शनिवार १ दिवसीय माइण्ड म्यानेजमेन्ट वर्कशप अायाेजना हुँदै


यही श्रावण २६ गते शनिवार साइकोसोसियल हिलिङ एण्ड मेडिटेसन सेन्टरको आयोजनामा माइन्ड म्यानेजमेन्ट सम्बन्धी १ दिने वर्कशप आयोजना हुन लागेको छ । कार्यक्रम संस्थाको कार्यालय बालाजु बाइपास स्थित देव विकास बैंकको भवनबाट सञ्चालन हुनेछ । कार्यक्रमको सञ्चालन सन्दीप कुमार पाण्डे र केशव थापाबाट हुनेछ ।
सकारात्मक सोचको विकास र लक्ष्य निर्धारण लगायतका विभिन्न माध्यमबाट सफलता कसरी प्राप्त गर्ने भन्नेमा वर्कशप केन्द्रित हुनेछ ।

वर्कशपमा समेटिने विषयवस्तुहरु ः
वर्कशपमा मानवीय मष्तिष्कको परिचय, बनोट, कार्य प्रणाली, क्षमता र यसलाई प्रभाव पार्ने आन्तरिक तथा बाह्य तत्वहरु, मष्तिष्कमा उत्पन्न हुने तनाव र यसको व्यवस्थापन, मनस्थिति र यसलाई सकारात्मक तवरले परिवर्तन गर्न अपनाउने तरिकाहरु, श्वासप्रश्वासका प्रक्रिया र व्यवस्थापन, शरीरमा उत्पन्न हुने समस्या (रोग)हरु, यसका कारण र त्यसको व्यवस्थापन, खुसी रहनको निम्ति अपनाउनुपर्ने बानीव्यवहार, खानपानले पार्ने प्रभाव लगायतका विषयवस्तुको अलावा प्रकृतिका नियमहरु र यसले व्यक्तिको सोचमा आउने परिवर्तन लगायतमा वर्कशप केन्द्रित हुनेछ । वर्कशपमा सैद्धान्तिक ज्ञानको अलावा प्रयोगमा आधारित व्यावहारिक ज्ञानलाई विशेष जोड दिइनेछ ।

किन वर्कशपमा सहभागि हुने ?
मानवीय मष्तिष्कमा भएका भ्रमहरु र आफू अर्थात आफ्नो मष्तिष्कको क्षमतामा भएको भ्रमको कारण मानिसहरु ठूलो लक्ष्य लिन नसक्ने र परिणामतः सानै उपलब्धिमा नै रमाउने साथै मानिस विभिन्न मानसिक समस्या तथा दुखपीडामा नै रहने भएको कारण अन्य प्रगति गर्न नसकेको परिस्थितिमा कसरी उक्त मानसिक बन्धन तोडेर अघी बढ्न र मानसकि रुपमा खुसी र भौतिक प्रगतिमा लाग्न सकिन्छ भन्नेमा समेत विशेष जानकारी पाउन सकिनेछ । वर्कशपबाट विद्यार्थी, शिक्षक, उद्यमी तथा व्यवसायी, विभिन्न रोग तथा समस्याहरुबाट पीडित व्यक्ति, सफलता चाहने हरेक व्यक्ति, नयाँ व्यवसायमा आउन चाहने व्यक्ति लगायतले लाभ लिन सक्नेछन् ।

यो वर्कशप एनएलपी र आकाशा हिलिङ विधिमा आधारित रही सञ्चालन हुनेछ । वर्कशप बारे थप जानकारीको लागि आयोजक केशव थापालाई ९८५१००८५१७ मा सम्पर्क गर्न सकिनेछ ।

एनएलपी माष्टरको रजिष्ट्रेसन खुल्ला ः
साइकोसोसियल हिलिङ एण्ड रिसर्च सेन्टर पछिल्लो समय नेपालका युवाहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालनमा केन्द्रित छ । एनएलपि तथा आकाश हिलिङ सम्बन्धी विभिन्न चरणमा वर्कशपहरु सञ्चालन गरिसकेको यस संस्थाले यही अगष्ट १७ देखि १ महिनाको लागि एनएलपी माष्टर एण्ड वेलनेश कोर्ष समेत सञ्चालन गर्न लागेको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: