सिंहदरबारको रेट्रोफिटिङ गरिँदै


भूकम्पपछि जीर्ण बनेको सिंहदरबारको मुख्य भवनका ३ भागको रेट्रोफिटिङ सुरु भएको छ । प्राधिकरणले २२ करोड लागतमा रेट्रोफिटिङ थालेको हो । शर्मा न्यु टेक्नोलाजी जेभीलाई रेट्रोफिटिङको जिम्मेवारी दिएको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिका प्रमुख वसन्तकुमार राईले जानकारी दिए । उनले सचिवालयले रेट्रोफिटिङको गर्ने कामको जिम्मेवारी पाए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काममा असहयोग गरी यसको जिम्मेवारी आफैले लिएको उल्लेख गरे । 

सिंहदरबारको मुख्य भवनको ३ भागको रेट्रोफिटिङको काम सुरु भए पनि पश्चिम मोहोडाको भाग भत्काउने वा रेट्रोफिटिङ गर्ने भन्नेमा प्राधिकरणले अझै टुङ्गो लगाएको छैन । सिंहदरबारको अघिल्लो भागसमेत रहेको पश्चिम मोहोडालाई के गर्ने भन्ने विषयमा अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ । अध्ययनका लागि ‘इन्फ्राइस्ट्रक्चर इन्जिनियरिङ रिसर्च एन्ड कन्सल्ट्यान्ट प्रालीलाई प्राधिकरणले जिम्मेवारी दिएको छ । यो कम्पनीसँग प्राधिकरणले १ करोड ७० लाखमा सम्झौता गरेको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: