पन्थीको काँधमा सिर्जनशील साहित्यिक समाज


भैरहवा । सिर्जनशील साहित्यिक समाज सिसास भैरहवा रुपन्देहीको १५ औँ साधारण सभा तथा ७ औँ अधिवेशनले शशि पन्थीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । सिसासमा सचिवको जिम्मेवारी निर्वाह गरिसकेकाका पन्थी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । त्यसैगरी उपाध्यक्षमा धनबहादुर गहतराज, सचिवमा कमल पोख्रेल, सहसचिवमा राजेश चौधरी जिज्ञासु, कोषाध्यक्षमा दुर्गा विश्वकर्मा चयन भएका थिए । त्यसैगरी सदस्यहरुमा गंगा अभिलाषी, केशव शर्मा बेल्वासे, विष्णु गजुरेल र भिम भण्डारी गरी ९ सदस्यीय कार्यसमिति पछि बैठकबाट २ जना सदस्य थप गर्ने गरी नेतृत्व चयन भएको सिसासका निवर्तमान अध्यक्ष सुवास रिजाल यात्रीले जानकारी गराएका थिए ।

सिर्जनशील साहित्यिक समाज सिसासको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा सिसाका अध्यक्ष सुवास रिजाल यात्रीको अध्यक्षतामा वरिष्ठ साहित्यकार धवलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकारहरु प्राज्ञ बूँद राना, प्रा.डा. कपिलदेव लामिछाने, बालकृष्ण भट्राई, डा. दामोदर ढकाल, छन्दवादी समाज नेपालका केन्द्रीय संरक्षक कविराज पौडेल, उमेश चन्द्र रिजाल,समीक्षा मंच रुपन्देहीका अध्यक्ष हृदय लेकाली, माधव प्रसाद पन्थी,डि.वि.पुन,योगनाथ आचार्य, खगेन्द्र प्रसाद बस्याल, लक्ष्मी प्रसाद अधिकारी, कविता देवकोटा रिजाल, सीता काफ्ले, लक्ष्मी शर्मा, राम बहादुर श्रेष्ठ, सिसासका पूर्व अध्यक्षहरु तेज प्रसाद पन्थ, छवि ज्ञवाली, छविलाल न्यौपाने, स्रष्टा वासुदेव पोख्रेल, केशव शर्मा वेल्वासे, राधा भट्राई, विष्णु भण्डारी, गंगा घिमिरे, दुर्गा विश्वकर्मा, पुनहरी वेल्वासे, सुवानी तिवारी, दीप्ता तिवारी लगायतले गीत, गजल, कविता, मुक्तक वाचन गरेका थिए ।


कार्यक्रममा अध्यक्ष सुवास रिजाल यात्रीले अध्यक्षको प्रतिवेदन, सचिव शशि पन्थीले सचिवको प्रतिवेदन, धनबहादुर गहतराजले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । उपाध्यक्ष गंगा अभिलाषिको स्वागत मन्तव्य सचिव शशि पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नयाँ नेतृत्वलाई अधिवक्ता लोकराज पन्तले निर्वाचनको भुमिका निर्वाह गरेका थिए ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: