २१ ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन जोड्यो । दक्षिण अफ्रिकाका हसिम अमलाले ४० तथा जेपी डुमिनीले ३८ रन बनाए ।

राम्रो सुरुवात
दक्षिण अफ्रिकाले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो २.६ ओभरमा दक्षिण अफ्रिकाले १ विकेट गुमाएर ३४ रन बनाएको थियो । क्विन्टन डी ककले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरी २३ रन बनाएका थिए । त्यसपछि हेन्ड्रिक्स २ रनमै आउट हुँदा दक्षिण अफ्रिका ४.४ ओभरमा ५१–२ को अवस्थामा रह्यो । अमला र डुमिनीले तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई जितको आशा दिलाए । अमलाले २३ बलमा ६ चौकाको सहयोगमा ४० रन जोडे । डुमिनीले २३ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: