पहिरोमा पुरिएर काभ्रेमा बालकको मृत्यु


काभ्रे । पहिरोमा पुरिएर काभ्रेमा एक १८ महिने बालकको ज्यान गएको छ । मन्डन देउपुर नगरपालिका–१०, नारीनखर्चका हेमबहादुर तामाङको घरमाथि बुधबार बिहान २ बजे खसेको पहिरोमा पुरिएर  उनका १८ महिने छोरा दीपकको ज्यान गएको हो । घरमा रहेका अन्य २ जनाले भने भागेर ज्यान जोगाएका छन् ।

प्रहरीका अनुसार, १ सय मिटर माथिबाट खसेको लेदोले १ घर पूर्णरुपमा क्षति भएको छ भने २ वटा टिनको टहरा बगाएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: