पुनर्निर्माण प्राधिकरण भन्छः दोस्रो किस्ता वितरण रोक्नुपर्दैन


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित लाभग्राहीहरुलाई दोस्रो किस्ता वितरण जारी राख्न मातहत र सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

दोस्रो किस्ता लिने समयसीमा यही असार मसान्तसम्म रहेकोले केही जिल्लामा दोस्रो किस्ता वितरणमा अन्योल बढेको समाचार आएपछि प्राधिकरणले किस्ताका लागि सिफारिस तथा निरीक्षण नरोक्न परिपत्र गरेको हो । पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले यसअघि तोकिएको म्यादकै कारण दोस्रो किस्ता रोक्नु नपर्ने सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए ।

“पहिलो किस्ता लिई मापदण्डअनुसार घर बनाउन सुरु गरेका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन दिएमा निरीक्षण गरी सिफारिस जारी राख्न अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एवं भवनका केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाईहरु तथा सम्बन्धित स्थानीय तहका अधिकारीहरु र स्थानीय तहमा खटिएका प्राविधिकहरुलाई भनिसकिएको छ ।”

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: