साहस परियाेजना अन्तरगत `स्वच्छ बगैंचा ः स्वच्छ घर`का कृषकहरूलार्इ सामाग्री वितरण


साहस परियाेजना अन्तरगत सञ्चालित स्वच्छ बगैंचा ः स्वच्छ घर  कार्यक्रमका कृषकहरूलार्इ विभिन्न कृषि सामाग्रीहरू वितरण गरिएकाे छ । कृषकहरूकाे जीवनस्तरमा सुधार ल्याउने र कृषिलार्इ व्यावसायिकरण गर्ने मान्यताकाे साथ शुरू गरिएकाे साहस परियाेजना अन्तरगतकाे  स्वच्छ बगैंचा ः स्वच्छ घरले अाफूहरूलार्इ जनजिवीका सञ्चालनमा निकै लाभ मिलेकाे स्थानीय कृषकहरू बताउँछन् ।

हाल वितरण गरिएका उक्त कृषि सामाग्रीहरू विभिन्न गैरसरकारी संस्थाहरू डिसिए, एक्सन नेपाल, एकीकरण नेपाल र नेपाल एग्राे लाइफकाे अापसी समन्वयनमा वितरण गरिएकाे हाे । वितरण गरिएका कृषि सामाग्रीहरूमा कृषकहरूलार्इ उत्पादन बढाउन अावश्यक पर्ने अत्याधुनिक कृषि अन्तरगत पर्ने थाेपा सिँचार्इ प्रविधि, झाेल मल बनाउने ड्रम, किराकाे पासाे, टनेल तथा बिउपलहरू रहेका छन् ।

कृषि सामाग्री वितरणकाे निम्ति अायाेजना गरिएकाे कार्यक्रममा  धादिङकाे वेनिघाट राेराङ गाउँपालिका अन्तरगत वडा नम्बर ९ का अध्यक्ष, एकीकरण नेपाल गाेरखाकाे तर्फबाट कार्यक्रम संयाेजक चन्द्र देवकाेटा तथा फिल्ड कर्मचारीहरू, एक्सन नेपालका तर्फबाट उमेश श्रेष्ठ, प्रशासन तथा लेखा अधिकृत विपिन थापा र फिल्ड कर्मचारीहरूकाे उपस्थिति थियाे भने नेपाल एग्राे लाइफकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन गैरे तथा प्राविधिकहरूकाे  उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे प्राविधिक सहयाेग नेपाल एग्राे लाइफले उपलब्ध गराएकाे हाे ।

उक्त कार्यक्रम धादिङकाे वेनिघाट राेराङ गाउँपालिकाका अध्यक्षकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे । 

स्वच्छ बगैंचा ः स्वच्छ घर लगायतका ग्रामीण कृषकलार्इ प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू नेपाल जस्ताे कृषिमा अाधारित मुलुकका अन्य जिल्लाहरूमा समेत विस्तार हुनसके कृषिबाट विकर्षित भइ विदेशिने युवा शक्तिलार्इ नेपालमा नै राेक्न र नेपाललार्इ विकासपथमा अघी बढाउनकाे निम्ति समेत महत्वपूर्ण याेगदान पुग्नेछ । ग्रामीण कृषिकाे स्तर माथि उठ्न सकेमात्र मुलुकले सही अर्थमा विकासकाे गति लिन सक्ने कुरालार्इ विशेष ध्यान दिँदै अघी बढेकाे यस स्वच्छ बगैंचा ः स्वच्छ घरकाे अभिप्राय समेत ग्रामीण कृषिकाे सशक्तिकरणमा याेगदान पुर्याउने रहेकाे देखिन्छ । यस्ता कार्यक्रमहरूकाे दायरा बढाउँदै यस्ता कार्यक्रमहरूमा अन्य निकायकाे पनि सहयाेग अावश्यक छ ।

के हाे घरबगैंचा ?

घर बगैँचा भन्नाले घर वरीपरी रहेको जमिनमा गरिने एक प्रकारको खेति प्रणालीलार्इ बुझिन्छ । यसले घर परिवारको दैनिक आवश्यकता पूर्ति गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । घर बगैँचाको मुख्य बिशेषता भनेको घरको नजिकै हुनु र यसले परिवारको खाद्य तथा पोषणको सुरक्षा तथा आर्थिक आम्दानीमा पनि सहयोग गर्नु हो । घरपरिवारलाई चाहिने दैनिक तरकारी, फलफूल, मसला तथा माछामासु घर बैँचाबाट नै प्राप्त हुन्छ । साथै धार्मिक सांस्कृतिक र वातावरणीय महत्वका बहुउपयोगी वनस्पतिहरु पनि घर बगंैचामा संरक्षण गर्ने गरिन्छ ।
घरबगैँचा मुख्यतः परिवारको दैनिक आवश्यकता पूरा गर्नका लागि स्थापना गरिएको हुन्छ । यसमा घरनजिक रहेको जग्गाको सदुपयोग गरी विभिन्न किसिमका तरकारी, फलफूल, मसलाजन्य, आलंकारिक विरुवा, धार्मिक महत्वका विरुवाहरु, फूल तथा औषधीय बोटबिरुवाहरु लगाइन्छ । घर बगैँचाको महत्व जैविक विविधता र पर्यावरणीय सन्तुलन साथै आयआर्जनको दृष्टिबाट समेत राम्रो रहेको हुन्छ ।

घरबगैंचा बारे थप जानकारीकाे लागि याे लिंक क्लिक गर्न सक्नुहुनेछ ः

घर बगैँचा र यसको महत्व

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: